अन्तर्घातीको सूची पठाउन कांग्रेसले थप्यो समय, गठबन्धनका उम्मेदवारमाथि असहयोग गर्नेलाई माफी
बुधबार, १३ पुस २०७९, २२ : ४४
नेपाली कांग्रेसले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई अन्तर्घात गरेका नेता कार्यकर्ताको सूची पठाउन माघ १५ गतेसम्मका लागि समय थपेको छ । पार्टीका उम्मेदवारविरुद्ध अन्तर्घात गरी असहयोग गरेको उजुरीका सन्दर्भमा आवश्यक निर्णय गरी केन्द्रमा पठाउन कांग्रेस केन्द्रीय अनुशासन समितिले आज निर्देशन दिएको हो । समितिले यसअघि १५ पुसभित्र सूची पठाउन प्रदेश र जिल्ला कार्यसमितिलाई परिपत्र गरेको थियो ।
त्यतिबेला कांग्रेसले गठबन्धनका उम्मेदवारलाई असहयोग गर्नेको पनि सूची पठाउन भनेको थियो । पुस १० मा गठबन्धन भत्किएपछि कांग्रेसले गठबन्धनका उम्मेदवारलाई असहयोग गर्नेलाई माफी दिने देखिएको छ । कांग्रेस सचिव प्रेम केसीद्वारा जारी विज्ञप्तिमा गठबन्धनका उम्मेदवारलाई असहयोग गर्नेहरूबारे कुनै उल्लेख गरिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका गतिविधिले लोकतान्त्रिक मूल्य कमजोर बनायाे : पापड
-
‘सहकारीको बचत फिर्ता गर्न राज्यको ढुकुटी चलाइएको छैन,असारदेखि लालपुर्जा बाँड्छौँ’
-
ई–सेवाको कर्मचारी बनेर ठगी गर्ने पक्राउ
-
कम्पनीहरूलाई सरकारको राहत : असोजभित्र विवरण बुझाए पुराना जरिवाना मिनाहा
-
गोविन्दबहादुर बटालाले गरे अदालतमा आत्मसमर्पण, डिल्लीबजार कारागार चलान
-
जेनजी आन्दोलनमा फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण