बिट क्वाइन प्रकरणमा पाँच जना दोषी, पाँच जनाले भने सफाइ पाए
प्रहरीको जाहेरीले नेपाल राष्ट्र बैंकअन्तर्गतको कसुर (बिट क्वाइन प्रकरण)मा १० जनाविरुद्ध मुद्दा दायर भएकोमा पाँच जना दोषी ठहर भएका छन् भने पाँच जनाले सफाइ पाएका छन् ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश चाणकमणि अर्यालको इजलासले बुधबार सो मुद्दामा मिङमार तामाङ, दमन बस्नेत, संजय खनाल, विश्वविक्रम राई र सौगातकुमार बस्नेतलाई सफाई दिएको हो । उनीहरुले अभियोग दाबी बमोजिमको कसुर गरेको पुष्टि नभएको भन्दै इजलासले सफाइ दिएको छ ।
प्रतिवादीहरु प्रशान्त प्रताप शाह, बिन्दु भन्ने बिन्दा ढकाल, जीपी भन्ने ज्ञानप्रसाद पौडेल, मनिषकुमार गिरी र माधव खनाललाई भने नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९५ को उपदफा १ बमोजिमको कसुर गरेको ठहर इजलासले गरेको छ ।
नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९५ को उपदफा १ बमोजिम कसुर गर्ने प्रतिवादीहरुलाई सोही ऐनको दफा ९६ (१) मा उल्लेखित कानुनी व्यवस्थामा सम्बन्धित बिगो जफत गरी बिगोको तीन गुणासम्म जरिवाना वा सात वर्षसम्म कैद सजाय वा दुवै सजाय हुने देखिएको इजलासले उल्लेख गरेको छ ।
यस्तो सजाय गर्दा फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ९ बमोजिम बेग्लै सुनुवाई गर्नुपर्ने भन्दै इजलासले यसका लागि सोही ऐनको दफा १२ बमोजिमको प्रतिवेदन ७ दिनभित्र पेस गर्न वादी तथा प्रतिवादीका कानुन व्यवसायीलाई सूचना दिइ सजाय निर्धारणका लागि नियमानुसार पेस गर्न इजलासले आदेश दिएको छ ।
सो मुद्दामा प्रतिवादीका तर्फबाट शार्दुल थापाले बहस गरेका थिए । शार्दुल वरिष्ठ अधिवक्ता शम्भु थापाका छोरा हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोशीका बाढीपहिरो प्रभावितलाई बल्ल अस्थायी आवास निर्माण
-
शिवसताक्षीका चार वडालाई नुनिया धानको पकेट क्षेत्र घोषणा
-
म्याग्दीमा सुन्तला बिक्री गर्न बजार खोज्नुपर्ने झन्झट हट्यो
-
एक महिनापछि बुटवल–गोरुसिङ्गे सडक विस्तार, ७ हजार एक सय रुख काट्ने तयारी
-
बन्दीपुर भ्रमण वर्षको प्रचारप्रसार गर्दै गाउँपालिका
-
सकियो सम्झौता अवधि, सकिएन करिडोरको काम