केपी ओलीको ‘देवत्वकरण’ (तस्बिरहरु)

महाधिवेशनमा तुल, ब्यानर र पोष्टर लगायतका तडकभडक नगर्ने बताएको नेकपा एमालेले काठमाडौंदेखि ललितपुरसम्मै अध्यक्ष केपी ओलीको भरपुर विज्ञापन गरेको छ । विधान महाधिवेशन लक्षित एमाले अध्यक्ष केपी शर्मा ओलीका तस्बिरहरु बानेश्वरका पोलदेखि ललितपुरको गोदावरीसम्मै प्रशस्तै देखिन्छन् । यसबाट एमालेमा विचारको बहसभन्दा पनि नेताको ‘देवत्वकरण’ ले प्रश्रय पाएको बुझ्न सकिन्छ ।
बिजुलीका पोलमामात्र नभएर गाडीमा समेत ओलीको तस्बिर राखिएका छन् । कार्यक्रमस्थलमा केपी ओलीको ठूलो ‘स्टाचु’ बनाइएको छ । जसमा नेताहरुबीच सेल्फी खिच्ने प्रतिस्पर्धा नै चलेको देखिन्छ ।
स्मरण रहोस् यसअघि केपी ओली सरकारमा रहेका बेला सामाजिक सुरक्षा कार्यक्रम घोषणा गर्ने दिनपनि यसैगरी बिजुलीका पोलमा ओलीका तस्बिर सजाइएका थिए । जसबापत नेकपा एमालेमाथि सामाजिक सञ्जालमा चर्को आलोचना भएको थियो ।
एमालेले यो विधान महाधिवेशनलाई नेतामुखी नभएर नीतिमुखी हुने बताएको छ । आगामी मंसिरमा हुने दशौं महाधिवेशनले नेतृत्व चयन गर्ने भनिए पनि यो महाधिवेशन नीति निर्माणमै केन्द्रीत हुने नेताहरुले बताएका छन् ।
तस्बिरमा मात्र होइन, ओली कार्यक्रममा जाँदा उनलाई एमालेका कार्यकर्ताले काठमाडौंदेखि नै ‘स्कटिङ’ गरेर कार्यक्रमस्थल पुर्याउँदैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आँगनमा कुखुरा आएको निहुँमा बुवामाथि गोली प्रहार
-
रेशमलाई पक्राउ गर्नुपर्ने पत्र बोकेर १० बजे नै डिल्लीबजार पुगेका थिए महिमानसिंह विष्ट
-
यी हुन् सरकार र शिक्षकहरूबिच भएका ९ बुँदे सहमति
-
विद्यालय शिक्षा विधेयक तपाईंहरूकै घरमा लैजान्छौँ : गृहमन्त्री लेखक
-
शिक्षकको माग पूरा गर्दा सरकारलाई करिब ८ अर्ब दायित्व बढ्ने
-
विद्यालय शिक्षा विधेयक पारित गर्ने सम्बन्धमा सत्तापक्षले गरेको लिखित प्रतिबद्धता सार्वजनिक