आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय

दुई तिहाई बहुमतप्राप्त सरकारले गणतन्त्र खतरामा छ भन्दै ‘रोइलो’ गरेर बस्ने हो ?

काँग्रेसले सडक जाम गर्ने, ढुंगामुढा उपद्रो गर्ने काम गर्दैन : नरहरि आचार्य, नेपाली कांग्रेसका नेता
सोमबार, २३ भदौ २०७६, ११ : ०५
सोमबार, २३ भदौ २०७६

राजतन्त्रसँग अविच्छेद्य रुपमा पार्टीको घाँटी जोडिएको घङघङीबाट नेपाली कांग्रेस मुक्त नै हुन नसकिरहेको बेला, गणतन्त्र प्राप्तिको आन्दोलनलाई बयलगाडा चढेर गर्न खोजिएको अमेरिकाको यात्रासँग तुलना गरेर उपहास गरिँदै गरेको बेला र प्रधानमन्त्री पद खानको लागि राजाको पाउमा दाम चढाएर प्रगतिशील भनिएकाहरुले नै पनि विन्तीपत्र हालिरहेको बेला राजतन्त्रको उपदेयता छैन, गणतन्त्र अपरिहार्य छ र आर्थिक–सामाजिक न्यायलाई भुइँतहका जनतासम्म पुर्‍याउन संघीयतासहितको राज्यको पुनसंरचना गरिनु जरुरी छ भनी आवाज बुलन्द गर्ने थोरै नेता–अभियन्ताहरुमध्येका एउटा नाम हो नरहरि आचार्य । अग्रगामी र प्रगतिशील विचारका कारण ‘कांग्रेसभित्रका वामपन्थी’ भनेर समेत यदाकदा उपमा दिइने आचार्य पक्षधातका कारण विगत लामो समयदेखि उपचाररत हुनुहुन्छ र हाल उहाँको स्वास्थ्यमा निक्कै सुधार पनि भइसकेको छ ।

नेता आचार्यले सोचे जस्तै, चाहेजस्तै मुलुकमा राजतन्त्र समाप्त भएर संघीयतासहितको लोकतान्त्रिक गणतन्त्र स्थापना पनि भइसकेको छ । यस परिवर्तित स्थितिलाई अनि नेपाली कांग्रेसले पक्रेको राजनीतिक दिशालाई आचार्यले कसरी हेरिरहेका छन्, कसरी मूल्यांकन गरिरहेका छन् ? सो जान्नका लागि रातोपाटीका लागि लोकेन्द्र भट्ट, फणिन्द्र नेपाल र चन्द्र खाकीले गरेको कुराकानीको सारसंक्षेप प्रस्तुत छ ।

वर्तमान राजनीतिक परिस्थितिमा नेपाली काँग्रेसको उपस्थिति कहाँ छ यसको गतिलाई तपाईँले कसरी हेरिरहनु भएको छ ?

अहिलेको स्थितिमा नेपाली काँग्रेस नयाँ प्रक्रिया र पद्दतिको बीचमा आफ्नो स्थान बनाउन खोज्दैछ । यतिखेर उसका धेरै आन्तरिक समस्याहरु छन् । अब क्रमशः तिनलाई एक एक एक गरी निप्टारा गराउँदै जाने प्रयत्नमा छ । कति सक्छ, हेर्न बाँकी छ ।

२–३ वर्षको अवस्था हेर्दा काँग्रेस अहिलेको गतिबाट अघि बढेको खण्डमा लय पक्रने अवस्था त देखिँदैन नि !

यो २–३ वर्ष नेपाली कांग्रेस प्रतिपक्षमा गएको अवस्था हो । मानिसहरुको भनाइ के छ भने सत्तामा गएपछि सबै थोक हुन्छ, नभए केही हुँदैन । त्यस्तो हुनु भएन । विपक्षमा हुँदा पनि उसले प्रतीक्षा गर्नुपर्छ ।

यो २–३ वर्ष नेपाली कांग्रेस प्रतिपक्षमा गएको अवस्था हो । मानिसहरुको भनाइ के छ भने सत्तामा गएपछि सबै थोक हुन्छ, नभए केही हुँदैन । त्यस्तो हुनु भएन । विपक्षमा हुँदा पनि उसले प्रतीक्षा गर्नुपर्छ ।

