देशभरकै तापक्रम क्रमिकरूपमा घट्दै, चिसो बढ्यो
विगत केही दिनयतादेखि देशभरको तापक्रम क्रमिकरूपमा घट्दै गएपछि चिसो बढ्दै गएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा गौचरले जनाएको छ । विभागका अनुासर बुधबार काठमाडौंको न्यूनतम तापक्रम तीन दशमलव चार डिग्री सेल्सियसमा झरेको छ ।
मङ्गलबारभन्दा आज चिसो धेरै बढेको बताइएको छ । मङ्गलबार काठमाडौंको तापक्रम चार दशमलव चार डिग्री सेल्सियस रहेकोमा बुधबार न्यूनतम तापक्रम तीन दशमलव चार डिग्री सेल्सियसमा झरेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए । उनका अनुसार वीरेन्द्रनगरको न्यूनतम तापक्रम तीन दशमलव एक डिग्री सेल्सियस, ताप्लेजुङको तीन दशमलव पाँच, लुम्लेको चार, डडेल्धुराको चार दशमलव चार डिग्री सेल्सियस, जिरीको न्यूनतम तापक्रम माइनस एक दशमलव आठ, जोमसोमको माइनस पाँच र जुम्लाको माइनस छ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ । न्यूनतमसँगै देशभरकै अधिकतम तापक्रम पनि घट्न थालेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा गौचरका अनुसार अहिले पहाडीसहित तराईका जिल्लामा हुस्सु कुहिरो लागेको छ । पहाडी क्षेत्रको कुहिरो हटेर घाम लाग्ने सम्भावना रहे पनि तराईका जिल्लामा भने दिउँसोसम्म नै हुस्सु कुहिरो लाग्ने सम्भावना रहेको छ । हिउँदयामको मध्यतिर आइपुगेकाले पनि जाडो बढेको मौसमविद्ले बताएका छन् । डिसेम्बर, जनवरी र फेब्रुअरी तीन महिनालाई जाडोयाम मानिन्छ । डिसेम्बर महिना सकिएर जनवरी सुरु हुन लागेको छ । आज प्रदेश १ को पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली हुने र बाँकी ठाउँको मौसम सामान्यतया सफा रहने मौसमविद् प्रधानाङ्गले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एयर इन्डिया दुर्घटनाको एक वर्ष, सुल्झिएनन् यी छ प्रश्नको रहस्य
-
७७ वटै जिल्ला सदरमुकाममा पुग्यो फाइबर इन्टरनेट, अब सबै वडा तहमा विस्तार गरिने: मन्त्री तिमिल्सिना
-
चिकित्सा शिक्षा आयोगको पूर्ण बैठकमा उपाध्यक्ष गिरीको उपस्थितिलाई लिएर संसद्मा प्रश्न
-
सेयर बजारमा झिनो सुधार, दुई कम्पनीको मूल्यमा उच्च वृद्धि
-
कीर्तिमानी ह्याट्रिकपछि मैदानमै किन रोए मेस्सी?
-
विश्वका लगभग सबै बालबालिका कम्तीमा एक जलवायु संकटको प्रभावमा: युनिसेफ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण