दक्षिण अफ्रिकाले बंगलादेशलाई हरायो
आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले बंगलादेशलाई हराएको छ । बिहीबार भएको खेलमा दक्षिण अफ्रिकाले बंगलादेशमाथि १०४ रनले फराकिलो जित निकालेको हो ।
सिड्नीमा दक्षिण अफ्रिकाले दिएको २०६ रनको लक्ष्य पछ्याएको बंगलादेश १६ ओभर ३ बलमा अलआउट हुँदै मात्र १०१ रन बनायो । बंगलादेशका लिटोन दासले सर्वाधिक ३४ रन जोडे । सौम्य सरकारले १५ जोड्दा मेहदी हसनले ११ रन जोडे ।
दक्षिण अफ्रीकाका एन्रीच नोर्कियाले चार विकेट लिए । ताब्रेज शम्सीले तीन विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रीकाले २० ओभरमा ५ विकेट गुमाएर २०५ रन बनाएको थियो । दक्षिण अफ्रिकाका रिली रस्सोले १०९ रनको शतकीय पारी खेले । क्विन्टन डी ककले ६३ रनको अर्धशतकीय पारी खेल्दा एदम मार्करमले १० रन जोडे ।
बंगलादेशका शकिब अल हसनले दुई विकेट लिए । जितसँगै समूह २ को दक्षिण अफ्रिकाले २ खेलमा ३ अंक जोडेर शीर्ष स्थानमा छ । बंगलादेश २ अंक जोडेर तेस्रो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण