शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

दिदीबहिनी नहुनेको भाइटीका तस्बिरमा हेर्नुहोस्

बिहीबार, १० कात्तिक २०७९, १० : ३६
बिहीबार, १० कात्तिक २०७९

दिदीबहिनी नहुनेहरुले काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाएका छन् । दिदी–बहिनी नहुनेका लागि आजैका दिन बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ ।

बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ । दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् ।  तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइएको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप