मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

अवैधरुपमा नेपाल प्रवेश गरेका १४ रोहिंग्या शरणार्थी पक्राउ

बुधबार, ३० भदौ २०७८, १६ : ३४
बुधबार, ३० भदौ २०७८

प्रहरीले राजधानीको बौद्धबाट १४ जना रोहिंग्या शरणार्थीलाई पक्राउ गरेको छ । अवैध रुपमा नेपाल प्रवेश गरेका उनीहरुलाई महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले पक्राउ गरेको एक उच्च प्रहरी अधिकारीले रातोपाटीलाई जानकारी दिए । 

‘म्यान्मारबाट विस्थापित भएकाहरु बंगलादेशबाट स्थलमार्ग हुँदै उनीहरु झापाको काँकडभिट्टा सीमा नाकाबाट नेपाल प्रवेश गरेको देखिन्छ’, ती अधिकारीले रातोपाटीलाई भने, ‘दलालको माध्यमबाट दुई दिनअघि बौद्ध आइपुगेका उनीहरुलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो ।’

म्यान्मारमा रोहिंग्यामाथि दमनको क्रम बढ्न थालेपछि केही वर्षयता त्यहाँका हजारौं रोहिंग्याहरु विस्थापित बनेका छन् । प्रहरीको कडाइका बीच पनि उनीहरुमध्ये केही संख्यामा यसअघि नै शरणार्थीको रुपमा काठमाडौं प्रवेश गरेका थिए । 

त्यही क्रममा शरणार्थीको रुपमा नेपालमा बस्ने योजनाका साथ दुई दिनअघि पनि मानव तस्करको सेटिङमा उनीहरु नेपाल आएको हुनसक्ने प्रहरीको आशंका छ । उनीहरुलाई पक्राउ गरेर अध्यागमन कार्यालयमा बुझाइएको छ । 

प्रहरीले उनीहरुलाई काठमाडौंसम्म ल्याउने कार्यमा संलग्न बंगलादेशी नागरिकलाई समेत पक्राउ गरेर अनुसन्धान थालेको बताइएको छ । हाल करिब २०० जनाको हाराहारीमा रोहिंग्या शरणार्थी राजधानीको कपनमा बस्दै आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप