केन्द्रीय संस्करण
कोरोना कैरन– १७

कि रचनात्मक होऊ कि देवघाट जाऊ

person explore access_timeजेठ ३, २०७७ chat_bubble_outline0

‘हामी गरीब छौँ, हाम्रो अपराध यत्ति हो !’
                  —स्वदेश पस्न नपाएकाको आर्तनाद

०००

कोरोनाकालमा नेपालमा सरकार छ र ? कतिपय अराजकजन यो बेतुक प्रश्न सोध्छन् । तिनको चेत बोधो छ, र नै ती सरकारको सकारात्मक चिन्तनको भेउ पाउँदैनन् । तिनका आँखा फुटेका छन्, र नै ती सरकारका अनमोल पौरख देख्दैनन् । तिनमा गुणग्राही भावना शून्य छ, र नै ती सरकारका कीतिर्मानी सफलताको प्रशंसा गर्दैनन् । ती त सरकारमा केवल भ्रष्टाचार, कमिसनगिरी, लूट, झूट, पदलिप्सा, अकर्मण्यता, ढोङ, विश्वासघात र आत्मश्लाघा मात्र देख्छन् । त्यस्तैमध्येको एक निमुखा तन्नम सीमापारि उँभिएर आर्तनाद गर्दो छ— ‘हामी गरीब छौँ, हाम्रो अपराध यत्ति हो !’ विशाल जगत‍्मा यो तन्नम एक्लो छैन । यो त केवल आफैँजस्ता सहस्र तन्नममध्ये एक हो । यो तन्नमप्रति समभाव राख्ने ‘सरकारद्रोही’ जनहरु जगत‍्मा यत्रतत्र छन्, सर्वत्र छन् । जगत‍्का तन्नमहरु छरपस्ट छन्, र नै ती निम्छरा छन् । ती एकताको सूत्रमा आबद्ध छैनन्, र नै ती कमजोर छन् । ती सत्यमार्गी सशक्त सिद्धान्तको धागोमा उनिएका छैनन्, र नै ती हेपिएका छन् । तिनका सपना सङ्गठनको सूत्रमा उनिएका छैनन्, र नै ती निरीह भएर सीमापारि रोइरहेका छन् । कुनै दिन जब ती एकत्रित, एकतााबद्ध र सङ्गठित हुनेछन्, तिनको संग्रहति शक्तिले शौर्यको रुप धारण गर्नेछ । र, तिनको पनि सरकार हुनेछ । र तिनले ‘हामी गरीब छौँ, हाम्रो अपराध यत्ति हो !’ भन्दै रुने दिन सकिने छन् ।


यो धाकी सरकारका दृष्टि, कर्म र कर्मका नतिजा हेर्दा भन्न मन लाग्छ— यो पङ्गु सरकार व्यवस्थापन विद्याको शिशु कक्षामा भर्ना हुन लायक छ । झट्ट सुन्दा यो कथन ज्यादतीपूर्ण अभियोगजस्तो लाग्न सक्छ । तर सरकारको मति, गति र परिणति हेर्दा यो ठिक्कको अभियोग हो । झ्याप्प लकडाउन लगाउँछ र ओली सरकार मक्ख पर्दै झपक्क निदाउँछ । अन्तर्दृष्टि के हो ? दूरदृष्टि के हो ? योजनाबद्धता के हो ? अनुगमन के हो ? आत्म–समीक्षा के हो ? भूलचुकबाट लिइने शिक्षा के हो ? सरकारलाई थाहा छैन । न त उसलाई आफूलाई थाहा छैन भन्ने नै थाहा छ ।


मुलुकमा अहिले धन, धाक र अहंकारका स्वामीहरुको राज छ । यो राजमा यस घडीमा दुईवटा कहरको जग्जगी छ । कोरोना कहर र लकडाउन कहर । हुनेखानेको यो सरकार भन्छ— लकडाउन कोरोना कहरविरुद्ध एक अचुक अस्त्र हो । तर भुक्तभोगी जनका लागि यो लकडाउन आफैँ एउटा कहर भइरहेछ । र नै अहिले सामान्य जन एकै पटक दुई कहरबाट पीडित छन् । कोरोना कहर र लकडाउन कहरबाट । सरकारचाहिँ एकसरो कहरबाट भयाक्रान्त छ । केवल कोरोना कहरबाट । सामान्य जन दोहोरो कहरबाट भयाक्रान्त छन् । लकडाउनद्वारा सिर्जित भोकको कहरबाट, र कोरोनाबाट सिर्जित रोगको कहरबाट । सरकार भन्छ— लकडाउन कोरोनाबाट बाँच्ने एकमात्र जुक्ति हो । सामान्य जन भन्छन्— सरकार ! हामी त कोरोनाभन्दा पहिले नै हजुरको प्रिय लकडाउनको कृपाले भोकले मर्ने भयौँ ! 

सरकार आफ्नो कोरोनाकालीन पौरख र गौरवबाट त्यसैत्यसै आत्ममुग्ध छ । आत्म–प्रशंसाको शिखरमा उभिएर ऊ उद्घोष गर्छ— कोरोना नियन्त्रणमा यो सरकारले विश्व कीर्तिमान कायम गरेको छ । तर यो धाकी सरकारका दृष्टि, कर्म र कर्मका नतिजा हेर्दा भन्न मन लाग्छ— यो पङ्गु सरकार व्यवस्थापन विद्याको शिशु कक्षामा भर्ना हुन लायक छ । झट्ट सुन्दा यो कथन ज्यादतीपूर्ण अभियोगजस्तो लाग्न सक्छ । तर सरकारको मति, गति र परिणति हेर्दा यो ठिक्कको अभियोग हो । झ्याप्प लकडाउन लगाउँछ र ओली सरकार मक्ख पर्दै झपक्क निदाउँछ । अन्तर्दृष्टि के हो ? दूरदृष्टि के हो ? योजनाबद्धता के हो ? अनुगमन के हो ? आत्म–समीक्षा के हो ? भूलचुकबाट लिइने शिक्षा के हो ? सरकारलाई थाहा छैन । न त उसलाई आफूलाई थाहा छैन भन्ने नै थाहा छ । यो सरकार आफ्नो नाकैअगाडि भन्केको झिँगोभन्दा पर देख्दैन । लकडाउनकालमा कहाँकहाँदेखि सयौँ किलोमिटर छिचोलेर यात्रुबाहक वाहन नाकढुङ्गामा आइपुग्छ । र, बल्ल सरकारलाई थाहा हुन्छ । मानौँ नाकढुङ्गाबाहिर एक विरानो देश हो । मानौँ नागढुङ्गाबाहिर एक रहस्यमय भूगोल हो । मानौँ नागढुङ्गाबाहिर एक दूर, अति दूर एवं  अपरिचित र अज्ञेय प्रदेश हो ।

राजधानी शहरका सडकमा सरकारी सुरक्षाकर्मी अत्यावश्यक औषधि किन्न निस्केकी महिलालाई भक्कुमार कुट्छ । किन ? लकडाउन किन तोडिस् भनेर । ठीक त्यही बेला उपत्यका प्रवेश गर्ने नाकाहरुका छेउकुनाबाट सयौँ मानिस उपत्यकाभित्र छिरिहेका हुन्छ्न् ।  ती आगन्तुकले आपसी दूरी कायम नगरेकोमा सरकारलाई चिन्ता छैन । आफ्नो अकर्मण्यता र अदूरदर्शिताका कारण तिनले लकडाउन तोडेकोमा सरकारलाई शरम छैन । तर, सरकार जगत्छेउ काम वा पराक्रम देखाउन सडकछेउमा फाटफुट  हिँडिरहेका जनलाई सताउँछ, ठोक्छ । 

कोरोनाकालमा चटकमार्गी ओली सरकारको योगदान विपुल छ । कसरी ? सुन्दा अनौठो लाग्ला, यो सरकारको योगदान वास्तवमा कोरोना भाइरस नियन्त्रणमा होइन, यसको विस्तारमा छ । पहिलो संक्रमित व्यक्ति फेला परेपछि करिब अढाइ महिना सरकार कानमा तेल हालेर बस्यो । यसबीच सरकारका टीके मन्त्रीहरुले तँछाडमडाछ गर्दै चटके उद्घोष गरे । एउटा टीकेले नेपाललाई कोरोनामुक्त क्षेत्र घोषणा गर्‍यो । अर्की टीकेले नेपालीको ज्यान दह्रो छ, कोरोना डरले भाग्छ टाइपको वाणी प्रसार गरिन् । भगवान् कोइराला भन्ने कोही अज्ञानीले भने— ‘नेपालीले हामीलाई लाग्दैन र लागे पनि मरिँदैन भनेर नाक फुलाउनु पर्दैन ।’ तर के लाग्छ ? ज्ञानवान् सरकारी टीकेहरुका सशक्त वाणीसामु टिक्न नसकेर अज्ञानी भगवान्को अशक्त वाणी शून्यमा शून्यसरी बिलायो ।


एउटा टीकेले नेपाललाई कोरोनामुक्त क्षेत्र घोषणा गर्‍यो । अर्की टीकेले नेपालीको ज्यान दह्रो छ, कोरोना डरले भाग्छ टाइपको वाणी प्रसार गरिन् । भगवान् कोइराला भन्ने कोही अज्ञानीले भने— ‘नेपालीले हामीलाई लाग्दैन र लागे पनि मरिँदैन भनेर नाक फुलाउनु पर्दैन ।’ तर के लाग्छ ? ज्ञानवान् सरकारी टीकेहरुका सशक्त वाणीसामु टिक्न नसकेर अज्ञानी भगवान्को अशक्त वाणी शून्यमा शून्यसरी बिलायो ।


कोरोना फैलिने दुई मुहानमा ओली सरकारको नीतिगत लगानी भयानक छ । आखिर के हुन् ती दुई मुहान ? ढाँट्न नजान्ने लोकलाई कुरो कण्ठ  छ । एउटा मुहान  सीमापारिको भद्रगोल क्वारेन्टाइन हो । अर्को मुहान हो, देश छिर्ने चोर बाटो । देशमा कोरोनासँग जुध्ने तयारी केहीको थिएन । न अत्यावश्यक स्वास्थ्य सामग्रीको जोहो, न पर्याप्त क्वारेन्टाइन स्थलको निर्माण, न सबल मनोबलयुक्त एवं समर्पित स्वास्थ्यकर्मीहरुको टोलीको संयोजन । अहँ, भुत्तिभाङ केही छैन । जब सीमापारिबाट ग्याग्र्वार्तीे आउन देशवासीहरुले आवाज उराले, खुट्टा उचाले, सुकलाप्रेमी ओली सरकारलाई पर्नु आपत् पर्‍यो ! तर आपत् टार्न शासक महलको चटके बुद्धिले ट्याक्क काम गरिहाल्यो । जो जहाँ छन्, तिनलाई त्यहीँ रोक ! बस्, यता वारि सरकारलाई हाइसन्चो भयो । उता पारि क्वारेन्टाइन नाउँको खोरमा नेपाली श्रमिकहरु भेडाबाख्रासरी थुनिए । न स्वस्च्छ वातावरण, न सफा पिउने पानी, न गतिलो खान्की, न आपसी दूरी मिलाउन पुग्ने ठाउँ, न मानवोचित व्यवहार । करुणामयी ओली सरकारको अनुकम्पाले श्रमिकहरु पारि कालकोठरीमा प्याकिस थिए । त्यो कोचाकोच भीडमा एकबाट अर्कोमा भाइरस सल्कियो । अखण्ड सास्तीपछि जब ती बन्दीले स्वदेशको निकास पाए, न तिनको पीसीआर परिक्षण भयो, न तिनलाई क्वारेन्टाइनमा राखियो । ती जहाँजहाँ गए, तिनले थाहै नपाई भाइरस वितरण गरे ।

सीमाको ‘सज्जन बाटो’ जब बन्दुकले छेकियो, पारि अड्किएका कतिपय जनले चोर बाटो तताए । तिनमध्ये कोही अन्धकारको बर्को ओडेर पैदल भित्रिए, कोही सीमा नदीमा बाँकटे हान्दै वारि निस्किए । र, लाठा र बन्दुकका आँखा छलेर लुकिछिपी ती टाढाटाढा घर पुगे । तिनलाई न क्वारेन्टाइन, न तिनको चेकजाँच । बाहिर देखापरे सरकारले के गर्ला, के नगर्ला ! डरले ती भित्रभित्रै लुके । ती त्यसरी लुक्नु कोरोना भाइरसलाई खुदो भयो । र, जसलाई भेट्यो, त्यो उसमा सल्कियो । बस्, यी दुई थरी कोरोना विस्तारक ओली सरकारका अमर कृति हुन् ।


https://images.indianexpress.com

सीमाको ‘सज्जन बाटो’ जब बन्दुकले छेकियो, पारि अड्किएका कतिपय जनले चोर बाटो तताए । तिनमध्ये कोही अन्धकारको बर्को ओडेर पैदल भित्रिए, कोही सीमा नदीमा बाँकटे हान्दै वारि निस्किए । र, लाठा र बन्दुकका आँखा छलेर लुकिछिपी ती टाढाटाढा घर पुगे । तिनलाई न क्वारेन्टाइन, न तिनको चेकजाँच । बाहिर देखापरे सरकारले के गर्ला, के नगर्ला ! डरले ती भित्रभित्रै लुके । ती त्यसरी लुक्नु कोरोना भाइरसलाई खुदो भयो ।


ओली सरकार एक मुखले सर्वज्ञानी भइटोपल्छ, अर्को मुखले जे पनि ‘थहा छैन’ भन्छ । जगत्का अवसरवादी प्रतिभाहरुको सार्वत्रिक चरित्र हो यो ।  ओली सरकारलाई सोध्नोस्— लकडाउनपछि कति जन सीमावारि आए र ती कहाँ के अवस्थामा छन् ? उत्तर सरकारका जिब्राका टुप्पामा हाजिर छ— ‘थहा छैन ।’ सरकारलाई सोध्नोस्— उपत्यकामा कुल कति जनको पीसीआर परीक्षण भयो ? उत्तर भन्छ— ‘थहा छैन ।’ सोध्नोस्— र्‍यापिड टेस्टको उपयोगिता कति ? प्रभावकारिता कति ? पुनः उही बासी उत्तर भन्छ— ‘थाहा छैन ।’ केही थाहा छैन त समुदायमा संक्रमणको जोखिम कति छ भनेर थाहा पाउने कसरी ? सरकारलाई त्यो पनि ‘थाहा छैन ।’ आखिर ओली सरकारलाई के थाहा छ त ? सुतिसुती काम देखाउन अर्थ न बर्थको लकडाउन थप्दै जनसाधाणलाई मारी  सताउने र अर्थतन्त्रलाई ध्वस्त पार्ने सुकुलगुण्डे काइदा मात्र छ !

सरकारलाई सारा जगत‍्ले पुकारा गर्‍यो— यसरी जुम्रा मार्दै नहिँड, पीसीआर परीक्षण विस्तार गर । तर ओली सरकारले टेरपुच्छर लाएन । संक्रमण देखिएपछिका यतिका दिनका कतिको पीसीआर परीक्षण गरियो ? बीस हजारको ? पच्चीस हजारको ? कि तीस हजारको ? यो जुम्रा मार्दै हिँड्ने गँड्यौले चाल हो । परीक्षणको यो चालले ओली सरकारले नेपाली समाजलाई कोरोना महामारीबाट पार लाउँदैन, डुबाउँछ !

समुदाय तहमा जब संक्रमण फैलिएको चाल पायो, सुताहा सरकार हाई काड्दै झस्क्यो । जब स्वास्थ्य, सुरक्षा र सञ्चार तीनैथरी कर्मीमाझ संक्रमण गोचर भयो, सरकारले डरले काम्दै कटिमुनिको गोप्य क्षेत्र स्वाट्टै सिञ्चन गर्‍यो । र, अहिले भयमोचनका लागि फेरि लकडाउन थप्न सरकार तातेजस्तो छ । कटु अनुभव भन्छ— ओली सरकारको बुद्धि बोधो छ, भुत्ते छ, हरिलठ्ठक छ । यो सरकारको बुझाइमा लकडाउन कर्फ्यूजस्तै हो । झ्याप्प लगायो, लाठा र बन्दुकधारी प्रहरीहरु सडकमा निकाल्यो, आफू सुत्यो । मोटो बुद्धि भएको सरकारलाई केवल मोटो कुरा थाहा छ । यसलाई केवल थोक थाहा छ । केवल स्थूल थाहा छ । यसलाई सूक्ष्म, विशिष्ट, पृथक् आदि एक पित्को थाहा छैन । वास्तवमा संक्रमण रोक्ने एक जुक्तिका रुपमा लकडाउनको अभिप्राय मानिसलाई मार्नु होइन, बचाउनु हो । ‘प्राण गएपछि सुनको बासकमा सुतेर के गर्नु ?’ खड्गप्रसाद ओलीको यो वचनमा कताकता जीवनको मूल्य र जीवनप्रतिको अनुरागको आभास पाइन्छ । तर चालू लकडाउन यति निर्मम छ, यसले विपन्न, बेरोजगार र भोका जनको प्राणरक्षाको कुनै पर्बाह गर्दैन । ती मरे मरुन्, अर्थतन्त्र मरे मरोस्, लकडाउन थप्नै पर्छ !


मोटो बुद्धि भएको सरकारलाई केवल मोटो कुरा थाहा छ । यसलाई केवल थोक थाहा छ । केवल स्थूल थाहा छ । यसलाई सूक्ष्म, विशिष्ट, पृथक् आदि एक पित्को थाहा छैन । वास्तवमा संक्रमण रोक्ने एक जुक्तिका रुपमा लकडाउनको अभिप्राय मानिसलाई मार्नु होइन, बचाउनु हो । ‘प्राण गएपछि सुनको बासकमा सुतेर के गर्नु ?’ खड्गप्रसाद ओलीको यो वचनमा कताकता जीवनको मूल्य र जीवनप्रतिको अनुरागको आभास पाइन्छ । तर चालू लकडाउन यति निर्मम छ, यसले विपन्न, बेरोजगार र भोका जनको प्राणरक्षाको कुनै पर्बाह गर्दैन । ती मरे मरुन्, अर्थतन्त्र मरे मरोस्, लकडाउन थप्नै पर्छ !


ओली सरकारलाई भुक्तभोगी लोकको प्रश्न छ— यो जनमारा र अर्थतन्त्रमारा लकडाउन किञ्चित् रचनात्मक हुन सक्दैन ? लकडाउनमा जनजनको स्वास्थ्यरक्षामा यथोचित ध्यान दिँदै जोरबिजोर गरी सार्वजनिक वाहन चलाउन मिल्दैन ? पसलहरुको प्रकृति हेरी आलोपालो गरी खोल्न मिल्दैन ? र, कलकारखाना यसै गरी आलोपालो चालु गर्न मिल्दैन ? गर्नुपर्ने गाँठ्ठी कुरो एक, सीमापारि रोइरहेका जनलाई व्यवस्थित तरिकाले वारि भित्र्याउनु हो । दुई, उपत्यका छिर्ने नाका र चोर बाटाहरुमा कडाइ गर्नु हो । तीन, तुफानी गतिमा पीसीआर परिक्षण गर्नु हो । यति नाथे काम पनि गर्न नजान्ने हो भने ओली सरकार गद्दी छाडेर परत्र सुधार्न देवघाट गए भइगो नि !


रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.