को हुन् जापानका पूर्व प्रधानमन्त्रीलाई गोली हान्ने व्यक्ति ?
शुक्रबार, २४ असार २०७९, ११ : ०७

जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेमाथि शुक्रबार देशको पश्चिमी हिस्सा नारामा एक सडकमा भाषण दिइरहेका बेला गोली प्रहार गरियो ।
प्रहरीले ४१ वर्षका संदिग्ध हमलाकर्तालाई पक्राउ गरिसकेको छ । उनले आबेलाई गोली हानेपछि भाग्ने कोसिस गरेका थिएनन् ।
संदिग्ध हमलाकर्तालाई नाराको निशी प्रहरी स्टेशनमा लगिएको छ । उनको पहिचान तेत्सुया यामागामीको रुपमा भएको छ । उनी नारा सिटीकै बासिन्दा भएको बीबीसीले बताएको छ ।
लिबरल डेमोक्रेटिक पार्टीले आबेलाई पछाडिबाट गोली हानिएको जानकारी दिएकाे थियो । पहिलो गोली मिस भएपनि दोस्रो गोली भने उनलाई लागेको खबरमा उल्लेख छ ।
याे पनि:
एनएचकेको रिपोर्ट अनुसार आबे घाइते अवस्थामा बेहोस छन् । एम्बुलेन्सलाई राख्ने बेलासम्म उनलाई होस भएको पनि बताइन्छ ।
आबेलाई गोली लागेपछि हृदयघातसमेत भएको खबर आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचारः रातोपाटी १२ वसन्त पार, नेपालको शान्दार जित
-
विश्व कप लिग २ः नेदरल्याण्ड्सविरुद्ध नेपालको शानदार जित
-
रातोपाटीको १२औँ वार्षिकोत्सव मनाइयो, तस्बिरहरू
-
म रातोपाटीको नियमित पाठक हुँ : प्रधानमन्त्री
-
रातोपाटीले नेपाली समाजको यथार्थलाई तथ्यपरक ढङ्गले पस्किने काम गरेको छ : नारायणकाजी श्रेष्ठ
-
मिडिया आलोचनात्मक बनेन भने उसले आफ्नो धर्म निर्वाह गर्न सक्दैन: डा भट्टराई