चीनमा बसेर योजना, बिदाको दिन पारेर नेपालमा एटीएमबाट पैसा चोरी
काठमाडौं–नक्कली एटीएम कार्डको प्रयोग गरी विभिन्न बैंकको करोडौं रकम निकाल्ने कार्यमा संलग्न ५ चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
शनिबार पक्राउ परेका उनीहरुलाई महानगरीय प्रहरी परीसर काठमाडौंले आइतबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।
शनिबार राजधानीको दरबारमार्गस्थित नबिल बैंकको एटीएम बुथमा विदेशी जस्तो देखिने एक व्यक्तिले शंकास्पद गतिविधि गरिरहेको भन्ने सूचना प्रहरीसम्म पुग्यो ।

सुचना पाएलगत्तै महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र वोगटीको नेतृत्वमा खटिएको विशेष टोलीले दरवारमार्ग स्थित नविल बैंकको एटीमएवाट पैसा निकालिरहेको अवस्थामा सुरुमा १ जना चिनियाँ नागरिक नियन्त्रणमा लिन सफल रह्यो ।
उनको साथवाट २० थान नक्कली भिषा कार्ड फेला परेसँगै सोधपुछ गर्नेक्रममा हात्तिसारस्थित माया मनोहर वुटिकमा उनी अरु साथीसँगै बस्ने गरेको खुल्यो । त्यहाँ पुगेर कोठा न २०१ , ६०२ र ६०४ मा खान तलासी गर्ने क्रममा थप तीन जना चिनियाँ नागरिक पक्राउ परेको प्रहरीले जनाएको छ।

कोठावाट हतार गरि होटलको लिफ्ट प्रयोग गरी भाग्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गर्न सफल भइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरु भदौ १३ गते चीनबाट एटीममार्फत पैसा चोरी गर्ने उद्देश्यले आएकामा सोमबार फर्कने तयारीमा रहेका थिए । प्रहरीले उनीहरुको साथबाट १३२ थान नक्कली भिषा कार्ड, १७ थान सक्कली भिसा कार्यसमेत बरामद भएको जनाएको छ ।

यसैगरी उनीहरुको साथबाट १ करोड २६ लाख २९ हजार ४५ रुपैयाँ, अमेरिकन डलर ९ हजार १ सय ८, चाईनिज मुद्रा ११ सय ९१ , युरो २ सय ५०, कम्वोडियन मुद्रा ५ हजार र हङकङ डलर ८० बरामद गरेको पनि प्रहरीले जनाएको छ ।
उनीहरुले एटीमबाट पैसा चोर्ने योजना चीनमा नै बनाउने गरेको र विदाको दिन पारेर यहाँ काम गर्ने गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण