ह्याकरको निशानामा बैङ्कका एटीएम : ग्राहकको पैसा सुरक्षित छ ?
काठमाडौं । शनिबार साँझ ५ जना चिनियाँ नागरिक दरबारमार्गबाट नक्कली भीषा कार्डबाट पैसा निकाल्दै गर्दा रंगेहात पक्राउ परे । पक्राउ परेका ५ जनालाई नै प्रहरीले आज सार्वजनिक गरेको छ ।
पक्राउ परेका ५ जनाबाट १ करोड २६ लाख २९ हजार ४५ नेपाली रुपैयाँ, ९ हजार १०८ युएस डलर, २५० युरो, १ हजार ९० चाइनीज, ८० हङकङ र ५ हजार कम्बोडिया रकम समेत प्रहरीले बरामद गरेको छ ।
पक्राउ पर्नेमा ३५ वर्षीय चेन विन विन, ३२ वर्षीय झु लियाङ आङ, ३० वर्षीय क्यु याङयिङ, ४० वर्षीय लु जियालिङ र २९ वर्षीय लिन जिनमिङ रहेका छन् ।
चिनियाँ नागरिकले नक्कली भीषा कार्डबाट पैसा निकालेको भेटिएपछि यतिबेला ग्राहकहरु चिन्तित बनेका छन् । चिन्तित बन्नुको कारण हो – बैंकमा जम्मा गरिएको पैसा सुरक्षित छ वा असुरक्षित ?
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तमराज सुवेदीले प्रहरीको प्रारम्भिक अनुसन्धानमा पक्राउ परेकाहरुबाट बरामद रकम बैंङकको रहेको खुल्न आएको जानकारी दिए ।
तर, बैङ्कर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले सर्वसाधारणलाई आत्तिनुपर्ने अवस्था नरहेको बताए । उनले भने, ‘बैंक आफैंले व्यहोर्छ । व्यक्तिलाई मारमा पार्दैनौं ।’
२, ४ करोड घाटामा गएपनि बैङ्कहरु मिलेर मिनाह गर्ने ढुङ्गानाले बताए । ‘यस्तो घटना भएपछि आजैदेखि सबै बैङ्कका आइटीहरु झनै सक्रिय भएका छन,’ उनले भने ।
बेला–बेला पनि यस्ता घटनाहरु भइरहने भएपनि यो पटक ठूलो घटना हुनबाट जोगिएको समेत अध्यक्ष ढुङ्गानाले भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

