एमाले नेता यादवलगायत एकीकृत समाजवादी पार्टीमा प्रवेश
संविधानसभा सदस्य तथा नेकपा एमाले मधेश प्रदेश कमिटी सदस्य जयप्रकाश यादवलगायतका नेताहरु नेकपा एकीकृत समाजवादीमा पार्टी प्रवेश गरेका छन् ।
शुभ दिपावली तथा छठ पर्वको अवसरमा बाराको परवानीपुरमा आज आयोजित शुभकामना आदान प्रदान एंव पार्टी प्रवेश कार्यक्रममा यादवकोे नेतृत्वमा पूर्वजिल्ला विकास समिति अध्यक्ष रामविलास चौरासिया, जिल्ला कमिटी सदस्यहरु कृष्ण यादव, हसमुुदिन अन्सारी, मुकेश महतो, शुरेश महतो,किशुुन यादव, नेकमहमद् अन्सारी नागेन्द्र यादव, महमद् रफिद,राम प्रवेश,राजेश्वर यादवलगायत एमाले पार्टी परित्याग गरेर नेकपा एकीकृत समाजवादी पार्टी प्रवेश गरेको नेकपा समाजवादीका मधेशप्रदेश कमिटी सदस्य विरेन्द्रप्रसाद साहले जानकारी दिए ।
उनीहरुलाई अध्यक्ष माधवकुमार नेपाल र पूर्व श्रममन्त्री तथा बारा ४ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार किसान श्रेष्ठले टिका लगाएर एमालेका नेता कार्यकर्तालाई नेकपा एसमा पार्टी प्रवेश गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण