सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

एस जयशंकर : जेएनयुदेखि मोदीको मन्त्री–मण्डलसम्म

शनिबार, १८ जेठ २०७६, ०८ : ४२
शनिबार, १८ जेठ २०७६

मे ३० को साँझ नरेन्द्र मोदी दोस्रो प्रधानमन्त्री पदको दोस्रो कार्यकालको लागि शपद लिए । उनीसँगै उनको क्याविनेट सस्यदहरुको पनि नामावली सार्वजनिक भयो । त्यसमा एक नाम एस जयशंकरको पनि थियो ।

हुनत सुब्रमण्यम(एस) जयशंकरले आफूर्ला भारतका एक सफल कुटनीतिज्ञको रुपमा स्थापित गरिसकेका छन् । 

तर क्याबिनेट मन्त्रीमा छनौट भएबाट उनी मोदीको भरोसा र आवश्यकताको परिक्षामा पास भएको देखिएको छ । 
एस जयशंकरको जन्मनै एक कुटनीतिक परिवारमा भएको थियो । उनको पिता के सुब्रमण्डम पनि कुटनीज्ञि थिए । उनको पिताको गन्ती भारतका प्रमुख रणनीतिक विश्लेषकमा हुने गर्छ । 

मोदीको पहिलो कार्यकालमा विदेशमन्त्री रहेकी सुष्मा स्वराजले स्वास्थको कारण चुनावमा हिस्सा लिइनन् । यस्तोमा एस जयशंकरले उक्त जिम्मेवारी पाउन सक्ने विश्वास गरिएको थियो । 

जयशंकरले लोकसभा चुनावमा भाग लिएका थिएनन् । यस्तोमा उनको मन्त्री पद कायम राख्नको लागि उनले राज्यसभाको भावि द्विवार्षिक चुनावमा भाग लिनुपर्छ । 

विदेश सचिवको पदमा नियुक्ति
पहिलो कार्यकालको सरकार गठन भएको ८ महिनाभित्रै मोदीले सन् २०१५ मा तत्कालिन विदेश सचिव सुजाना सिंहलाई पदबाट हटाएर उक्त पदमा एस जयशंकरलाई नियुक्ति गरेका थिए । 

सुजाताको सिंहको नियुक्ति अघिल्लो कंग्रेस सरकारको पालमा भएको थियो त्यसैले पनि सुजातालाई कार्यकाल अन्त्य हुनु अघिनै हटाइएको थियो । त्यसबेला मोदीको उक्त कदमको विरोध पनि भएको थियो । 
तथापी केही मिडिया रिपोट अनुसार पूर्व–प्रधानमन्त्री मनमोहन सिंह सन् २०१३ मा जयशंकरलाई नै विदश सचिव नियुक्त गर्न चाहन्थे तर अन्तिम समयमा उनले सुजाता सिंहलाई यो पद दिए । 

कुटनीतिज्ञ जयशंकर
दिल्लीको सेन्ट स्टेफन कजेलमा पढेका जयशंकरले राजनीतिक विज्ञानमा एमफिल गरेका छन् । त्यसपछि उनले जवाहारलाल नेहरु विश्वविद्यालय(जेएनयू)बाट अन्तराष्ट्रिय सम्बन्धमा पीएचडी गरे । उनले परमाणु कूटनीतिमा विशेषज्ञता हासिल गरेका छन् । 

सन् १९७७ को ब्याचमा कुटनीति पेसामा छिरेका जयशंकरको पहिलो पोस्टिङ रुसको भारतीय दूतावासमा भएको थियो । उनी तत्कालिन राष्ट्रपति शंकर दयाल शर्माका प्रेस सचिव पनि रहिसकेका छन् । 

त्यस बाहेक उनी भारतको विदेश मन्त्रालयको कर्मचारीका रुपमा विभिन्न देशमा कार्यरत रहे । उनी अमेरिकामा भारतको प्रथम सचिव रहे । त्यस्तै श्रीलंकामा भारतीय सेनाको राजीनिक सलाहकारको रुपमा पनि काम गरे । यसपछि उनी टोकियो र चेक रिपब्लिकमा भारतको राजदूतको पद सम्हाले । उनी चीनका लागि भारतीय राजदूत पनि रहिसकेका छन् । चीनसँग विकसित भएको डोकलाम गतिरोधको हल निकाल्नमा जयशंकरको ठूलो भूमिका रहेको मानिन्छ । त्यो बेला बसेका वार्तामा उनी पनि सहभागी थिए । 

यशंकरले भारत–अमेरिका गैरसैनिक परमाणु सम्झौताको छलफलमा पनि महत्वपूर्ण भूमिका निमाएका थिए । उनले सरकारी पेसामार्फत देशलाई पु¥याएको योगदानको लागि यो वर्ष पद्मश्री पुरस्कारबाट सम्मानित पनि गरिएको थियो ।  मोदीसँग नज्दिकी जयशंकर वर्तमान मोदी सरकारमा एक मात्र गैर–राजनीतिक अनुहार हुन् । 
एस जयशंकरलाई बाह्य मानिस ‘सरप्राइज इन्ट्री’को रुपमा हेरिरहेका छन् तर उनलाई पहिलेदेखि मोदीको नजिकको प्रशासनिक अधिकारीको रुपमा हेरिन्थ्यो । 

यो कुराको अनुमान यो कुराबाट पनि लगाउन सकिन्छ कि विदेश सचिवको उनको कार्यकाल सन् २०१७ मै समाप्त हुन लागेको थियो तर उनको पदलाई लम्माइयो । उनी सन् २०१५ देखि सन् २०१८ सम्म विदेश सचिव रहे । 

मोदीको सन् २०१८ सम्म गरेका लगभग सबै विदेश यात्राको दौरान जयशंकर उनीसँगै रहे । सन् २०१८ मा अवकासपछि उनले भारतीय व्यापारिक घराना टाटा ग्रुपमा विश्व करपोरेट मामिलाको अध्यक्षको रुपमा पनि काम गरे । 

जयशंकर क्याविनेटमा सामेल हुुनु विशेष हो ?
वरिष्ठ पत्रकार नीरजा चौधरी,पूर्व विदेश सचिव जयशंकर मोदीको वर्तमान क्याविनेटमा सामेल हुनुलाई यस मन्त्रिमण्डलको सबैभन्दा खास कुरा बताउछिन् ।  

उनका विश्लेषणमा जयशंकरलाई मन्त्रीपरिषदमा सामेल गराएर मोदीले एक सन्देश दिन खोजिरहेका छन् । त्यो हो, अगामी दिनमा गैर राजनीतिक अन्य मानिस पनि उनको मन्त्रीमण्डलमा सामेल हुुनसक्छ । 
जयशंकरलाई मोदीको सरकारमा विदेश मन्त्रालयको जिम्मा दिइएको छ । नीरजाको भनाईमा आज अमेरिका र चीनसँगको सन्तुलनको सम्बन्ध भारतको सबैभन्दा महत्वपूर्ण विदेश नीति बनेको छ ।

त्यो सम्बन्ध जयशंकरको नियुक्तिले राम्रो हुने नीरजाको विश्वास छ । जयशंकर विदेश मन्त्रीको रुपमा छानिनु विदेश नीतिको हिसाबबाट एक महत्वपूर्ण कदम मानिन सक्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप