हाम्रो विदेश नीतिमा कसैसँग वैरभाव हुन्न : ओली
शुक्रबार, १५ असोज २०७८, १४ : ३१

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेकपाको विदेश नीतिमा कसैसँग वैरभाव नहुने बताएका छन् । शुक्रबार विधान महाधिवेशनमा आफ्नो राजनीतिक प्रस्ताव पेश गर्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन् । अध्यक्ष ओलीले भने, ‘हाम्रो विदेश नीतिको सार राष्ट्रिय हितको रक्षा र सम्वर्द्धन गर्दै सबैसँग मित्रता कायम गर्नु र कसैसँग पनि वैरभाव नराख्नु हो ।’
उनले विश्वका सबै देशसँग सार्वभौम समानता, अहस्तक्षेप, पारस्परिक सहयोग तथा सम्मानमा आधारित सम्बन्ध रहने बताए । उनले नेपालको छविलाई शान्तिको पक्षधरका रुपमा विश्वसामु स्थापित गर्ने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूमिहीनलाई व्यवस्थित गर्न पालिका सक्रिय
-
चेन्नईविरुद्धको खेल पञ्जाबको पञ्जामा, एकाएक चम्किए कप्तान अय्यर
-
१२ बजे, १२ समाचार : अभिनेत्री सुरक्षा पन्तको प्रतिरक्षा गर्दै राजावादीलाई प्रधानमन्त्रीको व्यंग्यदेखि धारामा पानी थापेको आरोपमा दलित युवतीमाथि कुटपिटसम्म
-
सरकार र शिक्षकबिच वार्ताको त्यो ७ घण्टा
-
युक्रेनले अमेरिकासँग छिट्टै खनिज सम्झौता गर्ने
-
सुरक्षाको बचाउ गर्दै प्रधानमन्त्रीले भने - राजावादीले कस्तो सहनै नसकेको होला