रातोपाटी ब्रिफिङ : ब्युँतियो भूमि आयोग, बिट क्वाइन प्रकरणमा पाँच जना दोषी (भिडियोसहित)
आज २०७८ भदौ ३० गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डट कमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–
१. राष्ट्रिय भूमि आयोग गठन
सरकारले सुकुम्बासी समस्या समाधानका लागि भूमि आयोग गठन गरेको छ । पूर्ववर्ती एमाले अध्यक्ष केपी शर्माओली नेतृत्वको सरकारले गठन गरेको आयोग खारेज गरेको सरकारले मंगलबार नयाँ आयोग गठन गरेको हो ।
केशव निरौलाको नेतृत्वमा राष्ट्रिय भूमि आयोग गठन, उपाध्यक्षमा खड्का |
सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आममाफी र बाँकी सजाय मिनाहाको सिफारिस पठाएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले संविधान दिवसका अवसरमा ५० प्रतिशत कैद भुक्तान गरेका ५३४ जनाको कैद मिनाहा र ७ जनालाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
प्रदेशसभाबाट विश्वासको मत लिनका लागि बैठक आह्वान गरेका प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यले बुधबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले बुधबार ५ जना मन्त्री तथा राज्यमन्त्री थप गरेका हुन् । मन्त्री नियुक्त भएकाहरुलाई आजै साँझ सपथग्रहण गराइएको छ ।
गृह मन्त्रालयले विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) परिवर्तन गर्ने निर्णय गरेको छ । मन्त्रालयको निर्णयअनुसार सहसचिव घनश्याम उपाध्याय जिल्ला प्रशासन कार्यालय ललितपुरमा सरुवा भएका छन् । यस्तै रुद्रादेवी शर्माको जिल्ला प्रशासन कार्यालय भक्तपुरमा सरुवा भएको छ भने गुल्मीमा पुण्ड विक्रम पौडेलको सरुवा भएको छ ।
ललितपुर र भक्तपुरसहित विभिन्न जिल्लाको सीडीओ परिवर्तन, को–कहाँ (सूचीसहित) |
४. काँग्रेसद्वारा क्रियाशील सदस्यता सार्वजनिक
नेपाली काँग्रेसले सात जिल्लाको क्रियाशील सदस्यता नामावली सार्वजनिक गरेको छ । बुधबार काठमाडौं, मोरङ, काभ्रे, सिन्धुपाल्चोक, कपिलवस्तु, बर्दिया र बाजुराको क्रियाशील सदस्यता सूची सार्वजनिक गरेको हो ।
५. कक्षा १२ को परीक्षा शुरू
राष्ट्रिय परीक्षा बोर्डले बुधबारबाट कक्षा १२ को परीक्षा शुरू गर्दै छ । यसअघि दुईपटक स्थगित गरिएको परीक्षा आजबाट शुरु हुन लागेको हो । राष्ट्रिय परीक्षा बोर्डका सदस्य–सचिव दुर्गा अर्यालका अनुसार असोज ८ गतेसम्म सञ्चालन हुने परीक्षामा ३ लाख ७४ हजार ४ सय १३ परीक्षार्थी सहभागी हुँदै छन् ।
आजदेखि कक्षा १२ को परीक्षा शुरू |
६. फेरि फोहोरको डङ्गुर
महानगरपालिकाको कमजोर व्यवस्थापनका कारण काठमाडौँ उपत्यकामा फेरि फोहोरको डङ्गुर थुप्रिएको छ । गत साउनमा डम्पिङ साइटसम्म जाने बाटो खराब भएका कारण केही सातासम्म फोहोर उठ्न सकेको थिएन । भदौमा केही दिन फोहोर उठाइए पनि पुनः अवरुद्ध भएको छ । सडकमा जथाभावी थुपारिएको फोहोर नउठेका कारण सहरमा दुर्गन्ध फैलिएको छ ।
नी उद्योगी र व्यापारीसँग मिलेमतो गरी सरकार नै चिनीको अभाव गराउन लागिपरेको छ । चिनी उद्योगीहरूसँगको मिलेमतोमा अर्थ मन्त्रालयले नै बजारमा चिनीको अभाव हुने वातावरण तयार गरेको हो ।
८. शङ्कर पोखरेलविरुद्ध विमला वलीको उजुरी प्रहरीले दर्ता गर्न आलटाल
नेकपा माओवादी केन्द्रले लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोखरेलसहित ४ जनाविरुद्ध सांसद विमला कुमारी खत्री वलीको किटानी जाहेरी लिन लागि प्रहरीले आलटाल गरेकाे आरोप लगाएको छ ।
प्रहरीको जाहेरीले नेपाल राष्ट्र बैंकअन्तर्गतको कसुर (बिट क्वाइन प्रकरण)मा १० जनाविरुद्ध मुद्दा दायर भएकोमा पाँच जना दोषी ठहर भएका छन् भने पाँच जनाले सफाइ पाएका छन् ।
नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओली शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकारले जनताको काम केही पनि गर्न नसक्ने दाबी गरेका छन् । बुधबार बुटवलमा एमालेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले सरकार गठन भएको यति लामो समयसम्म पनि जनतालाई आश लाग्ने केही काम गर्न नसकेको भन्दै विगतका सरकारले गरेका राम्रा कामलाई समेत संरक्षण गर्न नसकेको आरोप लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डलर उकालो, युरो ओरालो : पाउण्ड, रियाल, दिनार, क्रोनर र कोरियन वनको मूल्य बढ्यो
-
आजको दिन के मा लगानी गर्नु उपयुक्त ? हेरौँ राशिफल
-
लाजियोको पोष्टमा इन्टर मिलानको गोल वर्षा
-
प्रिमियर लिग : बर्नमथ र वेष्टह्यामले अंक बाँडे
-
बन्दीपुर भ्रमण वर्ष सफल पार्न गाउँपालिकाको जोडतोड
-
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनबाट उपत्पादित विजुली