पानसमा बत्ति बालेर एमालेको विधान महाधिवेशन उद्घाटन, तस्बिरमा हेर्नुस्

पार्टीको आगामी नीति तय गर्न नेकपा एमालेको पहिलो विधान महाधिवेशन सुरु भएको छ । ललितपुरको गोदावरीस्थित सनराइज अन्तराष्ट्रिय सम्मेलन केन्द्रको हलमा जारी महाधिवेशनमा देशभरका ६ हजार प्रतिनिधि सहभागी छन् । निर्धारित समयभन्दा करिब एकघण्टा ढिलो सुरु भएको सम्मेलनको एमाले अध्यक्ष केपी शर्मा ओलीले पानसमा बत्ति बालेपछि विधान महाधिवेशनको लोगो अनावरण गरेर उद्घाटन गरेका हुन् ।
महाधिवेशनको पहिलो दिन शीर्ष नेताहरुको मन्तव्यसहित राजनीतिक, सांगठनिक र विधान संशोधन गरी तीनवटा दस्तावेज पेश छलफलका लागि पेश हुनेछन् । पेश भएका दस्तावेज दोस्रो दिन समूहगत छलफल हुनेछ । महाधिवेशनमा अध्यक्ष मण्डलसहित तोकिएको छ ।
जसमा अध्यक्ष केपी ओली, उपाध्यक्षहरू युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य तथा स्थायी समिति सदस्यहरु रामबहादुर थापा, सुवासचन्द्र नेम्वाङ, सत्यनारायण मण्डल र छविलाल विश्वकर्मा रहेका छन् । त्यस्तै महाधिवेशन सहज ढंगले सञ्चालन गर्न विभिन्न कमिटीहरु गठन भएका छन् ।
सचिव युवराज ज्ञवालीले सञ्चालन गरिरहेको महाधिवेशनले आगामी पाँच वर्षका लागि विधानमै पार्टीको राजनीतिक कार्यदिशा तय गर्नेछ । माओवादीसँगको पार्टी एकता बदर भएपछि र पाँच वर्षसम्म सरकार सञ्चालनको जनमत पाएर पनि तीन वर्षमै सरकार ढलेको अवस्थामा एमालेको विधान महाधिवेशन भइरहेको छ । सरकारको नेतृत्व गर्दा दुई पटकसम्म विघटन गरेको संसद सर्वोच्च अदालतले ब्यूँताइदिए पनि एमालेले संसद विघटन सही भन्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्नुपर्छ : राष्ट्रपति
-
कांग्रेसले नै पहिलोपल्ट सामाजिक न्यायसहित उदार अर्थव्यवस्थाको नीति लिएको थियो : सभापति देउवा
-
मुलुकको विकास र समृद्धिमा श्रमिकहरूको योगदान अतुलनीय छ : उपराष्ट्रपति यादव
-
मजदुरमैत्री वातावरण बनाउन राज्य गम्भीर बन्नुपर्छ : अध्यक्ष दाहाल
-
गरिमायुक्त श्रम सुनिश्चित गर्न सबै पक्षबिच सहकार्य आवश्यकता छ : सभामुख
-
२०२२ पछि पहिलो पटक अमेरिकी अर्थतन्त्रमा गिरावट, ट्रम्प बाइडेनलाई दोष थोपर्दै