सरकारका पाँच वर्षको लागि हो । एउटा चुनाव सकिएपछि तत्कालै उसको बर्खास्ती खोज्न मिल्दैन । सरकारले काम गर्दैछ, गरेन भने त्यसको विरोध गर्ने कुरा छँदैछ । केही कामले अप्ठ्यारो पार्यो भने त्यसको पनि विरोध गर्न सकिन्छ । यस स्थितिमा नेपाली काँग्रेस पनि यतिखेर आफ्नो राजनीतिक क्रियालाई आन्तरिक रुपमा सुदृढ बनाउने कुरामा लागेको छ ।

महाधिवेशनको साढे ३ वर्षसम्म पनि नेपाली कांग्रेसको भातृ संगठनहरुको अवस्था अस्तव्यस्त छन् भने कुनै विभाग गठन गर्न सकेको अवस्था छैन । तपार्ईंले भने जस्तो काँग्रेसको आन्तरिक राजनीति सुदृढ भइरहेको त देखिँदैन नि ?

यो नेपाली काँग्रेसका लागि एकदमै अप्ठ्यारो अवस्था हो । तपाईंले भने जस्तो ३ वर्षसम्म उसले अर्थपूर्ण केही काम गर्न सकेन भन्ने भनाइ छ । उसले गरेको के हो भने आफ्नो पार्टी विधानलाई संशोधन गर्यो र नियमावली बनायो । त्यस अनुसार पार्टी संरचना बनाउँदैछ । संसदमा उसले खेलेको भूमिका आकर्षक, प्रभावकारी भएन भन्ने गुनासो छ । त्यो सधैं हुन्छ । आलोचना हुनु सामान्य कुरा हो र प्रतिपक्षको पनि आलोचना भइरहनुपर्छ ।

संसदमा नेपाली काङ्ग्रेसले खेलेको भूमिका आकर्षक, प्रभावकारी भएन भन्ने गुनासो छ । त्यो सधैं हुन्छ । आलोचना हुनु सामान्य कुरा हो र प्रतिपक्षको पनि आलोचना भइरहनुपर्छ ।

नेपाली कांग्रेसले विधानअनुसार पार्टीका सम्पूर्ण संरचनाहरुलाई सुदृढ बनाउने, पुनःगठन गर्ने काम यतिखेर गर्दैछ । उसलाई विधानअनुसार नै पार्टी संरचना गठन गर्नुपर्ने भयो । उसलाई अहिले अरुले जस्तो हामी संक्रमणकालीन अवस्थामा छौँ भनेर भन्न मिलेन ! अब नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भरखरै एकता भएकाले सबै विधान अनुसार भएको छैन । विधान अनुसार काम नभए पनि भरखरै पार्टी एकता भएकोले विधान अनुसार काम भएन भन्न पाइएको छ । काँग्रेसले त त्यो भन्न पाइएन । त्यसो भएकाले उसले विधानअनुसार सबै कुरा गर्नुपर्ने हुनाले केही ढिलो भएको हो । विधान बनाउँदा पनि सबैका (पार्टीभित्रका नेताहरु) आ–आफ्ना विचार छन् । धेरै समय लाग्यो । पार्टी विधान केन्द्रीय कार्यसमितिले बनाउन सक्दैन । महासमिति चाहियो । महासमिति बैठकपछि त्यसमा जति संशोधन भएका छन्, सबै काम सक्दा केन्द्रीय समिति पनि एक महिनाजति चल्यो ।  १४ वटा एजेण्डामा थिए । ती एजेण्डमा १६ दिन बैठक पनि चल्यो । बीचबीचमा अरु कामहरु पनि थिए, निरन्तर गर्न सकेनन् ।


काँग्रेसले आफूलाई संघीय संरचनामा आफूलाई रुपान्तरण गर्न ढिलो गर्यो । अर्को कुरा विधान बनाउने कुरामा नै पनि पार्टीभित्र विभिन्न विवाद देखिए । यता सत्तारुढ दल शक्तिशाली छ । यस्तो अवस्थामा आक्रमक र आकर्षक ढंगले काँग्रेसका नीति, योजाना र कार्यक्रम जाननसक्नुमा के कमजारी देख्नु भएको छ ?

