बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : यस्ता छन् आज दिनभरका प्रमुख समाचार

बिहीबार, १० कात्तिक २०७९, २१ : २०
बिहीबार, १० कात्तिक २०७९

आज मिति २०७९ साल कात्तिक महिनाको १० गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ मा प्रस्तुत गरिएको छ । 
हिन्दु नेपालीको दोस्रो ठुलो चाड तिहार सम्पन्न भएको छ । दिदीबहिनीले दाजुभाइको दीर्घायुको कामना गर्दै बिहीबार भाइटीका लगाएसँगै तिहार सम्पन्न भएको हो । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले  अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ । यमपञ्चक समेत भनिने तिहार ५ दिन मनाइन्छ । यसपालि तिहारको पहिलो दिन कागतिहार कात्तिक ६ गते परेको थियो । ​

राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्षको तिहारमा भाइटीका लगाइनन् । राष्ट्रपति भण्डारीको माइतीघरमा मरणाशौच परेकाले भाइहरूलाई टीका नलगाइ दिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले पनि यस वर्षको भाइटीका ग्रहण गरेनन् । भ्रातृशोकमा रहेका प्रधानमन्त्री देउवाले भाइटीका नलगाएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बहिनीहरूको हातबाट भाइटीका लगाएका छन् । बिहीवार भाइटीकाको अवसरमा शुभ साइतमा उनले तीन बहिनीहरू विष्णुमाया ढकाल, कौशल्या कोइराला र विष्णुकुमारी पौडेलको हातबाट भाइटीका लगाएका हुन् ।  यस्तै अन्य दलका नेताहरुले पनि आफ्ना दिदीबहिनीबाट टीका ग्रहण गरे ।.

​दिदी–बहिनी नहुनेहरुले काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाएका छन् । दिदी–बहिनी नहुनेका लागि आजैका दिन बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ ।​

हिंसा भड्किएको महोत्तरीको भंगहा नगरपालिका क्षेत्रमा कफ्र्यु आदेश जारी भएको छ । हिंसा नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय महोत्तरीले कफ्र्यु आदेश जारी गर्नु परेको जनाएको हो ।

भंगहा नगरपालिका–८ को दक्षिणमा पररियाको सम्पूर्ण क्षेत्र, उत्तरपूर्वमा ब्रह्मस्थान पररिया, उत्तरमा धरमपुरभन्दा दक्षिण, पूर्वमा लोहारपट्टी नगरपालिकाको वडा नम्बर १ मा पर्ने बगडाचोक, पश्चिममा इलाका प्रहरी कार्यालय लोहारपट्टीस्थित पुलसम्म प्रशासनले कफ्र्यु आदेश जारी गरेको प्रकाशनले जनाएको छ ।दिउँसो ३ बजेबाट लगाइएको कफ्र्यु अर्को आदेश जारी नभएसम्म जारी रहने सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिए । 
हिन्दु सम्राट सेना नाम गरेको एक संगठनले निकालेर्को यालीको क्रममा आज हिंसा भड्किएको थियो ।
पछिल्लो २४ घण्टामा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३५४ जनामा गरिएको नमुना परीक्षणमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले बंगलादेशलाई हराएको छ । बिहीबार भएको खेलमा दक्षिण अफ्रिकाले बंगलादेशमाथि १०४ रनले फराकिलो जित निकालेको हो ।

सिरहाको कल्याणपुरमा ट्याक्टर अनियन्त्रित भई पल्टिँदा दुई जनाको मृत्यु भएको छ । भित्रिसडक अन्तर्गत कल्यणपुरकै भोक्राहाबाट कल्याणपुर बजारतर्फ आउँदै गरेको नम्वर नखुलेको ट्याक्टर कल्याणपुर १० पर्चिलवामा  दुर्घटना हुँदा चालक कल्याणपुर नपा ४ का ३० को छेदुवा गोइत र केरा साहु सोही नगरपालिका ११ का ४५ वर्षिय दुखिया साहको घटनास्थमै मृत्यु भएको हो ।​

संविधानसभा सदस्य तथा नेकपा एमाले मधेश प्रदेश कमिटी सदस्य जयप्रकाश यादवलगायतका नेताहरु नेकपा एकीकृत समाजवादीमा पार्टी प्रवेश गरेका  छन् । शुभ दिपावली तथा छठ पर्वको अवसरमा बाराको परवानीपुरमा आज आयोजित शुभकामना आदान प्रदान एंव पार्टी प्रवेश कार्यक्रममा यादवकोे नेतृत्वमा पूर्वजिल्ला विकास समिति अध्यक्ष रामविलास चौरासिया, जिल्ला कमिटी सदस्यहरु कृष्ण यादव, हसमुुदिन अन्सारी, मुकेश महतो, शुरेश महतो,किशुुन यादव, नेकमहमद् अन्सारी नागेन्द्र यादव, महमद् रफिद,राम प्रवेश,राजेश्वर यादवलगायत एमाले पार्टी परित्याग गरेर नेकपा एकीकृत समाजवादी  पार्टी प्रवेश गरेको नेकपा समाजवादीका मधेशप्रदेश कमिटी सदस्य विरेन्द्रप्रसाद साहले जानकारी दिए ।

हेटौँडा उपमहानगरपालिका वडा नं १० स्थित बसपार्क नजिकको होटेलमा आज दिउँसो आगलागी भएको छ । 
 जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार तिहारका बेला होटेल मालिक मीना साह होटेल बन्द गरी अन्यत्र गएका बेला अचानक आगलागी भएको हो । सो क्रममा एकपछि अर्कोगरी पाँच वटा ग्यास सिलिन्डर बिस्फोट भएको प्रहरीले जनाएको छ ।  ​

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप