चीनमा बसेर योजना, बिदाको दिन पारेर नेपालमा एटीएमबाट पैसा चोरी

काठमाडौं–नक्कली एटीएम कार्डको प्रयोग गरी विभिन्न बैंकको करोडौं रकम निकाल्ने कार्यमा संलग्न ५ चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
शनिबार पक्राउ परेका उनीहरुलाई महानगरीय प्रहरी परीसर काठमाडौंले आइतबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।
शनिबार राजधानीको दरबारमार्गस्थित नबिल बैंकको एटीएम बुथमा विदेशी जस्तो देखिने एक व्यक्तिले शंकास्पद गतिविधि गरिरहेको भन्ने सूचना प्रहरीसम्म पुग्यो ।
सुचना पाएलगत्तै महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र वोगटीको नेतृत्वमा खटिएको विशेष टोलीले दरवारमार्ग स्थित नविल बैंकको एटीमएवाट पैसा निकालिरहेको अवस्थामा सुरुमा १ जना चिनियाँ नागरिक नियन्त्रणमा लिन सफल रह्यो ।
उनको साथवाट २० थान नक्कली भिषा कार्ड फेला परेसँगै सोधपुछ गर्नेक्रममा हात्तिसारस्थित माया मनोहर वुटिकमा उनी अरु साथीसँगै बस्ने गरेको खुल्यो । त्यहाँ पुगेर कोठा न २०१ , ६०२ र ६०४ मा खान तलासी गर्ने क्रममा थप तीन जना चिनियाँ नागरिक पक्राउ परेको प्रहरीले जनाएको छ।
कोठावाट हतार गरि होटलको लिफ्ट प्रयोग गरी भाग्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गर्न सफल भइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरु भदौ १३ गते चीनबाट एटीममार्फत पैसा चोरी गर्ने उद्देश्यले आएकामा सोमबार फर्कने तयारीमा रहेका थिए । प्रहरीले उनीहरुको साथबाट १३२ थान नक्कली भिषा कार्ड, १७ थान सक्कली भिसा कार्यसमेत बरामद भएको जनाएको छ ।
यसैगरी उनीहरुको साथबाट १ करोड २६ लाख २९ हजार ४५ रुपैयाँ, अमेरिकन डलर ९ हजार १ सय ८, चाईनिज मुद्रा ११ सय ९१ , युरो २ सय ५०, कम्वोडियन मुद्रा ५ हजार र हङकङ डलर ८० बरामद गरेको पनि प्रहरीले जनाएको छ ।
उनीहरुले एटीमबाट पैसा चोर्ने योजना चीनमा नै बनाउने गरेको र विदाको दिन पारेर यहाँ काम गर्ने गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह
-
घर सजाउने सौखले रोपेको फूल बन्यो आम्दानीको स्रोत
-
१२ बजे, १२ समाचार : ताप्लेजुङमा हट्यो निषेधाज्ञादेखि प्रकृति लम्साल मृत्यु प्रकरणको थप जानकारीसम्म
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध