केपी ओलीको ‘देवत्वकरण’ (तस्बिरहरु)
महाधिवेशनमा तुल, ब्यानर र पोष्टर लगायतका तडकभडक नगर्ने बताएको नेकपा एमालेले काठमाडौंदेखि ललितपुरसम्मै अध्यक्ष केपी ओलीको भरपुर विज्ञापन गरेको छ । विधान महाधिवेशन लक्षित एमाले अध्यक्ष केपी शर्मा ओलीका तस्बिरहरु बानेश्वरका पोलदेखि ललितपुरको गोदावरीसम्मै प्रशस्तै देखिन्छन् । यसबाट एमालेमा विचारको बहसभन्दा पनि नेताको ‘देवत्वकरण’ ले प्रश्रय पाएको बुझ्न सकिन्छ ।
बिजुलीका पोलमामात्र नभएर गाडीमा समेत ओलीको तस्बिर राखिएका छन् । कार्यक्रमस्थलमा केपी ओलीको ठूलो ‘स्टाचु’ बनाइएको छ । जसमा नेताहरुबीच सेल्फी खिच्ने प्रतिस्पर्धा नै चलेको देखिन्छ ।

स्मरण रहोस् यसअघि केपी ओली सरकारमा रहेका बेला सामाजिक सुरक्षा कार्यक्रम घोषणा गर्ने दिनपनि यसैगरी बिजुलीका पोलमा ओलीका तस्बिर सजाइएका थिए । जसबापत नेकपा एमालेमाथि सामाजिक सञ्जालमा चर्को आलोचना भएको थियो ।
एमालेले यो विधान महाधिवेशनलाई नेतामुखी नभएर नीतिमुखी हुने बताएको छ । आगामी मंसिरमा हुने दशौं महाधिवेशनले नेतृत्व चयन गर्ने भनिए पनि यो महाधिवेशन नीति निर्माणमै केन्द्रीत हुने नेताहरुले बताएका छन् ।
तस्बिरमा मात्र होइन, ओली कार्यक्रममा जाँदा उनलाई एमालेका कार्यकर्ताले काठमाडौंदेखि नै ‘स्कटिङ’ गरेर कार्यक्रमस्थल पुर्याउँदैछन् ।










खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण




