माओवादी नेता हरिबोल गजुरेलले अस्वीकार गरे उपराष्ट्रपति
![माओवादी नेता हरिबोल गजुरेलले अस्वीकार गरे उपराष्ट्रपति](https://rpcdn.ratopati.com/media/albums/haribol_gajurel_5_wZej4b9PhH.jpg)
नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले उपराष्ट्रपति पद अस्वीकार गरेका छन् । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले गजुरेललाई उपराष्ट्रपति प्रस्ताव गरेपछि उनले सो पद अस्वीकार गरेका हुन् ।
राष्ट्रपतिमा एमालेबाट सुवास नेम्वाङ, अष्टलक्ष्मी शाक्य, अमृत बोहरा लगायत नेताहरूले इच्छा देखाएका छन् । माओवादी भागवण्डामा उपराष्ट्रपति पद परेपछि प्रचण्डले गजुरेललाई प्रस्ताव गरेका हुन् । ‘मैले अझै राजनीतिबाट विश्राम लिने सोचेको छैन । पार्टीको कुनै कार्यकारी पदमा गएर काम गर्ने सोचेको छु’ रातोपाटीसँग कुरा गर्दै गजुरेलले भने, ‘उपराष्ट्रपति पदमा जान्न भनेको छु । अरु नियुक्तिहरुमा पनि जाने कुनै योजना छैन ।’
पार्टीमा धेरै खालका सुधार गर्नुपर्ने भएकाले उपराष्ट्रपति नजाने योजना बनाएको गजुरेलले बताए । ‘पहिला पार्टी बनाउनुपर्यो । पार्टी बलियो र प्रभावकारी भएमा जुनसुकै पद लिए पनि हुन्छ । अब पार्टी नै बलियो भएन भने जुनसुकै पद लिए पनि के हुन्छ र ? उनले भने, ‘त्यसैले पार्टी बनाउन महाधिवेशनदेखि नै कार्यकारी भूमिका खोजेको थिए ।’
राष्ट्रपति र उपराष्ट्रपतिमा फरक लिङ्ग वा समुदायको हुनुपर्ने संवैधानिक व्यवस्था छ । यस्तो अवस्थामा राष्ट्रपति महिला भएमा उपराष्ट्रपति पुरुष हुन सक्ने व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षण पेसा छाडेर बाख्रापालनमा राजकुमार, आम्दानीका साथै आत्मसन्तुष्टि
-
कांग्रेस–एमाले सत्ता गठबन्धन चरम अवसरवाद : एकीकृत समाजवादी
-
पोखरीमा डुबेर सिरहामा दुई बालकको मृत्यु
-
काठमाडौँमा ‘ह्रस्व दीर्घ’ अभिनय गर्दै भारतीय अभिनेता प्रदीप र सुनिल
-
बालुवाटारबाट शीतल निवास निस्के प्रचण्ड, तस्बिरहरू
-
प्रचण्डले सोधे, ‘तपाईंले के गर्नुभएको ?’, ओलीले भने, ‘केही त भएको छैन’