बहिनीहरुको हातबाट ओलीले लगाए भाइटीका
बिहीबार, १० कात्तिक २०७९, १३ : ३४
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बहिनीहरूको हातबाट भाइटीका लगाएका छन् । बिहीवार भाइटीकाको अवसरमा शुभ साइतमा उनले तीन बहिनीहरू विष्णुमाया ढकाल, कौशल्या कोइराला र विष्णुकुमारी पौडेलको हातबाट भाइटीका लगाएका हुन् ।
ओलीले बालकोटमा भाइटीकाको शुभसाइत ११ बजेर ३७ मिनेटमा आफ्ना बहिनीहरूबाट भाइटीका ग्रहण गरे । त्यस अवसरमा उनले बहिनीहरूले दिएका भाइमसला ग्रहण गर्दै बहिनीहरूलाई पनि सप्तरंगी टीका लगाई दिएका थिए ।
टीका ग्रहणपछि सञ्चारकर्मीहरुसँगको संक्षिप्त प्रतिक्रियाका क्रममा अध्यक्ष ओलीले भाइटीकाले दिदीबहिनीहरुसँग मिल्ने अवसर जुटाएको बताए । उनले हरेक चाडपर्वहरुको महत्व फरकफरक हुने भन्दै चाडपर्वहरुको संरक्षण र संवद्धर्न गर्न जरुरी रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण