केन्द्रीय संस्करण
कोरोना कैरन – २२

लकडाउन कहर, कोरोनाको जहर

person explore access_timeअसार १, २०७७ chat_bubble_outline0

कागले सधैँ आफ्नो भाषा बोल्छ, र त ऊ सधैँ स्वतन्त्र भएर आकाशमा उड्छ । तर एउटा सुगाले अरुको नक्कल गरेर गुलामी गर्न खोज्छ, त्यसैले त ऊ सधैँ पिन्जडामा कैद रहन्छ !
— टवीटे लता नेउपाने

यो ट्वीटमा ट्वीटे लताको ट्वीटरको निशाना कोही छ कि यो केवल एउटा ब्ल्याङ्क फायर हो म जान्दिनँ । रोचक कुरा, ओली सरकारको बुद्धि खसोखास यो ट्वीटको तीर ताकिन लायक छ । लकडाउन खुकुलो पार्ने योजनाको ऐनामा सरकारको यो सुगामार्गी चरित्र प्रस्टैै देखिन्छ । र, मुख छोपेर भन्न मन लाग्छ— कठै ! कत्ति न जान्ने हुँ भन्ने ओली सरकार माने  खसोखास सुगा सरकार ! मौलिक चिन्तन, नूतन परिकल्पना र विशिष्ट योजनाशून्य  । कहिले माथिकाको सुगा, कहिले तलकाको सुगा, कहिले परकाको सुगा । सदैव स्वत्व र निजत्वशून्य नक्कले सुगामात्र ।

कोरोनाकालीन लकडाउनको प्रयोजन एउटा थियो, सरकारले गर्‍यो अर्थोकै । यसले प्रायः सुकाम होइन केवल नकाम गर्‍यो । र, यसले दुनियाँको लिनुविधि हुर्मत लियो । नागरिकलाई घरघरमा थुनेर चाल पाइने गरी यसले घुस र कमिसन कुम्ल्यायो । यसले सडकमा नागरिकका थाप्लामा अनाहकमा लाठा बजार्‍यो । कोरोना माहामारीमा सीमापारिबाट घर आउन आतुर नागरिकहरुलाई यसले त्यतै बस, त्यतै मर भन्यो । आखिरमा चौतर्फी आक्रोश, निन्दा र विरोधपछि लम्बेतान लकडाउन खुकुल्याउन यो बाध्य भयो । तर लकडाउन खुकुल्याउनु के छ, यी अभागी आँखाले सरकारको बुद्धि खुकुलिएको पो देख्नुपर्‍यो ।


कोरोनाकालीन लकडाउनको प्रयोजन एउटा थियो, सरकारले गर्‍यो अर्थोकै । यसले प्रायः सुकाम होइन केवल नकाम गर्‍यो । र, यसले दुनियाँको लिनुविधि हुर्मत लियो । नागरिकलाई घरघरमा थुनेर चाल पाइने गरी यसले घुस र कमिसन कुम्ल्यायो । यसले सडकमा नागरिकका थाप्लामा अनाहकमा लाठा बजार्‍यो । कोरोना माहामारीमा सीमापारिबाट घर आउन आतुर नागरिकहरुलाई यसले त्यतै बस, त्यतै मर भन्यो ।


लाग्छ, यो सरकार पूरापूर समाज विमुख छ । पूरापूर जनजीवन विमुख छ यो । सामाजिक यथार्थको धरातलमा यो कहीँ छैन । यो कतै हावमा छ । त्यसैले त लकडउन खुकुल्याउने चेष्टामा यो तेस्रो काँटको जोक्करको औतारमा प्रकट भएको छ ।

लकडाउन खुकुल्याउन सरकारले कुन देशको ढाँचाको नक्कल गर्‍यो, थाहा छैन । तर शिरदेखि पुछारसम्म यो नक्कल हो, हुबहु नक्कल । ट्वीटे लताले भनेझैँ सुगे काइदाको नक्कल । खुकुलीकरणको यो ढाँचा हाम्रो यथार्थ भौतिक परिवेश, हाम्रो संस्कृति, हाम्रो जीवनशैली र लतमा कहीँ कतै केही फिट हुँदैन । यसको कथित खुकुलीकरणको जे हेर्‍यो, हाँस उठ्छ । यसको जे हेर्‍यो, जङ चल्छ । यसको जे हेर्‍यो, ओली सरकारको सुगे चरित्रप्रति दया जागेर आउँछ ।

सरकारको आदेश छ— यता पनि, उता पनि, जता पनि दूरी मिलाएर हिँड । ए बाबा ! दूरी मिलाएर हिँड्न मिल्ने ठाउँ भए न हिँड्नु । सडकका पेटीहरु मुखियाको लगौँटी जत्रा छन् । पदयात्रीहरु छन् कमिलाको गोलो सरी हुरुहुरु । जहाँ मान्छेलाई ढेप्दै, पन्छाउँदै, चेपिँदै हिँड्नुपर्छ, त्यहाँ, दूरी मिलाएर हिँड भन्छ सुगामार्गी बकलन्ठ सरकार !

आठ बाई दश फिटका भाडाका कोठामा चिया पसल छन् । गरिबका दुःख–जीलो गरिखाने सहारा हुन् ती । ती टोलैभरि छ्याप्छ्याप्ती छन् । तिनवटा बेन्च, सानो दराजे टेबल, ओभन, ग्यास सिलिन्डर, चिनी र चियाका बट्टा, दूधका पोका, गिलास र चम्चा, चिया डुलाउने ट्रे, चिया साहुको आसन— बस्, त्यहाँ यी सब हाजिर छन् । त्यहाँ तीनवटा बेन्चमा तीन जनाका दरले नौजना ग्राहक नित्य बस्छन् । ठाउँ नपाएर कोही उठ्ला कि भनी पालो कुर्ने कोही न कोही त्यहाँ हर्दम् हुन्छन् । आँखा फुटेको सरकार भन्छ— यस्ता खचाखच, गुजुमुज्ज, कुँडुले चिया पसलमा पनि दूरी मिलाएर बस ! चिया पसल दुई थरी छन्— सात्विक र मौका हेरी तामसी । सात्विक चिया पसलमा शुद्ध चिया बेचिन्छ । तामसी चिया पसल मौकामा चौका हान्छ । यो चौके सूर्योदयअघिदेखि चिया व्यापार थाल्छ, सूर्यास्त अघिदेखि दारु–दबा पेल्छ । शासनको आसनमा विराजमान मुखिया, बाबुसाहेब र ठालुहरुलाई कुनै बेला यी चिया पसल कम भट्टीबारे थाहा हुँदो हो । सत्ताको गद्दामा उक्लेपछि तिनले बिर्से । अहिले तिनलाई शायद होटल–रेष्टुराँका नाममा सोल्टी, याक एण्ड यती, हयात, द्वारिकाज् आदिमात्र थाहा छ । बालुवाटार दरबारबाहिर विशाल पटाङ्गिनी छ । त्यहाँ पाल टाँगेर, दूरी नापेर आसन अलग–अलग राखिन्छन् । धरातल छाडेर हावामा उडिरहेको राजातुल्य शासकलाई लाग्दो हो— ठाउँको यो सुबिधा जहाँ पनि र जहिले पनि मेरा सबै प्रजालाई उपलव्ध छ । र नै ऊ ढुक्कसँग फर्मान जारी गर्छ— सुरक्षित दूरी मिलाऊ, नत्र कडा कार्बाइ हुन्छ । यो ट्वीटमा वर्णित सुगा हो, जो कतैका कसैको नक्कल गरेर जान्ने पल्टिन्छ ।


आँखा फुटेको सरकार भन्छ— यस्ता खचाखच, गुजुमुज्ज, कुँडुले चिया पसलमा पनि दूरी मिलाएर बस ! चिया पसल दुई थरी छन्— सात्विक र मौका हेरी तामसी । सात्विक चिया पसलमा शुद्ध चिया बेचिन्छ । तामसी चिया पसल मौकामा चौका हान्छ । यो चौके सूर्योदयअघिदेखि चिया व्यापार थाल्छ, सूर्यास्त अघिदेखि दारु–दबा पेल्छ । शासनको आसनमा विराजमान मुखिया, बाबुसाहेब र ठालुहरुलाई कुनै बेला यी चिया पसल कम भट्टीबारे थाहा हुँदो हो । सत्ताको गद्दामा उक्लेपछि तिनले बिर्से ।


आयो कुरा अब रेष्टुरेन्टको । सरकार भन्छ— होम प्याकिङलाई छूट छ, भीडभाड गरे ठोकिन्छ । बडेबडे सेठहरुका बडेबडे रेष्टुरेन्टमा होम प्याकिङको धन्दा चल्ला । त्यो त आखिर चलिआएकै चलन हो । हुनेखानेले घरैबाट अर्डर गर्छन् र नोकर–चाकरलाई लिन पठाउँछन् । अथबा बडे रेष्टुरेन्टका बडे स्वामी ट्याक्क होम डेलिभरीको सेवा प्रदान गर्छन् । र नै त ती रेष्टुरेन्टमा दूरीको पालना हुनसक्छ । साना रेष्टुरेन्टमा के को होम प्याकिङ ? के को दूरीको पालना ? तिनको चलनै अर्कै छ । प्रायः एक, दुई, तीन, चार जना ग्राहकले अर्डर गरेपछि बल्ल भोजनको कुनै आइटम पकाइन्छ । ग्राहकविनै परिकार पकाएर, सढाएर थोडै डुब्नु छ र ! बाँकी कुरा चिया पसलकै सदर । ग्राहकहरु कुममा कुम जोडेर बस्छन् । ठाँवै साँगुरो छ ती गरुन् के ? रेष्टुरेन्टमा गइसकेपछि तिनलाई कोरोनाको के मतलब ? सरकारी आदेशको के मतलब ? ती गफिँदै, हल्ला गर्दै, मस्त मुद्रामा मांस–मदिरा उदरस्थ गर्छन् । सुगामार्गी सरकारलाई लाग्दो हो— म नवनरेशले आदेश दिएँ, आज्ञाकारी प्रजाहरुले पालन गरेकै होलान् । तर रेष्टुरेन्टको चाल अर्कै छ । करिबन छ बजेभित्रै ग्राहक भित्रिइसक्छन् । र, रेष्टुरेन्टको मूलद्वार बन्द हुन्छ । कदाचित गोप्य चेकजाँचमा मामाश्री आइहाले भने ? फुच्चे रेष्टुरेन्टका साहु भन्छन्– लकडाउनको पेलानबाट मामाहरु आपैmँ वाक्क–दिक्क भएका छन् । माथिका मालिकहरु हप्काउँदै भन्छन्— कडाइ पुगेन । तलका जनता धारे हात लाउँछन्— दमन अचाक्ली भो । न माथिको स्याबासी, न तलको जस । एक प्लेट मोमो र एक ट्वाक दारु टक््रयाएपछि थकित र आजीत मामाश्री मौन मुद्रामा मखलेल । बस्, फुच्चे रेष्टुरेन्ट आफ्नो सनातन शैलीमा चालू छ ।

तरकारी बजारमा दूरी मिलाऊ, नत्र....। ‘नत्र’को निर्मम लाठो बोकेको सुगामार्गी शासक तरकारी बजारको नाङ्गो यथार्थबाट सर्वथा अनभिज्ञ छ । अघिपछि सुरक्षाकर्मी र गाडीको लावालस्करमाझ साइरनको धाक लाउँदै त्यसको सवारी हुन्छ । अनि कसरी जानोस् ? कुनै बेला तरकारी किन्दा त्यसले तरकारी बजार देखेको हुँदो हो । अहिले बिस्र्यो । जब घाम डुब्न लाग्छ, तरकारी बजारमा तमासको चहलपहल शुरु हुन्छ । पसलेलाई आधा सढेका र सढ्न लागेका तरकारी कसैगरी बेच्नु छ । नत्र डुबिरहेको उसको व्यापार झन् डुब्छ । त्यसैले ऊ चिच्याउँछ— ‘जे पनि पच्चीसमा’, ‘जे पनि पच्चीसमा’ । डकलाउनमा इलम टुटेर गरिखाने गरीबहरु बुटिटाट भएका छन् । तिनलाई कोरोनाको रोगले भन्दा लकडाउनले थोपरेको भोकले पहिले मर्ने डर छ । त्यसले त चुत्थो तरकारी सस्तोमा किन्न ती हारालुछ गर्छन् । त्यो हतारमा, त्यो आतुरीमा, त्यो हाटहुटमा, त्यो भद्रगोलमा के को दूरीको पालना ?  विलासमहलबाट दूरीको पालनाको आदेश ठेल्नेहरुले तिनको साँझ–बिहानको छाक टारिदिने होइनन् क्या रे !

सरकार म ‘लाल’ हुँ भन्ने पार्टीको छ । त्यसैले होला, खुकुलिएको लकडाउनमा राता प्लेटधारी बाहनका स्वामीका लागि सडक फुक्काफाल खुला छ । अझ भनौँ, सडकमा तिनको एकाधिकार छ । लकडाउन खुकुलियो र अड्डाहरु खुल्न थाले । सरकारी, अर्धसरकारी, गैरसकारी सबै अड्डाहरु । राता प्लेटधारी गाडीवालहरु निजी बाहनमा अड्डा जालान् । उच्च ओहदावालाहरु सरकारी बाहनमा जालान् । मध्यम तहका कर्मचारी र कामदारलाई अड्डाका वाहनमा आइजाइको सुविधा प्राप्त होला । अनि निम्न तहका कर्मचारी र कामदारहरु ? सरकार भन्छ— ती हिँडेर आउँछन् । स्वास्थ्य वा दूरीको कारण जो हिँडेर आउन सक्दैनन्, सरकार ! के ती विनाकाम तलब पाउँछन् ? मौन भावमा सरकार भन्छ— नाइँ, जो आउँदैनन्, ती भोक र कालको शरण परुन् । सिंहासनमा ‘सर्वहारा’को ‘लाल’ सरकार छ । व्यवहारमा यी यस्तो छ ! विभेद, वञ्चना, अपहेलना, उपेक्षा र अन्ततः मृत्युको उपहार !


सरकार म ‘लाल’ हुँ भन्ने पार्टीको छ । त्यसैले होला, खुकुलिएको लकडाउनमा राता प्लेटधारी बाहनका स्वामीका लागि सडक फुक्काफाल खुला छ । अझ भनौँ, सडकमा तिनको एकाधिकार छ । लकडाउन खुकुलियो र अड्डाहरु खुल्न थाले । सरकारी, अर्धसरकारी, गैरसकारी सबै अड्डाहरु । राता प्लेटधारी गाडीवालहरु निजी बाहनमा अड्डा जालान् । उच्च ओहदावालाहरु सरकारी बाहनमा जालान् । मध्यम तहका कर्मचारी र कामदारलाई अड्डाका वाहनमा आइजाइको सुविधा प्राप्त होला । अनि निम्न तहका कर्मचारी र कामदारहरु ?


सुगामार्गी सरकारको सवारी नीति देखेर लोक तीन छक् परेको छ । गोर्खे ‘लाल’को अद्भुत नीति भन्छ— मोटर साइलमा दुई जना गुड्न पाइँदैन । किन विरलाकोटी सरकार ? किनभने दूरीको नियम भङ्ग हुन्छ । र, एकबाट अर्कोमा कोरोना सल्किन्छ । गजप छ, बा ! पति–पत्नी एउटै अड्डा वा उद्यममा काम गर्ने होलान् । तिनले अड्डा कसरी जाने ? लकडाउनभक्त सरकार भन्छ— पति शानले मोटरसाइलमा जाने, पत्नी लुखुरलुुखुर सडकमा ! ट्याक्सी निषिद्ध छ, एम्बुलेन्स दुर्लभ छ । टोलछिमेकको कोही बिरामीलाई बाइकमा अस्पतालमा लैजानु पर्‍यो । यस्तोमा के गर्ने सरकार ? सरकार भन्छ— नियम भनेको नियम हो, जङ्गेको नियम । मरे बरु बिरामी मरोस्, नियम तोड्न मिल्दैन । बस्, जङ्गको नियम !

बाहुबली राजमा आर्द पुकार, विनयशीलता, करुणा, विवेक, न्याय र उदार तर्कको कौनै काम छैन । काम छ केवल मुक्काको अथबा कमिलाको गोलोसरी सडक ढाकेर गर्जिने युवा आवाजको । व्यापारीहरुले मुक्का उजाउँदै जीवनभक्षी लकडाउन तोडेर पसल खोले । त्यो पनि अन्तका होइन, नयाँ सडकका व्यापारीहरुले ! लत्रिँदै घुँडा टेकेर सरकारले म लकडाउन खुकुल्याउँछु भन्यो । मलवाला धनाढ्यहरुले लकडाउन तोडेर मल खोले । सरकारले कान समातेर ‘हवस्’ भन्यो । लामबद्ध युवाहरुले सडकमा निस्केर दश अर्बको हिसाब खोई भने ? सरकार डरले काम्यो । र, युवाहरुका आँखा छल्न रातारात जाली हिसाब देखाइयो । बस्, जहाँ पनि भाउ शक्तिको छ । बाहुबली तत्वको आततायी राजमा भाउ मुक्काशक्तिको छ, धनशक्तिको छ, आवाजशक्तिको छ अथबा धाकशक्तिको छ । जोसँग यीमध्ये कुनै शक्ति छैन, तिनको बिजोक छ । ट्याक्सी चालकको बिजोक छ । टेम्पो, माइक्रो र बस चालकको बिजोक छ ।  तिनका खलाँसीको बिजोक छ । इलमविना यी सब भोकले मर्ने खतरा प्रबल छ । एकातिर मसिना कर्मचारी र कामदारलाई अड्डा जान बाहन छैनन् ।  आर्कातिर बाहनहरु बन्धनमा छन्, बाहन चालकहरुको यो हबिगत छ । गरिखाने यी दीनदुःखीको यो कन्तबिजोक किन ‘सर्वहारा’ सरकार ? लकडाउनको मान राख्न । दूरीको नियम तोड्न नदिन । महामारीबाट जनजनको जीवनरक्षा गर्न । यो बेथितिमा, यो भद्रगोलमा, यो अराजकतामा रक्षणका नाममा भक्षण भइरहेछ त सरकार ! लकडाउनको कहीँ कतै एकरत्ती पालना भएको छैन, यी चालक र खलाँसीहरु मात्रै लकडाउनका नाममा भोकै मारिन किन अशिप्त, सरकार ? जनप्रियताशून्य अटेरी, अघोरी र कठोरमति सरकार मौन छ ।


बस्, जहाँ पनि भाउ शक्तिको छ । बाहुबली तत्वको आततायी राजमा भाउ मुक्काशक्तिको छ, धनशक्तिको छ, आवाजशक्तिको छ अथबा धाकशक्तिको छ । जोसँग यीमध्ये कुनै शक्ति छैन, तिनको बिजोक छ । ट्याक्सी चालकको बिजोक छ । टेम्पो, माइक्रो र बस चालकको बिजोक छ ।  तिनका खलाँसीको बिजोक छ । इलमविना यी सब भोकले मर्ने खतरा प्रबल छ । एकातिर मसिना कर्मचारी र कामदारलाई अड्डा जान बाहन छैनन् ।  आर्कातिर बाहनहरु बन्धनमा छन्, बाहन चालकहरुको यो हबिगत छ । गरिखाने यी दीनदुःखीको यो कन्तबिजोक किन ‘सर्वहारा’ सरकार ?


बस्, भन्ने कुरो करिबन सकियो । ओली सरकारको दूरी पालनाको हावा नियम सर्वत्र हावा भयो । तैपनि दूर सिंशासनवासी सरकार आफ्नो अविवेकी हठमा कटिबद्ध छ । ऊ भन्छ— बरु आकाश खसोस्, धर्ती चिरा परोस्, दूरीको पवित्र मन्त्र म किमार्थ छाड्दिनँ ।

‘लाल’ ‘सर्वहारा’ सरकार ! यो अकिञ्चनको सानो निवेदन छ । लोकलाई लकडाउनको कहर कोरोनाको जहरभन्दा पनि असह्य भयो । कोरोना नियन्त्रण गर्ने दूरी पालनाको नियम कहीँ कतै कत्ति लागू भएन । सरकार ! अब एकमात्र उपाय हो— तुफानी वेगमा पीसीआर परीक्षण विस्तार, रोग पहिचान, व्यवस्थत क्यारेन्टाइनवास र उचित उपचार । जनताका टाउकामा लाठा ठोकेर दूरीको नियम पालना गराउन खोजे, श्री ‘लाल’ सरकार ! लाठाको जबाफ लाठैले दिन दुनियाँ बाध्य हुनेछ । लोकोक्ति भन्छ— अति गर्नु चार नगर्नु !


 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.