आबेको निधनमा भारतमा एक दिन राष्ट्रिय शोकको घोषणा

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार एक दिन राष्ट्रिय शोकको घोषणा गरेका छन् ।
सिन्जो आबेको सम्झनामा प्रधानमन्त्री मोदीले आफ्नो ट्वीटमा पीएम मोदीले लेखेका छन्, "मेरो एक प्रिय मित्र शिन्जो आबेको दुखद निधनले म स्तब्ध र दुःखी छु। उहाँ एक महान वैश्विक राजनीतिज्ञ, एक प्रतिभाशाली नेता र एक उल्लेखनीय प्रशासक हुनुहुन्थ्यो। उहाँले जापान र विश्वलाई एक राम्रो ठाउँ बनाउन आफ्नो जीवन समर्पित गर्नुभयो ।" प्रधानमन्त्री नरेन्द्र मोदीले सिन्जो आबेलाई लामो समयदेखि चिनेको बताएका छन् ।
उनले ट्वीट गर्दै भनेका छन्, "सिन्जो आबेसँगको मेरो सम्बन्ध धेरै वर्ष पुरानो हो। मैले उहाँलाई गुजरातको मुख्यमन्त्रीको रूपमा मेरो कार्यकालमा चिनेको थिएँ र म प्रधानमन्त्री भएपछि पनि हाम्रो मित्रता जारी रह्यो। अर्थतन्त्र र विश्वव्यापी मामिलामा उहाँको बुझाइले मलाई गहिरो छाप छोड्यो। " जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार देशको पश्चिमी भाग नारामा सडक भाषण दिइरहेका बेला आक्रमण भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचारः रातोपाटी १२ वसन्त पार, नेपालको शान्दार जित
-
विश्व कप लिग २ः नेदरल्याण्ड्सविरुद्ध नेपालको शानदार जित
-
रातोपाटीको १२औँ वार्षिकोत्सव मनाइयो, तस्बिरहरू
-
म रातोपाटीको नियमित पाठक हुँ : प्रधानमन्त्री
-
रातोपाटीले नेपाली समाजको यथार्थलाई तथ्यपरक ढङ्गले पस्किने काम गरेको छ : नारायणकाजी श्रेष्ठ
-
मिडिया आलोचनात्मक बनेन भने उसले आफ्नो धर्म निर्वाह गर्न सक्दैन: डा भट्टराई