हाम्रो सरकार, राम्रो सरकार
लघुवृत्तको कैद, अचल अवस्था र एकनासको दिनचर्या मानव आकाङ्क्षाविपरीत कुरा हुन् । मानिस त नित्य जीवनवृत्तको विस्तारको आकाङ्क्षा पो राख्छ । सायद कल्पनाशील कवि यसैलाई त मुक्त आकाशको उडानको चेष्टा भन्दो हो । कटु अनुभव भन्छ, जीवनको अचल अवस्था जीवनको समाप्ति हो, त्यो मृत्यु हो । त्यसैले त मानिस गतिमा जीवनको उमङ्गबोध गर्छ र दृश्य एवं क्रियाकलापको विविधतामा ऊ रम्छ । तर के लाग्छ, स्व–क्वारेन्टाइनका नाममा आफू त आफ्नै घरको चार दिवारभित्र कैद भएको छु । यसो सामाजिक सञ्जालतिर चियाइहेर्यो, सत्कर्मी ज्ञानी र दानीहरुको विशाल भीड दृष्टिगोचर हुन्छ । ती अहोरात्र समवेत स्वरमा अर्ती दिइरहेका हुन्छन्— हात धोऊ, घरै बस ! आफू र जगत्को भलो गर ! कोरोना नाथेले विचित्रको समय ल्यायो । यो विसङ्गत समयमा मानौँ हात धुनु र गृह–नजरबन्दमा प्याकिस हुनु ठूलै पौरख हो, सानदार पुण्यकर्म हो, उच्च जागरुकता एवं उदार ज्ञानदान हो । म अकिञ्चन थुनुवाको चित्तमा भने त्यस्तो कुनै गौरवबोध वा उदात्त भाव छैन । बरु मलाई त डर छ, यो अनिवार्य प्याकिसबन्दीको अवधि थपिँदे र तन्किँदै गए के होला ? भ्रष्ट सत्ता झनै भ्रष्ट र निरङ्कुश पो होला कि ? आपत्कालको बहानामा नागरिक अधिकारको झनै सङ्कुचन पो होला कि ? डरले काम्दै तात्कालिक बाध्यात्मक आवश्यकताको वेदीमा मानव स्वतन्त्रतालाई बलि चढाउन सकिन्छ र ? यो प्रश्न म एकदम सानो स्वरमा स्वयंलाई सुनाउँछु । डर लाग्छ, मौसमी ज्ञानी एवं परोपकारी मान्यजनहरुले सुने भने ती सब यो फुकिढल ज्यानमाथि अरिङ्गालको गोलोझैँ झ्वाम्मै खनिन के बेर !
ती अहोरात्र समवेत स्वरमा अर्ती दिइरहेका हुन्छन्— हात धोऊ, घरै बस ! आफू र जगत्को भलो गर ! कोरोना नाथेले विचित्रको समय ल्यायो । यो विसङ्गत समयमा मानौँ हात धुनु र गृह–नजरबन्दमा प्याकिस हुनु ठूलै पौरख हो, सानदार पुण्यकर्म हो, उच्च जागरुकता एवं उदार ज्ञानदान हो । म अकिञ्चन थुनुवाको चित्तमा भने त्यस्तो कुनै गौरवबोध वा उदात्त भाव छैन । बरु मलाई त डर छ, यो अनिवार्य प्याकिसबन्दीको अवधि थपिँदे र तन्किँदै गए के होला ?
पिँडीमा बसेर भारी मनोदशामा म यसरी घोत्लिँदै के थिएँ अगाडि बिजुलीको लठ्ठामा मुसिकभक्षी काग आएर बस्यो । लक्डाउनमा मानिस आफ्नै चित्तको अँध्यारो कुनामा लक्ड भएको क्षणमा काग मानौँ कटुवाल कर्ममा प्रवृत्त थियो । ऊ काक काकको लवजमा सन्देश सञ्चार गर्न थाल्यो– टोलबासीहरु हो, सुन, सुन र सुन । स्व–क्वारेन्टाइन कतैका कसैको बलात् थोपराइ होइन । यो स्वको राजीखुसीको रोजाइ हो । वास्तवमा यो स्व–क्वारेन्टाइन स्वको र जगत्को हितमा समर्पित छ । तसर्थ मनुवागण, धैर्य गरौँ, कसैलाई दोषारोपण नगरौँ । आ–आफ्नो दीर्घायुको रक्षाका लागि, अझ भनूँ मानव जातिको अस्तित्वको निरन्तरता लागि, यो प्याकिसबन्दी केवल पलभरको कष्ट हो । पल आउँछ, पल जान्छ । समयको अनन्त प्रवाहमा जीवन नित्य जीवन्त र गतिमान् रहन्छ ।
काग त गाँठ्ठे, बडो दार्शनिक मुडमा पो छ । सुन्नोस्त, यसले कति राम्रो भनेको ! किञ्चित् हौसिँदै कागलाई मैले बिन्ती बिसाएँ— शुभ बोल् कौवा ! चाउरे मनुवा आफ्ना कुरा सुन्दै रहेछ भन्ने बुझेर होला सायद, काग फुर्कियो । र, उही काग कागको लबजमा भन्न थाल्यो– बालुवाटार कहन्छ– सरकार सजग छ, संवेदनशील छ । रातोदिन खाई–नखाई, सुती–नसुती सङ्कटग्रस्त जनको सेवामा समर्पित छ । सरकारका दृष्टि चीलका झैं तीक्ष्ण र दूरदर्शी छन् । सरकार बालुवाटारबाटै बिना दूरबिन दूरदूरसम्म देख्न सक्छ । तसर्थ मनुवा, को स्व–क्वारेन्टाइनमा बस्यो, को बसेन, सरकारी स्रेस्तामा एकएकको अभिलेख रहन्छ । स्वच्छ छविका धनी स्वास्थ्यमन्त्री श्री भानु खुबै चिन्तित छन् । ती स्वयं छापामार शैलीमा चियो गर्न घरघरै पाउकष्ट गर्छन् । क्वारेन्टाइनकर्मीको लक्षण बुझ्न स्वास्थ्यकर्मीहरु घरैमा धाउँछन् । अतः मनुष्यगण, धैर्य गरौँ । सङ्कटको यो घडीमा असल नागरिक भएर असल सरकारलाई सप्रेम सहयोग गरौँ ।
स्वास्थ्यमन्त्री श्री भानुभक्त ढकाल
उही काग कागको लबजमा भन्न थाल्यो– बालुवाटार कहन्छ– सरकार सजग छ, संवेदनशील छ । रातोदिन खाई–नखाई, सुती–नसुती सङ्कटग्रस्त जनको सेवामा समर्पित छ । सरकारका दृष्टि चीलका झैं तीक्ष्ण र दूरदर्शी छन् । सरकार बालुवाटारबाटै बिना दूरबिन दूरदूरसम्म देख्न सक्छ । तसर्थ मनुवा, को स्व–क्वारेन्टाइनमा बस्यो, को बसेन, सरकारी स्रेस्तामा एकएकको अभिलेख रहन्छ । स्वच्छ छविका धनी स्वास्थ्यमन्त्री श्री भानु खुबै चिन्तित छन् । ती स्वयं छापामार शैलीमा चियो गर्न घरघरै पाउकष्ट गर्छन् । क्वारेन्टाइनकर्मीको लक्षण बुझ्न स्वास्थ्यकर्मीहरु घरैमा धाउँछन् । अतः मनुष्यगण, धैर्य गरौँ ।
कागवाणी सुनेर गाँठ्ठे, म त तीन छक् परेँ । यो काग नाथे त सम्चारे कटुवालको भेषमा बालुवाटार दरबारको पवनपुत्र पो हो कि ? कुरा सुन्दा र गुन्दा आखिर त्यस्तै त लाग्छ । धूर्त काग मलाई अरू केके सुनाउन खोज्दै थियो, मैले खायस गरिनँ । र, पखेटा चाल्दै ऊ अर्को टोलतिर बेगियो ।
सरकारबारे कागले जे भन्यो, त्यो काइते कुरोजस्तो लाग्यो मलाई । भन्ने मुख छ कागको, भनिने कुरो छ बालुवाटार दरबारको । मति, गति एवं चिन्तन प्रवृत्ति हेर्दा बालुवाटारे सरकार उर्मिलापथमा छ । अथबा भनूँ, यो योगेशपन्थमा छ । हाम्रा सर्वशक्तिमान्, सर्वद्रष्टा एवं सर्वव्यापी भगवान् पशुपतिनाथसामु के हो त्यो पाजी कोरोना ? श्री पशुपतिनाथको एकै नजरमा त्यो भष्मखरानी हुन्छ । अनि चिन्ता गर्नु किन ? आत्तिनु किन ? बित्थामा कोलाहल मच्चाउनु किन ? शुद्ध चित्तले भगवान्को भक्ति गर, सबै कुरा ठीक हुन्छ । आखिर यही त हो उर्मिलापथको अर्थ । यही त हो योगेशीय उद्घोषको अन्तर्य । र, यही त हो यी चटके भविष्यद्रष्टाबारे भूमिगत डोरबहादुर विष्टको दार्शनिक निरूपण । हो, हात बाँधेर बस । कानमा तेल हालेर बस । भगवान भरोसामा दृढ विश्वास गर । गर्ने उनै हुन्, गराउने उनै । जगत्मा जे हुन्छ, उनका कृपाले आखिर ठीकै हुन्छ ।
भन्ने मुख छ कागको, भनिने कुरो छ बालुवाटार दरबारको । मति, गति एवं चिन्तन प्रवृत्ति हेर्दा बालुवाटारे सरकार उर्मिलापथमा छ । अथबा भनूँ, यो योगेशपन्थमा छ । हाम्रा सर्वशक्तिमान्, सर्वद्रष्टा एवं सर्वव्यापी भगवान् पशुपतिनाथसामु के हो त्यो पाजीे कोरोना ? श्री पशुपतिनाथको एकै नजरमा त्यो भष्मखरानी हुन्छ । अनि चिन्ता गर्नु किन ? आत्तिनु किन ? बित्थामा कोलाहल मच्चाउनु किन ? शुद्ध चित्तले भगवान्को भक्ति गर, सबै कुरा ठीक हुन्छ ।
तैपनि केही त होला कि ? मेरो रनभुल्ल चित्तमा आशामय खुल्दुलीका तरङ्गहरु उठे । सुयोग्य स्वास्थ्यमन्त्रीले छापामार शैलीमा मेरो मूल द्वारमा आएर करुणामयी स्वरमा ‘के छ, कमरेड ?’ पो भन्लान् कि ? सरकारी स्वास्थ्यकर्मी अनायास झुल्किएर मेरो कुशलछेम पो सोध्लान् कि ? उद्विग्न मुद्रामा, निरुपाय अवस्थामा म बाटो हेरिबसेँ । गाँठ्ठे, कोही त आइदेओस् । प्रत्यक्ष हेरोस् र मेरो यथार्थ बुझोस् । र, आँख देखा हाल दुनियाँलाई सुनाइदेओस्– हेर दुनियाँ हो, चाबेलमा एउटा नागरिक स्व–क्वारेन्टाइनमा बस्या छ । करकापले होइन, स्वविवेकले । बिल्कुल राजीखुसीले । हेर, हेर, नतमस्तक भई सरकारको आदेश पालन गर्ने एक असल नागरिकलाई चाबेलमा हेर !
बाटो हेर्दाहेर्दै मेरा आँखा टट्टाए, कोही आएन । न स्वास्थ्यमन्त्री न स्वास्थ्यकर्मी, न सञ्चारकर्मी । किञ्चित् क्रूद्ध मुद्रामा सोचेँ– सम्चारे काग त बालुवाटारका मालिकको बाफदार नोकर पो रहेछ बा । मालिक ढाँट्छ, र नै निजको दलालतुल्य कागले मलाई ढाँट्यो । म बालुवाटारातिर फर्केँ । यसो हेर्छु, त्यहाँको ताल उस्तै छ । कोरोना कहरबारे त्यहाँ खासै चिन्ता छैन । हुटहुटी त शून्यप्रायः नै छ । आफ्नै सनातनी धन्दामा लीन छ बालुवाटार दरबार । खाने धन्दामा ! यता कोरोना भाइरसद्वारा मानिसहरु त्राहिमाम छन् । उता बालुवाटारमा मानौँ खाने उपयुक्त मौका यही हो भन्ने धुन छ । अनि म तिरष्कृत अभागीकहाँ कोही किन आओस् ?
चैत ५ गते अमेरिकाबाट दुबई हुँदै घर आएको थिएँ म । विमानमा मैले एउटा फारम भरेको थिएँ । त्यसमा मेरो नाम, थर, वतन त परेको थियो नै । विमानको नाम र मेरो पासपोर्ट एवं फोन नम्बर पनि परेको थियो । अध्यागमनमा यसोक्क त्यो फारम हेरे मात्र पनि सबै यात्रु सहजै पत्ता लाग्दा हुन् । तर त्यो फारम त केवल निरर्थक कर्मकाण्ड पो रहेछ । यात्रुबाट यसो लियो, रद्दीको टोकरीमा हुत्त फाल्दियो । बरा भगवान् भरोसे सरकारलाई पर्यो अब आपत् । अपरिचित यात्रुहरुलाई कहाँ खोज्ने ?
फ्रान्सबाट आएकी किशोरीमा कोरोनाको लक्षण दृष्टिगोचर हुनु के थियो सरकार बल्ल झस्क्यो । ए गाँठ्ठे, कृपानिधान भगवान् के हेरी बस्या हुन् ? नागरिक तहबाट भययुक्त आवाज उठ्यो– ओ, सरकार ! जिम्मेवार सरकारजस्तो होऊ । र किशोरीसँग आएका सकल यात्रुलाई क्वारेन्टाइनमा राख । अल्छी तिघ्रे न हो, के राख्थ्यो ? आखिर थाहा भए न राखोस् । चैत ५ गते अमेरिकाबाट दुबई हुँदै घर आएको थिएँ म । विमानमा मैले एउटा फारम भरेको थिएँ । त्यसमा मेरो नाम, थर, वतन त परेको थियो नै । विमानको नाम र मेरो पासपोर्ट एवं फोन नम्बर पनि परेको थियो । अध्यागमनमा यसोक्क त्यो फारम हेरे मात्र पनि सबै यात्रु सहजै पत्ता लाग्दा हुन् । तर त्यो फारम त केवल निरर्थक कर्मकाण्ड पो रहेछ । यात्रुबाट यसो लियो, रद्दीको टोकरीमा हुत्त फाल्दियो । बरा भगवान् भरोसे सरकारलाई पर्यो अब आपत् । अपरिचित यात्रुहरुलाई कहाँ खोज्ने ? को कहाँ छ भनी कसलाई सोध्ने ? बरा स्वास्थ्यमन्त्री श्री भानु यात्रुहरुलाई खोज्न दिउँसै बत्ती बालेर रुँदै तीन सहर घुमे । अश्रुसिक्त स्वरमा मन्त्री महोदयले पुकारा गरे– ओ यात्रु मानव हो ! जो जहाँ छौ, झट्टै देखिइदेऊ । जनी गरेर क्वारेन्टाइनमा बसिदेऊ । दुनियाँलाई डरमर्नु भयो । लौ न कृपा गरी यो डर दूर गरिदेऊ । कतैबाट कुनै प्रत्युत्तर आएन । यात्रुहरु सके अन्जानवस आ–आफ्ना बस्तीमा कोरोनाका घातक भाइरस फैलाइरहेका हुँदा हुन् । र, ती भाइरसमा सरकारको यथार्थ अनुहार छर्लङ्गै प्रतिविम्बित भएको हुँदो हो !
मेरो द्वारमा सरकारको नाकमुख नदेखिँदा म हदै निराश भएँ । म नागरिक कष्टकर कर्म गरिरहेछु, मेरो कर्म दर्शन गरिदिने लोकदृष्टि बेखबर छ । अब मैले गर्ने के ? धृष्ट मुद्रामा ङिच्च हाँस्दै ट्विटरमा मैले आत्म–विज्ञापन गरेँ । जगत्ले हेरोस्, देखोस् र बुझोस् ! चाबेलको चाउरे कर्तव्यपरायण नागरिकको अकल्पनीय औतारमा छ । ऊ सरकारी आज्ञा पालन गर्दै स्व–क्वरेन्टाइनमा बसेको छ । आज्ञादायी सरकारचाहिँ यत्रो सङ्कटकालमा के खाने धन्दामै लिप्त छ ?