नेपाल आएपछि भारतीय विदेश मन्त्री जयशंकरको पहिलो भेट प्रधानमन्त्रीसँग

काठमाडौँ । भारतीय विदेश मन्त्री एस जयशंकर नेपालले आउने बित्तिकै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने भएका छन् ।
इण्डियन एयरलाइन्सको जहाजबाट ११ः५५ मा काठमाडौँ आउन लागेका जयशंकर २ बजे प्रधानमन्त्री अोलीलाई बालुवाटारमा भेट्ने जाने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
नेपाल–भारत संयुक्त आयोगको पाँचौ बैठकमा भाग लिन आउन लागेका मन्त्री जयशंकर शुरुमा प्रधानमन्त्री ओलीसँग छलफल गरेर मात्र आयोगको बैठकमा जाने बताइएको छ । यद्यपी परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले प्रधानमन्त्री ओलीसँग भेटघाट गर्ने कार्यक्रम रहेको तर आयोगको बैठक अघि वा पछि भेट्ने त्यो आफ्नो जानकारीमा नरहेको बताए ।
आयोगको बैठक ३–६ बजेसम्म रहेको छ । बैठकमा दुई देशबीचको सम्बन्ध, विकास निर्माण, सन्धी सम्झौता लगायतका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । बैठकमा इपजीको विषयमा नेपालको तर्फबाट विशेष रुपमा कुरा उठाउने बताइएको छ ।
यद्यपी यी विषयमा छलफल हुनुअघि भारतीय विदेशमन्त्री जयशंकरले प्रधानमन्त्री ओलीसँग परामर्श गर्न लागेको बताइएको छ ।
विदेश सचिव भएको बेला प्रधानमन्त्री ओलीसँग जयशंकरको राम्रो सम्बन्ध थिएन । संविधान निर्माणको समयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूत भएर नेपाल आएका तत्कालिन विदेश सचिव जयशंकरले संविधान निर्माणको कार्यलाई स्थगित गरी सहमतिको आधारमा अगाडि बढ्न सुझाव दिएका थिए ।
तर, त्यतिबेला तत्कालिन एमालेका अध्यक्षको रुपमा प्रधानमन्त्री ओलीले भनेका थिए, ‘तपाईं आउन ढिलो गर्नुभयो, कुरा धेरै अगाडि बढिसकेको छ अब केही गर्न सकिँदैन ।’
प्रधानमन्त्री ओलीको ठाडो जवाफपछि जयशंकर प्रचण्डलाई भेट्न पुगेका थिए । त्यहाँ प्रचण्डबाट केही आवश्वासन पाएका थिए । सोही आवश्वासनका आधारमा संविधान निर्माणका कार्य दुई दिनका लागि रोकिएको थियो ।
तर, त्यो अवधिमा पनि संविधान निर्माणमा सहमति हुन नसकेपछि नेपालले संविधान जारी गरेको थियो ।
त्यही कारणले भारतले नेपालमाथि अघोषित नाकाबन्दी गरेको प्रधानमन्त्री ओलीको बुझाइ रहेको छ । दुई तिहाईको सरकार बनेपछि भने प्रम ओलीको भारतसँग सम्बन्ध सुधार भएको छ । सम्बन्ध सुधार भएपछि प्रधानमन्त्री ओली र जयशंकरको यो पहिलो भेट हो ।
आयोगको बैठक सकिएपछि साँझ ७ वजे परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले याक एण्ड यति होटेलमा जयशंकरलाई रात्री भोज दिने छन् । सो रात्री भोजमा विभिन्न दलका नेताहरुलाई पनि निम्त्याइएको छ ।
भदौ ५ गते विहानैदेखि जयशंकरको विभिन्न शीर्ष नेताहरुसँग भेटघाट रहेको छ । १०ः३० वजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतल निवासमा भेटेर ३ः३५ वजे इण्डिया एयरलाइन्सबाट भारत फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा
-
१० बजे १० समाचार : शान्तिपूर्ण रह्यो राप्रपाको सभा, तीनकुने घटनामा पक्राउ पर्ने क्रम जारी
-
चलचित्र सेन्सर बोर्डको सदस्यमा श्रेष्ठ नियुक्त
-
एनएसएल फुटबलमा काठमाडौँ रेजर्सको पहिलो जित