‘गणतन्त्रको यात्रा : बन्दी वृतान्त’ चैतबाट बजारमा
काठमाडौँ– काँग्रेस नेता नरहरि आचार्यको संस्मरणात्मक पुस्तक ‘गणतन्त्रको यात्रा : बन्दी वृतान्त’ नामक पुस्तक प्रकाशन हुने भएको छ । लामो समय नेपाली राजनीतिमा संलग्न रहेर बौद्धिक राजनीतिज्ञको पहिचान बनाएका आचार्य नेपाली काँग्रेसका नेता मात्र नभएर गणतन्त्रका शुरुवातकालीन अभियन्ता समेत भनेर चिनिन्छन् ।
नेपाली काँग्रेसमा र बौद्धिक जगतमा गणतन्त्रको बहस सिर्जना गर्ने र त्यसका लागि माहोल बनाउने सन्दर्भमा आचार्यले तेस्रो जनआन्दोलन शुरु हुनुभन्दा अघिबाट अभियान चलाएका थिए ।
बौद्धिक समाज र नेपाली काँग्रेसलाई गणतन्त्रका लागि तयार गर्न आचार्यका ति अभियानहरु सहायक सिद्द भएका थिए । ०६१ सालको राजा ज्ञानेन्द्रको ‘कू’ पछी नेपाली राजनीतिको कोर्स परिवर्तन भएसँगै धेरै नेता कार्यकर्तालाई धरपकडपछि बन्दी बनाइएको थियो ।
त्यसै क्रममा २०६१ माघ २१ गते आचार्य पनि बन्दी बनेका थिए । त्यहि अवस्थामा आचार्यले टिपोट गरेको वृतान्त पुस्तकमा समेटिएको छ । पुस्तकको सन्दर्भमा आचार्य भन्छन् ‘यो पुस्तक एक समयको मेरो बन्दी जीवनको वृतान्त हो । म बन्दी रहेको त्यहि कालखण्डले नै नेपालमा गणतन्त्रको आगमनलाई थप सुनिश्चित गर्यो र परिवर्तनको आधार तयार गर्यो’ उनी थप्छन्, ‘खासगरी गणतन्त्रको यात्रामा म हिंडेको बाटोका प्रसंग र सन्दर्भहरु पुस्तकमा स्मृतिका रुपमा समेटेको छु ।’
आचार्यले आफ्नो अनुभव र तत्कालीन परिस्थितिलाई मिहिन ढंगले विश्लेषण गरेर आफ्नो बिचार पुस्तकमा समेटेकाले भावी पुस्ताका लागि पुस्तक उपयोगी हुने प्रकाशनको जिम्मा पाएको साङ्ग्रिला प्रकाशनले जनाएको छ । ६३८ पृष्ठको पुस्तक चैतको पहिलो साता बजारमा उपलब्ध हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
भारतका राहुल र प्रियंका गान्धीले गरे मोदी निवासबाहिर प्रदर्शन
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण