शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

समाचार प्रभाव : दुरुपयोग गरेको आरोपमा ८२ सरकारी सवारी प्रहरी नियन्त्रणमा (सूचिसहित)

आइतबार, ०४ चैत २०७४, १४ : २५
आइतबार, ०४ चैत २०७४

काठमाडौँ । सरकारी सवारीसाधनको दुरुपयोग गरेको भन्दै शनिवार महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका विभिन्न स्थानबाट ८२ सरकारी सवारीसाधन नियन्त्रणमा लिएको छ ।

सार्वजनिक बिदाको दिन पनि अनुमति नलिई सरकारी सवारीसाधन चलाएको भन्दै ट्राफिक प्रहरीले शनिबार उपत्यकाका १७ स्थानबाट सरकारी सवारीसाधन नियन्त्रणमा लिएको हो । 

सरकारी सवारीसाधनको दुरुपयोगबारे रातोपाटीमा समाचार प्रकाशन भएपछि गृह मन्त्रालयको निर्देशनमा ट्राफिक प्रहरीले शनिवार विशेष अपरेशन चलाएको थियो । त्यसक्रममा सम्बन्धित मन्त्रालयको पास नै नबनाई सरकारी सवारीसाधन चलाएर दुरुपयोग गरेको भन्दै प्रहरीले ३३ वटा गाडी र ४९ वटा मोटरसाइकल नियन्त्रणमा लिएको हो । 

यस्तो छ सरकारी सवारीसाधन प्रयोगसम्बन्धि नीति
शनिवार वा अन्य सार्वजनिक बिदाका दिन सरकारी सवारीसाधनको प्रयोग गर्नु परेमा मन्त्रालयल मातहत भएमा सम्बन्धित मन्त्रालयका सचिव र जिल्लास्थित कार्यालय भएमा प्रमुख जिल्ला अधिकारीबाट पास बनाउनुपर्ने हुन्छ । सम्बन्धित निकायबाट पास उपलब्ध भएमा मात्रै यस्तो सवारीसाधनको प्रयोग गर्न पाइनेछ । तर, मन्त्रालय वा कार्यालयको काम नभएको अवस्थामा यस्तो पास उपलब्ध गराउन पाइँदैन । तर पास बिना नै यस्ता सवारीसाधन चलाएको भन्दै शनिबार ट्राफिक प्रहरीले यी सवारीसाधनहरु नियन्त्रणमा लिएका हुन् ।

यो पनि पढ्नुहोस्

परराष्ट्र सचिव नै चढ्छन् ‘अवैध’ गाडी !

समाचार प्रभाव : परराष्ट्र सचिवले सच्याए गल्ती

मुख्यसचिवको गाडीमा अस्तित्वमै नभएको नम्बर प्लेट !

प्रधानमन्त्रीज्यू, मुख्यसचिवलाई कानुन लाग्दैन ?

सरकारी गाडी लिएर पूर्वमाननीयहरू ‘फरार’

सरकारी गाडीमा रातो प्लेटको मोह : सचिवज्यूहरुलाई छुने आँट कसको ? (सूचीसहित)

निगरानीमा सरकारी सवारीसाधन
सरकारी सवारीसाधनको दुरुपयोग बढेकोबारे समाचार सार्वजनिक भएपछि ट्राफिक प्रहरी र गृह मन्त्रालय यसबारे गम्भीर बनेको छ । ‘सरकारी सम्पत्तिको रक्षा गर्न र दुरुपयोग रोक्न हामी थप सक्रिय बनेका छौँ । सरकारी सवारीसाधनलाई हामीले अब उच्च निगरानीमा राखेका छौँ । आगामी एक महिनाभित्र सरकारी सवारीसाधनको दुरुपयोग रोकिनेगरी हामी काम गरिरहेका छौँ’ महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहायक प्रवक्ता डिएसपी मुकुन्द मरासिनीले बताए ।

हेर्नुहोस्, पास नै नलिई सरकारी गाडी चलाएर दुरुपयोग गर्नेको सूचि


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप