रातोपाटी ब्रिफिङ : बार्दलीदेखि छतसम्म, गठबन्धन जोड्दै प्रचण्ड
आज २०७९ पुस १३ गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–
संघ र प्रदेश सरकारमा जाने राप्रपाको निर्णय
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अन्ततः सरकारमा सहभागी हुने औपचारिक निर्णय गरेको छ । बुधबार पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संघ र प्रदेश दुबैतर्फ पार्टी सरकारमा सहभागी हुने निर्णय गरेको महामन्त्री भुवन पाठकले जानकारी दिए ।
देशभरकै तापक्रम क्रमिकरूपमा घट्दै
विगत केही दिनयतादेखि देशभरको तापक्रम क्रमिकरूपमा घट्दै गएपछि चिसो बढ्दै गएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा गौचरले जनाएको छ । विभागका अनुासर बुधबार काठमाडौंको न्यूनतम तापक्रम तीन दशमलव चार डिग्री सेल्सियसमा झरेको छ ।
गजुरेलले अस्वीकार गरे उपराष्ट्रपति
नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले उपराष्ट्रपति पद अस्वीकार गरेका छन् । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले गजुरेललाई उपराष्ट्रपति प्रस्ताव गरेपछि उनले सो पद अस्वीकार गरेका हुन् ।
गठबन्धनका उम्मेदवारमाथि असहयोग गर्नेलाई माफी
नेपाली कांग्रेसले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई अन्तर्घात गरेका नेता कार्यकर्ताको सूची पठाउन माघ १५ गतेसम्मका लागि समय थपेको छ । पार्टीका उम्मेदवारविरुद्ध अन्तर्घात गरी असहयोग गरेको उजुरीका सन्दर्भमा आवश्यक निर्णय गरी केन्द्रमा पठाउन कांग्रेस केन्द्रीय अनुशासन समितिले आज निर्देशन दिएको हो ।
महान्यायाधिवक्तामा पोखरेल
नेपाल सरकारको कानुनी सल्लाहकारको रुपमा लिइने पद महान्यायाधिवक्तामा अधिवक्ता डा दिनमणी पोखरेल नियुक्त भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार पोखरेललाई नियुक्त गरेकी हुन् ।
सांसदहरुले तलबसहित के-के पाउँछन् सेवा सुविधा
निर्वाचन सकिएसँगै नयाँ सरकार गठन भएको छ । निर्वाचनमा ठूलो बनेको दल नेपाली काँग्रेसलाई प्रतिपक्षमा राखेर नेकपा एमालेको नेतृत्वमा नेकपा (माओवादी केन्द्र) ले सरकारको नेतृत्व गरेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएका छन् ।
दुवै गठबन्धनलाई जोड्दै
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ र पुराना दुवै गठबन्धनलाई जोड्न पहल गरेका छन् । नेकपा एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी लगायत सात दल र स्वतन्त्र सांसदको समर्थनमा प्रधानमन्त्री भएका प्रचण्ड नयाँ पुराना गठबन्धन जोड्न प्रयास गरेका हुन् ।
देउवाको विश्लेषण
गठबन्धन भत्किएर सत्ता विमुख हुँदा संघीय संसद्को सबैभन्दा ठुलो दल नेपाली कांग्रेसका कार्यकर्तामा निराशा र आक्रोश देखिएको छ । आक्रोशको निशानामा छन् पार्टी सभापति शेरबहादुर देउवा ।
सञ्चालनमा आयो रसुवागढी
लामो समयदेखि निर्यात रोकिएको रसुवागढी नाकाबाट चीन तर्फको निर्यात सुरू भएको छ । करिब ३५ महिनासम्म बन्द अवस्थामा रहेको भन्सार नाकाबाट हिजो मंगलबारदेखि निर्यात सुरू भएको हो । चिनियाँ पक्षले २०७६ साल माघदेखि चीन तर्फको निर्यात रोकेको थियो ।
सहकार्य घनीभूत बनाउँदै ओली–प्रचण्ड
सत्ता सहकार्य भएसँगै नेकपा एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच छलफल बाक्लिन थालेको छ । तत्कालीन नेकपा विभाजनपछि दुई नेताबीच पानी बाराबारको अवस्था रहेकामा मंसिर ४ को निर्वाचनबाट नाटकीय रुपमा सत्ता सहकार्यको स्थिति आएसँगै दुई नेताबीच निकटता बढेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सामाजिक सुरक्षा कोषमा आबद्ध हुँदा योगदानकर्ता र रोजगारदाता दुवैलाई नोक्सान छैन’
-
‘हामी भारत कि चीन भनेर लडिरहेका छौँ’
-
घाइते भएका कारण नेपाल प्रिमियर लिगबाट बाहिरिए दक्षिण अफ्रिकी बलर डे लान्ज
-
प्रचण्डले चीन भ्रमण गर्दा चाइना कार्ड नहुने, ओलीले गर्दा हुने ?
-
कर्णाली डेभपलमेन्ट बैंक ‘समस्याउन्मुख’, वित्तीय कारोबार गर्न रोक
-
चन्द्रागिरि नगरपालिकाद्वारा युवालाई ‘डिजिटल’ तालिम