गोली लागेका जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको निधन
जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेमाथि भएको घातक हमलापछि उनको मृत्यु भएको छ । जापानको सरकारी मिडिया एनएचकेले निधनको पुष्टि गरेको छ । यसअघि प्रधानमन्त्री फुमियो किशिदाले आबेमाथि भएको आक्रमणलाई ‘घृणित कार्य’ बताएका थिए ।
आक्रमणकारीको उद्देश्य खुल्न नसकेको तर निर्वाचन अभियानसँग यसको सम्बन्धलाई नकार्न नसकिने उनले बताए । यसअघि जापानका प्रधानमन्त्री फुमियो किशिदाले आबेको अवस्था चिन्ताजनक रहेको बताएका थिए । किशिदाले भनेका थिए, ‘म हृदयदेखि नै आबेको स्वास्थ्य लाभको कामना गरिरहेको छु । म यस आक्रमणको कडा शब्दमा निन्दा गर्दछु । लोकतन्त्रमा यस्तो हिंसाको कुनै स्थान हुँदैन ।’
राजधानी टोकियोमा भावनात्मक भाषणका क्रममा फुमियो किशिदाले भने, ‘चुनाव चलिरहेको छ । यसलाई लोकतन्त्रको आधारशीला भनिन्छ र यस्तो समयमा यो घटना भएको छ । यो बर्बर र दुर्भावनापूर्ण छ र यसलाई सहन सकिँदैन । हामीले जे जति गर्न सक्छौँ, त्यो गर्नेछौँ र यो हमलाको विरोध गर्नका लागि जति पनि कडा शब्द छन्, म ती प्रयोग गर्न चाहन्छु ।’
[Breaking News] Officials say former Japanese Prime Minister #Abe Shinzo has been confirmed #dead. He was reportedly #shot during a speech on Friday in the city of #Nara, near Kyoto.https://t.co/bZpiKm8wIN
— NHK WORLD News (@NHKWORLD_News) July 8, 2022
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण




