सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

मोदीको विशेष दूत बनेर नेपाल आएका जयशंकर मन्त्री बन्दै

बिहीबार, १६ जेठ २०७६, १८ : ४७
बिहीबार, १६ जेठ २०७६

काठमाडौं– नेपालमा नयाँ संविधान जारी गर्ने बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूत बनेर नेपाल आएका पूर्वविदेश सचिव जयशंकर मन्त्री बन्ने भएका छन् । जयशंकर नेपालमा भारतले अप्रत्यक्ष रुपमा लगाएको नाकाबन्दीका बेला मोदीको विशेष दूत बनेर नेपाल आएका थिए । 

मोदीले बिहीबारदेखि नेतृत्व गर्ने दोश्रो कार्यकालको मन्त्रिपरिषदमा जयशंकर मन्त्री बन्न लागेका भन्दै भारतीय सञ्चारमाध्यामहरुले समाचार लेखेका छन् । यद्यपि, उनले कुन मन्त्रालय सम्हाल्ने भन्ने कुरा बाहिर आएको छैन । 

जयशंकर भारतले नेपालमा नाकाबन्दी लगाएका बेला विदेश सचिवको जिम्मेवारीमा रहेका थिए । उनले त्यसबेला नेपालको संविधान निर्माणको कार्य रोक्न खोजेको भन्दै व्यापक आलोचना भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप