कम्युनिस्टहरु एक ठाउँमा उभिँदा मुलुक धर्मनिरपेक्ष भयोः नेता आचार्य

काठमाडौं । नेपाली काँग्रेसका नेता नरहरि आचार्यले संविधान निर्माण गर्दा कम्युनिस्ट पार्टी एक हुँदा धर्मनिरपेक्ष राज्य बनाउनु काँग्रेसको बाध्यता भएको बताएका छन् ।
शनिबार आफ्नो निवासमा काठमाडौं क्षेत्र नम्बर ५ का नेता कार्यकर्तासँगको कुराकानीमा उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
हिन्दु राज्यबारे काँग्रेस धारण के हो भन्ने प्रश्नमा नेता आचार्यले भने, ‘नेपाली काँग्रेसले हिन्दु राज्य कहिले चाहँदैन । तर त्यतिबेला पनि धर्मनिरपेक्षता चाहेको थिएन । काँग्रेसले नचाहेर समेत हुने अवस्था थिएन । सबै कम्युनिस्ट (तत्कालीन नेकपा एमाले र माओवादी) धर्मनिरपेक्षताको पक्षमा थिए । अनि मुलुक धर्मनिरपेक्षता राष्ट्र भएको हो ।’
संविधान निर्माणता काँग्रेसले धार्मिक स्वतन्त्रताको पक्षमा कुरा राखेको पनि नेता आचार्यले स्मरण गरे ।
‘२०४७ सालको संविधान बनाउँदा हामी हिन्दु राज्यको पक्षमा थिएनौँ । राजासँग सम्झौता गर्नुपर्दा राजा हिन्दु हुनुपर्ने भन्ने कुरा राखियो । त्यसपछि घुमाउरो भाषामा हिन्दु राज्य भन्ने कुरा राखिएको थियो,’ उनले भने, ‘काँग्रेस हिन्दु राज्यको पक्षमा छैन । तर धार्मिक स्वतन्त्रताको विषयमा बहस गर्न सकिन्छ । संविधान संशोधन गर्ने ठाँउमा छैनौँ । अहिले तत्काल सम्भव पनि छैन ।’
फरक प्रसङ्गमा नेता आचार्यले पार्टीका प्रमुख नेताहरु विभाजित हुँदा नेता कार्यकर्तामा त्रास पैदा भएको बताए ।
उनले भने, ‘काँग्रेस संविधान निर्माण गरेको पार्टी हो । एउटा चुनाव हार्दैमा हतास हुने अवस्थामा छैन । नेतृत्व विभाजनकारी मानसिकताबाट बाहिर आए सबै ठीक हुन्छ ।’
पार्टीले राष्ट्रिय जागरण अभियानको थालनी गरेदेखि नेता आचार्यले पनि आफ्नो क्षेत्रका काँग्रेस कार्यकर्ता जागरण कार्यक्रम गर्दै आएका छन् । आजको कार्यक्रम जागरण अभियान अन्र्तगतको १५ औँ कार्यक्रम हो ।
उनले गत वैशाख ७ गतेबाट जागरण अभियानका नाममा काठमाडौं क्षेत्र नम्बर ५ का नेता कार्यकर्तासँग संविधान स्थापति नयाँ विषय, नेपालका जनजागरणको इतिहास, चुनाव कसरी जित्न सकिन्छ भन्नेलगायतका विषयमा छलफल गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिममा अडियो काण्ड : फरक दलका नेता मिलेर अनियमितता
-
पूर्वाञ्चल विश्वविद्यालय र प्रडु युनिभर्सिटीबिच शैक्षिक सहकार्यको समझदारीपत्रमा हस्ताक्षर
-
सुर्यप्रसादलाई ‘डुबाउने’ मापदण्डको व्यवस्था अर्थमन्त्रालयद्वारा खारेज
-
तीनकुने घटना : अनर्गल फोटो र भिडियो प्रकाशन नगर्न प्रहरीको आग्रह
-
रविको आक्रोश– भिजिविलिटी गुमाइसकेको सरकार कुन नैतिकताका आधारमा बसेको छ ?
-
मकवानपुरमा अफिम कारोबारीले लुटे प्रहरीको पेस्तोल