प्रधानमन्त्री प्रचण्ड नयाँ र पुराना दुवै गठबन्धनलाई जोड्दै

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ र पुराना दुवै गठबन्धनलाई जोड्न पहल गरेका छन् । नेकपा एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी लगायत सात दल र स्वतन्त्र सांसदको समर्थनमा प्रधानमन्त्री भएका प्रचण्ड नयाँ पुराना गठबन्धन जोड्न प्रयास गरेका हुन् ।
तत्कालीन नेकपामा सहभागी भएका नेकपा एकीकृत समाजवादी, वामदेव गौतम समूह, प्रभु साह समूहलाई जोड्ने प्रयास गरिएको प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बताए ।
‘तत्कालीन नेकपाका घटकहरुलाई एक बनाउने भन्ने छ । यसअघि कांग्रेस नेतृत्वमा सहभागी भएका एकीकृत समाजवादी र जनमोर्चालाई समेट्ने प्रयास छ,’ मल्लले भने, ‘गठबन्धन बलियो बनाउन नयाँ पुराना सबै जोडेर सरकारमा सहभागी गराउन प्रयास गरिने छ ।’
एमाले, माओवादी लगायत सात दल सहित स्वतन्त्र सांसदको सहयोगमा प्रचण्ड प्रधानमन्त्री भएपछि एकीकृत समाजवादी र जनमोर्चा चिढिएका छन् । सबै राजनीतिक घटनाक्रमका विषयमा विस्तृतमा जानकारी गराइ उनीहरुलाई आफ्नो नेतृत्वको सरकारमा सहभागी गराउन प्रचण्डले प्रयास जारी राखेका छन् ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रचण्डमाथि सत्ताका लागि पाँच दलीय गठबन्धन छोडेको आरोप लगाएका छन् । आफूहरूलाई अलपत्र पारेर प्रचण्डले एमालेसँग नयाँ समीकरण बनाएपछि उनीहरु चिढिएका छन् ।
नेकपा घटकसहित पाँच दलीय गठबन्धनमा सहभागी सबै दलसँग संवाद गरेर संघीय र प्रदेश सरकारमा समेत सहभागी गराउन प्रचण्डले छलफल जारी राखेका हुन् । ती सबै कम्युनिस्ट घटकलाई जोडेर बलियो कम्युनिस्ट पार्टी बनाउने प्रचण्डको योजना रहेको माओवादी नेताहरु बताउँछन् ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई बुधबार बिहान भेटघाट गरेर प्रचण्डले छलफलको सुरुवात गरेका छन् । माधवकुमार नेपालसँगको छलफल लगत्तै प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग खुमलटारमा छलफल गरेका छन् ।
वामदेव गौतम र प्रभु साह समूहसँग पनि प्रचण्डले नियमित भेटघाट गरिरहेका छन् । अब जनमोर्चाका नेताहरूलाई समेत बोलाएर सत्ता गठबन्धनमा सहभागी गराउन पहल हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भाटभटेनीले भन्यो– मोबाइल, घडी, बियर, महँगा ब्रान्डका रक्सी लुटपाट भयो
-
राजावादीको तोडफोडबाट पुगेको क्षति अनुगमनका लागि तीनकुने पुगे गृहमन्त्री (तस्बिरहरू)
-
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा
-
राप्तीमा गोहीको गुँड खोज्दै चितवन राष्ट्रिय निकुञ्ज
-
पत्रकार हत्याको विरोधमा सडकमा उत्रियो महासंघ
-
एकीकृत समाजवादीको पार्टी कार्यालय अनुगमन गर्न पुगे मोर्चाका नेता