होइन विवादहरु देखिए पनि मिलायो नि । विवाद किन नदेखिनु, विवाद त देखिनै पर्यो नि । के कमजोरी भन्ने कुरा पहिलो त उसले चुनाव हार्‍यो ।  त्यसमा उसले समय बितायो । त्यसपछि महासमिति बैठक गर्यो । अहिले उहरु काम गरिरहेको छ । अलिअलि ढिलो भएको मात्र हो । काम गरिरहेको छ । अलिकति समय छ हामी गर्दैछौँ भन्ने उसलाई लागेको छ । उसले तदारुकताका साथ गर्नुपर्ने हो, मान्छेको भनाइ छ ।

 काँग्रेसमा अलमलको अवस्था त देखिन्छ नि ?

अलिअलि अलमल भएको साँच्चै हो तर काँग्रेस कतै हराएको होइन ।

पार्टी सञ्चालनको आफ्नै विधि, पद्धति र प्रक्रिया होलान् । यो आधारमा भन्दा काँग्रेसको अहिलेको पार्टी सञ्चालनको पद्धति कत्तिको लोकतान्त्रिक छ?

नेकपा पनि अहिले संक्रमणकालीन अवस्थामा छ । उ केही विधान अनुसार बनेको छैन । दुई वटा नेता ( केपी ओली– प्रचण्ड) को मिलोमातोमा चलिरहेको छ । उसको अधिवेशन भइसकेको छैन ।

काँग्रेस पार्टी पूर्ण लोकतान्त्रिक विधिबाट चलेको छ । यहाँ भएका पार्टीहरु मध्ये मूलतः पार्टीहरु दुईटा हुन्, अरु त साना साना हुन् । नेकपा पनि अहिले संक्रमणकालीन अवस्थामा छ । उ केही विधान अनुसार बनेको छैन । दुई वटा नेता ( केपी ओली– प्रचण्ड) को मिलोमातोमा चलिरहेको छ । उसको अधिवेशन भइसकेको छैन ।

बरु काँग्रेसले महासमितिको बैठक गरेर विधान संशोधन गरिसक्यो । नेकपा सत्तामा छ, यो भिन्नै कुरा हो । तर सत्ताभन्दा बाहेक पार्टीगत कुरामा काँग्रेस पनि धेरै कमजोर छैन ।

तपाईंले काँग्रेस विधान अनुसार चलिरहेको बताउनुभयो । अर्को महाधिवेशन आउनै लाग्दा पनि वर्तमान केन्द्रीय कार्यसमितिले पूर्णता पाउन सकेको छैन । कुनै विभाग बनेका छैनन्, केन्द्रीय कार्यसम्पादन समिति पनि बन्न सकेको छैन । यस्तो किन भयो ?

विभाग कतिवटा हुने ? त्यो त पार्टी नियमावलीले तय गर्नु पर्यो नि ? नियमावली त अस्ती भरखर पास भयो । त्यसै विभाग–विभाग भनेर भयो र ?

काँग्रेसमा विधान पहिले पनि थियो नि ? अहिले मात्र आएको त होइन ?

केहीलाई छिटो हुनुपर्थ्यो, ढिलो भयो भन्ने पनि भएको होला । काँग्रेस बाटोबाट बाहिर हिँडेको छैन । बाटोमै हिँडेको छ । अलि विस्तारै हिँड्दैछ, अलि सुस्त गतिबाट हिँड्दैछ ।

विधान त पहिले नै थियो । पहिलेकै अनुसार बनाएको भए हुन्थ्यो तर बनाएन । अहिले विधान परिवर्तन भयो । विधान परिवर्तन भएको पनि एक वर्ष भइसक्यो । काँग्रेसमा सुस्त गति त छ र त्यहीकारण आपत्तिजनक हुने कुरा शायद केही हुन्छ होला । केहीलाई छिटो हुनुपर्थ्यो, ढिलो भयो भन्ने पनि भएको होला । काँग्रेस बाटोबाट बाहिर हिँडेको छैन । बाटोमै हिँडेको छ । अलि विस्तारै हिँड्दैछ, अलि सुस्त गतिबाट हिँड्दैछ ।

एउटा तिहासिक विरासत बोकेको नेपालको सबै भन्दा जेठो पार्टी पनि हो । तर अहिलेको समसामयिक राजनीतिमा नेपाली काँग्रेसले आफ्ना एजेण्डालाई हस्तक्षेपकारी अथवा मुल बनाउन सकेको छ कि छैन ? कि काँग्रेस आफ्नो एजेण्डामा भन्दा पनि अरु कसैको एजेण्डामा लतारिएर हिँडिरहेको छ ? के लाग्छ तपाईँलाई ?

अब यतिखेर काँग्रेस अरुको एजेण्डामा हिँड्यो भन्ने कुरा पनि भएन । किनभने काँग्रेसले नै मुलुकको संविधान बनाएको हो । नेतृत्व उसैले गरेको हो । पहिलो संविधानसभामा कम्युनिस्ट पार्टीका नेताहरु प्रधानमन्त्री भए । पुष्पकमल दाहाल, माधव नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई । चार जना प्रधानमन्त्री हुँदा पनि उनीहरुले संविधान बनाउन सकेनन् । संविधान त काँग्रेस कै नेतृत्वमा बन्यो । काँग्रेसकै मात्र हो र भनेर पनि भनिन्छ होला । हो काँग्रेसकै मात्र होइन । सबैलाई मिलाएर नै बनाएको हो । सबैलाई मिलाउन सक्ने शक्ति काँग्रेसमै भयो । अब के भन्ने ? त्यही हो हाम्रो एजेण्डा । त्यसमा जुन कुरा छन्, संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता पनि हामीले नै गरेको हो । तर कम्युनिस्टहरुले पनि त्यही ( धर्मनिरपेक्षता) भनेका थिए । त्यही गरियो ।

पछिल्लो समयमा कांग्रेसभित्र धर्मनिरपेक्षता र धार्मिक स्वतन्त्रताका बारेमा धेरै कुरा उठेका छन् यसलाई कसरी लिनु भएको छ ?

धर्मनिरपेक्षताभन्दा धार्मिक स्वतन्त्रता भन्नु ठीक थियो भन्ने काँग्रेसको भनाइ हो ।

धर्मनिरपेक्षता र धार्मिक स्वतन्त्रताबीचको विभेद के हो ?

त्यसको विभेदको कुरा के हो भने धर्मनिरपेक्षता भनेको नकारात्मक भयो, धार्मिक स्वतन्त्रता भनेको सकारात्मक भयो । त्यही मात्र हो । संविधानमा नकारात्मक कुरा हुनुहुन्न, सकारात्मक कुरा हुनपर्छ ।

त्यसको अन्तर्य र सार एउटै हो ?

हिन्दू राज्य बनाउने भनेर त काँग्रेसले कहिले भनेको छैन । हामी त हिन्दू हौँ । हिन्दूको संख्या जति भए पनि यहाँ हिन्दू राज्य हुँदैन भन्ने कुरा त हाम्रो पहिलेदेखिकै मान्यता हो ।

अँ एउटै हो । संविधान बनाउने बेलामा सकेसम्म सबै शब्दावली नकारात्मक हुन भएन । सकारात्मक हुनुपर्र्छ । हिन्दू राज्य बनाउने भनेर त काँग्रेसले कहिले भनेको छैन । हामी त हिन्दू हौँ । हिन्दूको संख्या जति भए पनि यहाँ हिन्दू राज्य हुँदैन भन्ने कुरा त हाम्रो पहिलेदेखिकै मान्यता हो ।

काँग्रेसकै नेतृत्वमा संघीय लोकतान्त्रिक संविधान जारी भयो । तर अहिले काँग्रेसको जिम्मेवार पदमा रहेको केही नेताहरु हिन्दु राष्ट्रको कुरा बेलाबेला गर्ने गर्छन् । के काँग्रेसले आफैले जारी गरेको संविधान उनीहरुले अस्वीकार गर्न खोजेको हो ? तपाईको धारणा के हो ?

होइन, होइन । काँग्रेसमा हिन्दू राज्यको कुरा उठ्यो जस्तो मलाई लाग्दैन । तर धर्मनिरपेक्षता भएन, अलि नकारात्मक भयो भन्ने कुरा उठेको छ । त्यो कुरा सही हो । त्यति एउटा कुरा उठ्दैमा संविधान नै नमान्ने भए भनेर भन्न मिल्दैन । त्यो त संशोधन हुनसक्छ नि ! संविधान नै संशोधनीय विषय भनिएको छ । तर  एउटा शब्दलाई परिवर्तन गर्नु पर्यो भने पनि गाह्रै हुन्छ । त्यसका लागि दुईतिहाइ चाहिन्छ नै । तै पनि त्यो संशोधन हुन सक्ने कुरो हो ।

त्यसोभए धर्म निरपेक्षताको स्थानमा वा त्यस शव्दको सट्टा ‘धार्मिक स्वतन्त्रता’ भन्ने शव्दमात्रै पनि संविधानमा राख्न सकिन्छ भनेर बुझौं ?

धर्मनिरपेक्षताको स्थानमा धार्मिक स्वतन्त्रतामात्रै राख्न मिल्छ भन्ने पनि होइन । तर त्यो बेला जे राखिन्छ, त्यही हुन्छ । तर हिन्दु धर्म हामीले राख्ने हो कि भन्ने धेरैलाई पर्यो होला, त्यो हुँदैन । हामीले सवै क्षणमा हिन्दु धर्म त हुँदैन होइन भनेरै भनेका छौं । एउटा शव्दावलीमा केही विवाद छ । तर आधिकारिक रुपमा छैन । यदि हो भने आधिकारिक रुपमा किन आएन त ?

काँग्रेसको हालै बसेको केन्द्रीय समिति बैठकमा एउटा प्रस्ताव पेश भएर पारित पनि भयो । त्यो प्रस्तावमा काँग्रेसले धर्मनिरपेक्षताको उच्चारण समेत गरेको छैन, बरु गणतन्त्र, संघीयता र धर्मिक स्वतन्त्रताको कुरा मात्रै गरिएको छ । यसले गर्दा काँग्रेस धर्मनिरपेक्षताबाट पछि हट्न खोजेको हो कि भन्ने पनि कतिपयको विश्लेषण छ नि ?

महासमितिमा पारित भएको दस्तावेज महत्त्वपूर्ण हो, त्यो हेर्नुपर्छ । केन्द्रीय समितिमा कसले बोल्यो, के बोल्यो भन्ने हुन्छ काँग्रेसको ? त्यहाँ धर्मनिरपेक्षताको चर्चा नै भएको छैन ।

होइन होइन । त्यसमा हामीमा कुनै गम्भीर विवाद नभएकाले लेखिएन होला । तर महासमितिमा पारित भएको दस्तावेज महत्त्वपूर्ण हो, त्यो हेर्नुपर्छ । केन्द्रीय समितिमा कसले बोल्यो, के बोल्यो भन्ने हुन्छ काँग्रेसको ? त्यहाँ धर्मनिरपेक्षताको चर्चा नै भएको छैन । त्यो विवादलाई कांग्रेसले गम्भीर नठानेकोले नै चर्चा नभएको हो । महासमितिको बैठकमा लगिएका र पास भएका प्रस्तावहरु हेर्नुपर्छ ।

राज्य पुर्नसंरचना हुनुपर्छ भनेर तपाईं अभियान्ताकै रुपमा अगाडि आउनुभएको हो । अहिले मुलुक संघीयतामा गइसकेको छ र गणतन्त्र पनि आइसकेको छ । के तपाईंले परिकल्पना गर्नुभएको र सोच्नुभएको खाकाअनुसार नै राज्यपुनरसंचनाको दिशामा मुलुक अघि बढेको पाउनुभएको छ ?

बढिरहेको छ । त्यसमा केही कुरा तलमाथि भयो होला । यसमा त फेरि सवैलाई मिलाएर लैजानुपर्ने हुन्छ । एक जनाको देखेको वा चाहेको कुरा मात्रै संविधानमा लेखिन्छ भन्ने पनि हुँदैन । संविधान भनेको त देशकै हो । त्यसो भएकाले, त्यो बन्दैछ । केही कुरा हुँदै पनि छ ।

संविधानमा जे लेखिए पनि अहिले संघीयताको जुन अभ्यास र व्यवहारिक प्रयोग भइरहेको छ, त्यसको सारतत्व मूलतः  केन्द्रीकृत र एकीकृत शासनसत्ताकै स्वरुपमा जस्तो भइरहेको छ भन्ने पनि त छ नि ?

कम्युनिस्ट पार्टीमा सधैं केन्द्रीकृत व्यवस्थाको अभ्यास गरेका मान्छेहरु भएकाले अलिअलि त्यसको प्रभाव परेको मात्रै हो । तैपनि उनीहरुले पनि प्रयत्न गरिरहेका छन् । संस्कार पनि केन्द्रीकृत नै भएकाले उनीहरुलाई अप्ठ्यारो परेको छ, त्यही मात्रै हो ।

नेपाल कम्युनिस्ट पार्टी शासनसत्तामा भएको हुनाले मात्रै त्यस्तो भएको हो । काँग्रेस सत्तामा आउँदा त्यस्तो हुँदैन । कम्युनिस्ट पार्टीमा सधैं केन्द्रीकृत व्यवस्थाको अभ्यास गरेका मान्छेहरु भएकाले अलिअलि त्यसको प्रभाव परेको मात्रै हो । तैपनि उनीहरुले पनि प्रयत्न गरिरहेका छन् । संस्कार पनि केन्द्रीकृत नै भएकाले उनीहरुलाई अप्ठ्यारो परेको छ, त्यही मात्रै हो । अरु कुनै कुरा अप्ठ्यारो भएको छ भन्ने मलाई लाग्दैन ।

राज्यपुनरसंरचनाको मुल ध्येय वा सारतत्व भनेकै आर्थिक, सामाजिक न्यायलाई आम जनता या तल्लो तहसम्म पुर्याउने भन्ने पनि हो । तपाईंको विचारमा त्यो प्रयत्न भइरहेको छ अहिले ?

अहिले भइरहेको प्रयत्न नै त्यही हो । तर, त्यसलाई सरकारले जुन तदारुकताका साथ गर्नुपर्थ्यो, त्यो स्थिति अहिले छैन । त्यो नभएर नै सरकारको विरोध भइरहेको छ । हामीले बनाएको संविधान र कानुनअनुसार राम्रोसँग संघीयता लागु हुन सकेन । केन्द्रीकृत मानसिकताबाट अझै मुक्त हुन सकेनन् भनेर सरकारको आलोचना भइरहेको छ । त्यो त समान्य कुरा हो । सरकारको आलोचना भइरहन्छ, अनि सरकारले सच्चाउँछ । नसच्चाइ त सरकारलाई सुखै छैन ।

लोकतन्त्र र गणतन्त्रका लागि लडेको एउटा राजनीतिककर्मीको हैसियतले भन्नुपर्दा अहिले मुलुकको शासनव्यवस्था या गणतन्त्रमाथि ठूलो खतरा छ भनेर जिम्मेवार नेताहरुबाट बेलाबेलामा आवाज उठ्ने गर्छ  । तपाइलाई के लाग्छ के साच्चै गणतन्त्रमाथि खतरा उत्पन्न भएको हो ?

लोकतन्त्र, गणतन्त्र र संघीयता केही खतरामा परेको होइन ।

खतरामा परयो भनेर किन हल्ला गरिन्छ त ?

हल्ला त गरिन्छ नि ! विभिन्न मानिसहरु छन्, त्यसैका कुरा सबैले सुन्दा हल्ला जस्तो सुनिन्छ, तर खतरामा परेको होइन । दुई तिहाईको सरकारले राम्रोसँग काम गर्न नसकेको र संघीयताको मर्मलाई समात्न नसकेको हुनाले संविधान नै संशोधन हुन्छ कि भन्ने पनि मान्छेलाई लाग्छ । हामीले अस्ति भर्खरै वक्तव्य निकालेर पनि भन्यौं, ‘त्यसो खतरा परेको होइन, सरकारले राम्रोसँग काम गर्नुपर्यो ।’

तर सरकार पक्षबाटै यो व्यवस्थाविरुद्ध र अहिलेको परिवर्तनका उपलव्धिका विरुद्ध षड्यन्त्रहरु भए, यसका विरुद्ध सवै एकजुट हुनुपर्यो भनेर सर्वदलीय बैठक नै राख्नुपर्ने अवस्था किन आयो नि ?

संविधान अनुसार काम नगरेरै दुई तिहाईको सरकार पनि खडा भइरहने अवस्था भइरहँदा भने अलिकति समस्या त आउँछ, नआउने कुरा हुँदैन । त्यो कुरा सत्तासीनहरुले बुझ्नुपर्छ । त्यसै हमीलाई यस्तो भयो भनेर सहयोग पाइन्छ कि भन्ने कुरा होइन । तर सरकारले काम गर्नुपर्छ ।

सरकारले त्यस्तो भन्नु एकदम नालायकी कुरा हो । दुई तिहाई बहुमतप्राप्त सरकारले त्यस्तो कतै उठेको छ भने त्यसलाई सम्बोधन पो गर्ने हो, गणतन्त्र खतरामा छ भनेर त्यस्तो ‘रोइलो’ गरेर बस्ने हो र ? त्यो वाहियात कुरा हो ।

तर यहाँ किन यस्तो कुरा उठिरहेको छ, मानिसहरुले भनिरहेका छन् त भन्दा सरकारको कामकारवाही देखेर मानिसहरु विलखबन्दमा छन् । संविधान अनुसार काम नगरेरै दुई तिहाईको सरकार पनि खडा भइरहने अवस्था भइरहँदा भने अलिकति समस्या त आउँछ, नआउने कुरा हुँदैन । त्यो कुरा सत्तासीनहरुले बुझ्नुपर्छ । त्यसै हमीलाई यस्तो भयो भनेर सहयोग पाइन्छ कि भन्ने कुरा होइन । तर सरकारले काम गर्नुपर्छ । नेपाली काँग्रेस त्यसका लागि सधैं खवरदारी गर्छ । सरकारलाई त्यसै बस्न दिँदैन । दुई तिहाइ बहुमतको सरकार भएपनि उसलाई त्यसै बस्न नदिने स्थितिमा नेपाली काँग्रेस छ ।

प्रमुख प्रतिपक्षले सहयोग नै गरेन, त्यसकारण सरकारले जनताको अपेक्षा र गणतन्त्रको उदेश्यअनुसार काम हुन सकेन भनेर भनिरहेको छ  । के प्रतिपक्ष र सत्तापक्षबीचको सम्बन्ध राम्रो बन्न नसकेर यो स्थिति पैदा भएको हो ?

सत्तापक्ष र प्रतिपक्षको सम्बन्ध राम्रो हुन नसकेको हो भने सत्तापक्षले विचार गर्नुपर्यो, सोध्नुपर्यो । तर मलाई त्यो कुराले मात्रै आलोचना भएको हो भन्ने लाग्दैन । प्रतिपक्षले संसदमा चाहिने ठाउँमा सहमति गरिरहेको छ, अर्घेलो गरेको ठाउँमा विरोध पनि गरिरहेको छ । त्यहाँभन्दा के गर्ने ? काँग्रेसले सडक जाम गर्ने, ढुंगामुढा उपद्रो गर्ने काम गर्दैन । त्यसो नभएको हुनाले यस्तो प्रतिपक्ष बडो शान्त भएको छ भनेर आपत्ति भएको हो भने त्यो कुरा हुँदैन । तर बैचारिक रुपमा हामीले संसदमा विरोध पनि गरेका छौं, सहमति पनि गरेका छौं । आवश्यक कुरामा सरकारसँग सहमति पनि गरेका छौं, विरोध पनि गरेका छौं । यसरी सवै कुरा भइरहेको छ ।

काँग्रेस अहिले अलिकति मधुरो किन भयो भन्दा उसले आफ्नो आन्तरिक काम तदारुकताका साथ गर्न नसकेर हो ।

तपाईले यसो भन्दै गर्दा काँग्रेस आफैले कुनै राष्ट्रिय मुद्दा तय गर्न सकेन, बरु कसैले उठाएका मुद्दामा लतारिएर घिस्रियो भन्ने आवाज पनि उठेको छ । के काँग्रेस राष्ट्रिय मुद्दा उठानमा चुकेकै हो ?

कसको मुद्दामा लतारियो त ?

जस्तै गोविन्द केसी प्रकरण नै हेरौं न !

डा. गोविन्द केसीको मुद्दा त हामीले हस्ताक्षर गरेर समर्थन गरेको हो । गोविन्द केसीको सामान्य मुद्दा होइन । समाजवादउन्मुख सरकार भनेको छ संविधानले नै । संविधानले नै यसो भनेपछि स्वास्थ्य, शिक्षा जस्ता महत्वपूर्ण कुरामा सरकारको दायित्व हुन्छ भन्ने कुरो गर्दा कसैको पछि लागेको भन्ने हुँदैन । त्यो राष्ट्रिय मुद्दा हो, त्यसमा गोविन्द केसी वा अरु नै केसी पनि हुनसक्छन् ।

काँग्रेस आफैले चाहिँ त्यस्तै मुद्दा किन उठान गर्न सकेन त ?

आफैले भनेको मतलव के ? आफै अनशन बस्ने ? संसदमा हामीले आवाज बुलन्द गरेकै छौं । त्यो भन्दा बढी के गर्ने ? त्यसकारण नागरिक समाजका मानिसहरुले उठाएका सही मुद्दालाई हामीले समर्थन गरेका हौं ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप