केन्द्रीय संस्करण
कोरोना कैरन–१

घुमिफिरी आफ्नै गुँडमा

person explore access_timeचैत २२, २०७६ chat_bubble_outline0

म स्व–क्वारेन्टाइन उर्फ स्व–गृह प्याकिसबन्दीमा छु । पृष्ठभूमिमा कोरोना भाइरस आतङ्क छ, मेरो नाकसामु छ कडीकडाउ सरकारी आदेश । सनक सिं महामहिम डोनाल्ड ट्रम्प शासित अमेरिकाबाट फर्केर जन्मथलो टेकेको भयो आज बाह्र दिन । ऐकान्तिक प्याकिसबन्दीमा खुम्चिएर बिताएका पट्यारलाग्दा बाह्र दिन ! अचम्म लाग्छ, फ्लाई दुबईको हवाई जहाज चढेर मसँगै फर्केका थुप्रै सहदेशवासीमध्ये सायद कोही नै क्वारेन्टाइनमा छैन, केवल म एकजना छु । सरकारी आज्ञाप्रति नतमस्तक मुद्रामा अतिशय बफादार म ! ‘तँ अविश्वसनीय नाथेको आदेशलाई लाइदियो त यात्रुगणले धोती’ भनी कसैले गिज्याए सरकार सायद शानका साथ भन्ला– चाबेलतिर हेर !

फिर्ती यात्रा थाल्न लाग्दा ओरिकामा कोरोना भइरसको असर हो कि होइनजस्तो मात्र थियो । राष्ट्रपति ट्रम्प अझै हर्षातिरेकको मुडमा थिए । अमेरिका पर्‍यो समस्त मानवजगत्को शोषण र दोहनकारी बूढो साँढे । चीनले तन्नेरी बहरको औतारमा जगत‍्को मैदान ताक्दा बूढा ट्रम्पलाई औडाहा भयो । कोरोना नामक महाव्याधीले जब चीनलाई ग्रास गर्‍यो, हँसीखुसी सुन्नाराम टाइपका ट्रम्पका ओठमा सायद मधुमय मुुस्कान नाच्यो । महामहिमले मनमनै भने हुनन्— कोरोनाको सर्वनाशक आक्रमणसँगै गयो अब ‘तेरो बेल्ट एन्ड रोड इनिसियटिभ’को ताई न तुईको फुर्ती । र, अबलाई तेरो केजाती ‘कनेक्टिभिटी’ फ्याँ डिस्कनेक्टिभिटी हुने भो । हैट्, ‘चाइनिज भाइरस !’ हो, खुच्चिङको भावमा ट्रम्पले कोरोनापीडित चीनलाई यसरी गिज्याए । विश्व विशाल छ— अरू धेरै कुरा थाहा नभए पनि ट्रम्पलाई यति कुरा थियो । यो विशाल विश्वको यत्रो आकाश छिचोलेर कसरी अमेरिका आइपुग्ला र ‘चाइनिज भाइरस’ ? ट्रम्पश्रीले यसरी गहन चिन्तन गरे हुनन् । अनि त्यत्रो भवसागर एट्लान्टिक महासागर तरेर... ? उन्मादी आवेगको घोडामा सवार भएका ट्रम्पलाई कोरोना हवाई जहाज वा पानी जहाज चढेर अमेरिका आउँछ भन्ने कुराको सायद हेक्का रहेन । महान्, सभ्य र स्वच्छ अमेरिकामा चीनबाट उब्जिएको फोहोर कोरोना भाइरस आउने ? असम्भव ! दूरदृष्टिका हदै गरिब ट्रम्पले आसन्न महामारीलाई चुट्कीको भरमा उडाइदिए । यसरी सोच्दा ट्रम्पको पश्चगामी चिन्तन तरङ्गमा अन्धराष्ट्रवादका भाइरसहरु जमजमाइरहेका हुँदा हुन् । र, निजहजुरको सङ्कीर्ण चित्त नश्लीय उन्मादको अन्धवेगी नशाले त्यसैत्यसै लठ्ठ भएको हुँदो हो ।


एकातिर मलाई प्रियजनहरुको बस भन्ने आग्रह छ, अर्कोतिर मलाई गइहालूँ भन्ने हतारो छ । तर चित्तको अन्तरमा यसो कि उसोको दुविधा र द्वन्द्व पनि छ । सुनेको छु, अमेरिकी एयरपोर्टमा, दुबईको ट्रान्जिटमा र नेपालको विमानस्थलमा तापक्रम नापिन्छ । तापक्रम छिसिक्क बढी देखियो कि घ्याच्च बाटो छेकिन्छ । अनि हुन्छ के ? अनिपछिको निश्चित उत्तर मसँग छैन, मलाई त केवल त्यसपछिको अनिश्चिता मात्र थाहा छ । यो अनिश्चितता भययुक्त छ । बीचैमा पक्रेर ‘चलो क्वारेन्टाइन’  भन्दै बिरानो देशमा मलाई कतै एकलासमा लागेर थुने भने ?


०००

मलाई ‘अलि दिन अमेरिकामै बस, कोरोना आतङ्क मत्थर भएपछि घर जाऊ’ भन्ने शुभचिन्तक एक होइन, अनेक थिए । त्यसो त मेरा छोराछोरीले पनि गर्नुसम्म कर नगरेका होइनन् । ‘आफ्नै जिद्दीले गर्दा अस्ति मात्र प्रोस्टेटबाट त्यत्रो दुःख पायौँ, चेत्दै नचेती फेरि जिद्दी गरेर मरिहाल्न मन छ ?’ स्वास्थ्यकर्मी छोरीको यो आशयको प्रश्नमा ममतायुक्त कटाक्षको सन्तापमय भाव  थियो ? तर मेरो मन भने सिङ्गै यतै थियो । मेरा पकाइखाने भाँडाकुँडा यतै थिए । मेरा पढ्ने पुस्तक यतै थिए । मेरा लाउने लुगा यतै थिए । मेरो घाम छेल्ने र पानी ओत्ने छानो यतै थियो । मन मिलेका मेरा साथीसँगी यतै थिए । नित्य प्रातः लमक् गर्ने मेरो प्रिय वनकालीपन यतै थियो । जीवनभरका पदचापहरुद्वारा निर्मित मेरो स्मृति–शृङ्खला यतै थियो । त्यसो त मेरा सानातिना सामाजिक दायित्व र कर्तव्यहरु पनि त यतै थिए ।

एकातिर मलाई प्रियजनहरुको बस भन्ने आग्रह छ, अर्कोतिर मलाई गइहालूँ भन्ने हतारो छ । तर चित्तको अन्तरमा यसो कि उसोको दुविधा र द्वन्द्व पनि छ । सुनेको छु, अमेरिकी एयरपोर्टमा, दुबईको ट्रान्जिटमा र नेपालको विमानस्थलमा तापक्रम नापिन्छ । तापक्रम छिसिक्क बढी देखियो कि घ्याच्च बाटो छेकिन्छ । अनि हुन्छ के ? अनिपछिको निश्चित उत्तर मसँग छैन, मलाई त केवल त्यसपछिको अनिश्चितता मात्र थाहा छ । यो अनिश्चितता भययुक्त छ । बीचैमा पक्रेर ‘चलो क्वारेन्टाइन’  भन्दै बिरानो देशमा मलाई कतै एकलासमा लागेर थुने भने ? अथवा दुबईमा बाटो छेकेर त्यत्तिकै अलपत्र पारे भने ? आफूसँग न अमेरिका फर्किने टिकट छ, न सहारा खोज्न चिनजानको कोही छ, न बासी अनुहार लिएर अमेरिका फर्किन मनै छ । मानसिक दुविधा र द्वन्द्वको बीचमा मैले अठोट गरेँ— आ... जाने हो नेपाल । जे पर्छ, त्यो टर्छ । आखिर जीवन अनेक अनिश्चयहरुबीच एकाध निश्चयको खोजी गर्ने अबिराम यात्रा न हो । जीवनका सबै अनिश्चयहरुको पहिल्यै उत्तर पाइँदो हो त जिउनुको प्रयोजन र अर्थ नै के हुँदो हो र ?


साँझपख नेपाली एयरपोर्टमा पदार्पण गर्नु के थियो मेरो मनमा बेचैनीका लहरहरु उठे । अब के हुने हो, भाइ ? चेकजाँचले अतिरिक्त ताप देखायो भने के गर्लान् ? सके खरिपाटी चलान गर्लान् । अथबा टेकू अस्पताल ? मलाई डरडर लागेर आयो । तर एयरपोर्टमा सनातनी कर्मकाण्ड सिवाय केही भएन । बडेमाको ड्रममा पछाडि तरल तत्त्व छ, अगाडि तत्त्व छर्किनेका हातमा पाइप छ । पुरेतले भक्तहरुका देहमा गहुँत छर्किएझैँ ऊ यात्रुहरुमाथि झ्याप्प तरल छर्किन्छ । त्यो झ्याप्पले कपाल भिज्ने गरी कसैलाई लाग्छ, कसैलाई एक छिटो पनि लाग्दैन ।


टिकट काट्ने सहदेशवासी मनुवालाई सोधेँ– आए हुन्छ, होइन बन्धु ? उनले एउटा जुक्ति सुझाए । तामक्रम जाँच्नु दुई घण्टाअघि दुदीओटा सिठामल खानू, भए पनि ज्वरो सुटुक्क भूमिगत हुन्छ । तर मैले सिठामल खाइनँ । मलाई केही भएको छैन, बित्थामा खानु किन ? मनको बाघद्वारा बित्थामा खाइनु किन ? ब्याकप्याक बोकेर म बाटो लागेँ । साथमा जीवनसङ्गिनी थिइन् । अमेरिकी एयरपोर्टमा तापक्रम जाँचमा ट्याक्क पास भइयो र हुइँय आकाशमा उडियो । फ्लाई दुबईको विमान अजङ्गको थियो, सुनिजानेअनुसार पाँच सय सिटको । छाँटले विमानका दुई तिहाइ सिट खाली थिए । ती थिए वास्तवमा कोरोनाको डरले खाली भएका सिटहरु । ती खाली सिट हाम्रा लागि खुदो भए । व्यङ्ग्यविनोदी भावमा मनमनै कतैका कसैले नसुन्ने गरी ‘धन्य  करुणामयी कोरोना’  भन्दै हामी बूढाबूढी सिट फेरिफेरि सुत्यौँ । असहज परिस्थितिको हाम्रो यात्रा कमसेकम त्यो दूरीभरि बडो सहज भयो ।

दुबई ट्रान्जिटमा पनि तामक्रम जाँचमा ट्याक्क पास भइयो र फटाफट चढियो विमान । थोत्रोथोत्रो विमान मझौला आकारको थियो । त्यसमा यात्रु सबै नेपाली थिए । ती सब भाबर खाडी मुलुकमा पसिना, आँसु र रगत बगाएर विप्रेषणको ऊर्जाले नेपाली अर्थतन्त्रलाई घिटिघिटी धान्ने कर्मवीर–वीराङ्गनाहरु थिए । तिनका अनुहारमा थकित, आजित र पराजित भाव उत्रेको थियो । ती कोरोना आतङ्कमाझ आफ्नो र परिवारको प्राण धान्ने काम गुमेर वा छाडेर हठात् स्वदेश फर्किँदै थिए । किन ? तिनका आँखामा अव्यक्त उत्तर थियो– मर्नैपरे आफ्नै देशमा प्रियजनहरु माझ मर्न । छोइछिटोकारी कोरोना भाइरसले प्रियजनहरुमाझ मर्न पनि दिँदैन भन्ने वीभत्स यथार्थ सायद तीमध्ये धेरैलाई थाहा थिएन ।

साँझपख नेपाली एयरपोर्टमा पदार्पण गर्नु के थियो मेरो मनमा बेचैनीका लहरहरु उठे । अब के हुने हो, भाइ ? चेकजाँचले अतिरिक्त ताप देखायो भने के गर्लान् ? सके खरिपाटी चलान गर्लान् । अथवा टेकू अस्पताल ? मलाई डरडर लागेर आयो । तर एयरपोर्टमा सनातनी कर्मकाण्ड सिवाय केही भएन । बडेमाको ड्रममा पछाडि तरल तत्त्व छ, अगाडि तत्त्व छर्किनेका हातमा पाइप छ । पुरेतले भक्तहरुका देहमा गहुँत छर्किएझैँ ऊ यात्रुहरुमाथि झ्याप्प तरल छर्किन्छ । त्यो झ्याप्पले कपाल भिज्ने गरी कसैलाई लाग्छ, कसैलाई एक छिटो पनि लाग्दैन । त्यो यात्रुहरुका देहबाट सम्भावित कोरोनालाई पखालेको रे तिनको बाउको ! त्यसपछि तापक्रम जाँच्ने कर्मकाण्ड सम्पन्न भयो । र, अध्यागमन अधिकारीले पासपोर्टमा छाप ठोकर निकासको बाटो दिए । तिनले अनेक कुरा सोधेर हैरान पार्लान् कि भन्ने लागेको थियो, केही सोधेनन् । मलाई त चिनेर कथित ‘ठूलो मान्छे’ भनेर सोधेनन् रे लौ । अरू यात्रुलाई पनि फिटिक्क केही सोधेझैँ लागेन । अध्यागमन अधिकारीसामु उभियो, फलान्ठाउँबाट आएको हुँ भन्यो, झ्याप्प छाप ठोकायो, फटाफट बाटो लाग्यो । बस्, ख्यालख्यालमै काम तमाम । यो कोरोना भाइरसको आतङ्ककाल हो भन्ने आभासै नहुने । मानौँ नेपालको कोरोनाकालीन जीवन पूर्णरूपले भगवान् भरोसामा चल्दो छ ।

घर आइपुगेँ । क्वारेन्टाइन ! कानमा टिनटिन सरकारी आदेशको घण्टी बज्यो । सोचेँ, आखिर आफ्नै लागि त हो । सङ्कटमा आफू जोगिन अरूलाई पनि जोगाउनुपर्छ । यो महाविपत्तिमा एक्लै कहीँ कोही जोगिँदैन । बस्, झ्याम्म गेट थुनेर स्वेच्छिक कैदमा प्याकिसबन्द भए म । र, सुरु भयो स्व–गृहमा चौध दिने स्व–क्वारेन्टाइनको मेरो पहिलो दिन ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.