‘गणतन्त्रको यात्रा’ ‘जेलजर्नल’ र ‘बीपीको आत्मवृतान्त’को कोलाज: विश्वप्रकाश शर्मा
काठमाडौं– काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले नरहरि आर्चायद्वारा लिखित ‘गणतन्त्रको यात्रा (बन्दी वृत्तान्त)’ कृतिलाई बीपी कोइरालाको जेलजर्नल र आत्मवृतान्तको एउटा स्वरुप भएको बताएका छन् । काठमाडौंका लाजिम्पाटस्थित डिल्लीरमण रेग्मी प्रतिष्ठानमा नेपाल लेखक संघद्वारा आयोजित गणतन्त्रको यात्रामाथिको अन्तरविर्मश कार्यक्रममा प्रवक्ता शर्माले सो कुरा बताएका हुन् ।
उनले भने, ‘बीपी कोइरालाले जेलजर्नल लेख्नुभयो । आत्मवृतान्त बयान गर्नुभयो । जेलजर्नल र आत्मवृतान्तको कोलाजको रुपमा नरहरि दाइले गणतन्त्रको यात्रा ल्याउनुभएको छ । त्यहाँ वृत्तान्त पनि छ र जेलजर्नलको कुरा पनि त्यहाँ गासिएको छ । त्यसकारणले बीपीका दुई कृतिको स्वरुप आदरणीय दाई नरहरि आचार्यले लेख्नुभएको कृति हो ।’
यस्तै प्रवक्ता शर्माले नरहरि आचार्य नेता मात्र नभएर नीति निर्माता पनि भएको उल्लेख गरे । यो कृतिमा राजनीतिक रुपमा हामीले बुझ्नै पर्ने के हो भने नेता र निर्माताको बीचमा केही फरक रहेको छ । हामी कहाँ नेताहरुको धेरै ठूलो भीड छ । तर नेता जो आफैले नीति निर्माण गरेर लिन्छ,’ उनले भने, ‘त्यो नेताहरुको संख्या हाम्रोमा कम छ । नरहरि दाइको राजनीतिक रुपमा विश्लेषण गर्ने हो भने उहाँ नेता र नीति निर्माता हो । उहाँले आफ्नो नीतिले तत्काल पार्ने प्रभावको पनि रिक्स लिन सक्ने नेता हो ।’
प्रवक्ता शर्माले पार्टी नीति विपरित जाँदा २०६२ मा पार्टी प्रवक्ताबाट राजीनामा दिएको पनि स्मरण गराए । मुलुकको राष्ट्रिय राजनीतिमा गर्नुपर्ने हस्तक्षेप र काँग्रेसको आन्तरिक राजनीतिबारे आचार्यको विचारको खाँचो रहेको उनको भनाई थियो ।
काँग्रेस विगत केही समयदेखि नेता आर्चायले कोरेको धागोमा हिडिरहेको शर्माका बुझाई छ । यस्तै कार्यक्रमा वक्ता डा.तल्ुसी भट्टराईले गणतन्त्रको यात्रामा नेपालको जनजीवन समेटिएको बताए । उनले नेपाली राजनीतिमा वीपी कोइराला पछिको शसक्त लेखका रुपमा आचार्यलाई दिन सकिने बताए । यसैगरी लेखक कृष्ण धारावासीले गणतन्त्रको यात्राले गणतन्त्रको गन्तव्यबारे सोच्न बाध्य बनाएको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
भारतका राहुल र प्रियंका गान्धीले गरे मोदी निवासबाहिर प्रदर्शन
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण