उपन्यास ‘होस्टल’माथि नेता आचार्यको टिप्पणी
काठमाडौं– नेपाली काँग्रेसका बौद्धिक नेता नरहरि आचार्यले अभिभावकले बालबालिकाको मनोविज्ञान बुझ्दा उनीहरुले प्रगित गर्ने सक्ने बताएको छ । शाश्वत घिमिरेद्वारा लिखित उपन्यास ‘होस्टल’ को लोकार्पण समारोहमा नेता आचार्यले बालबालिकालाई पढाइसँग सिर्जनशीलतिर लाग्न प्रेरित गर्नुपर्नेमा जोड दिए ।
साथै नेता आर्चायले शाश्वतले सानो उम्मेरमा उपन्यास लेख्ने क्षमता राख्नुनै आफैंमा उपलब्धिमुलक रहेको बताए । कक्षा १२ मा अध्ययनतर शाश्वतको ‘होस्टल’ कक्षा ९ मा पढ्दा लेखिएको उपन्यास हो । नेता आचार्यले लेखक शाश्वतलाई समिक्षात्मक दृष्टिकोणका लिएर अन्य कृति ल्याउन सुझाव पनि दिए । साथै नेता आचार्यले शाश्वतमा रहस्यवादी लेखाइको प्रभाव परेको बताए ।
होस्टल उम्मेर अनुसारको सशक्त कृति रहेको उनको भनाइ छ । होस्टलमाथि वरिष्ठ शिक्षा विद डा. टेकप्रसाद घिमिरे, डा.गणेश घिमिरेले समालोचना राखेका थिए । उपन्यास ‘होस्टल’मा होस्टलमा बस्नेहरुको कथावस्तु समेटिएको छ ।
डा.घिमिरेद्वायका अनुसार होस्टलमा बस्ता बिग्रिएको बाच्चा विद्यालयको राम्रो वातावरणका कारण सुर्धिएर राम्रो प्रगति गरेको विषयमा ‘होस्टल’ केन्द्रित छ । शाश्वतले उपन्यासमा होस्टल जीवनको यर्थात परक विषयलाई समेटेको उनीहरुले बताए । शाश्वतका यो दोस्रो कृति हो । यसअघि उनले कविता संग्रह ‘सुन्दर नेपाल’ बजारमाल्याएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
भारतका राहुल र प्रियंका गान्धीले गरे मोदी निवासबाहिर प्रदर्शन
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण