एमालेले नेकपाको विरासत बोकेको छ : केपी ओली
शुक्रबार, १५ असोज २०७८, १४ : २६
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेकपाको निरन्तरता सहित विरासत बोकेको पार्टी भएको बताएका छन् । शुक्रबार विधान महाधिवेशनमा आफ्नो प्रतिवेदन पेश गर्दै अध्यक्ष ओलीले भने, ‘नेकपाको निरन्तरतासहित सकारात्मक विरासत बोकेको पार्टी हो एमाले । यो एकीकृत पार्टी हो । यो एकीकृत पार्टीको पहिलो विधान महाधिवेशन पनि हो ।’
उनले एमाले र माओवादी बीच २०७३ जेठ ३ गतेको एकीकरणपछि बनेको नेकपा केही व्यक्तिका कारण एकताले पूर्णता नपाएको भन्दै अदालतको फागुन २३ गतेको फैसलाले पूर्ववत् अवस्थामा फर्काएकाले आफुहरु एमालेमा नै क्रियाशील हुनुपरेको बताए । उनले नेकपा विभाजन भएपनि एमालेले नेकपाको विरासत बोकेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यातायात सेवा कार्यालय विस्तार गर्ने विषयमा बागमतीका मुख्यमन्त्री र यातायातमन्त्रीबिच मतभेद
-
प्रणाली सुधार्ने खालको मौद्रिक नीति ल्याउन आवश्यक छ : पूर्वगभर्नर नेपाल
-
दैलेख पूर्ण खोप सुनिश्चितता भएको जिल्ला घोषणा
-
प्रलोपाले भन्यो– सरकार अधिनायकवादतर्फ उन्मुख
-
मौद्रिक नीति कसिलो बनाउनुपर्ने कुनै कारण छैन : पूर्वगभर्नर अधिकारी
-
प्रतिपक्षको बहिष्कारपछि लुम्बिनी प्रदेशसभा बैठक आधा घण्टाका लागि स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण