पानसमा बत्ति बालेर एमालेको विधान महाधिवेशन उद्घाटन, तस्बिरमा हेर्नुस्
पार्टीको आगामी नीति तय गर्न नेकपा एमालेको पहिलो विधान महाधिवेशन सुरु भएको छ । ललितपुरको गोदावरीस्थित सनराइज अन्तराष्ट्रिय सम्मेलन केन्द्रको हलमा जारी महाधिवेशनमा देशभरका ६ हजार प्रतिनिधि सहभागी छन् । निर्धारित समयभन्दा करिब एकघण्टा ढिलो सुरु भएको सम्मेलनको एमाले अध्यक्ष केपी शर्मा ओलीले पानसमा बत्ति बालेपछि विधान महाधिवेशनको लोगो अनावरण गरेर उद्घाटन गरेका हुन् ।
महाधिवेशनको पहिलो दिन शीर्ष नेताहरुको मन्तव्यसहित राजनीतिक, सांगठनिक र विधान संशोधन गरी तीनवटा दस्तावेज पेश छलफलका लागि पेश हुनेछन् । पेश भएका दस्तावेज दोस्रो दिन समूहगत छलफल हुनेछ । महाधिवेशनमा अध्यक्ष मण्डलसहित तोकिएको छ ।

जसमा अध्यक्ष केपी ओली, उपाध्यक्षहरू युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य तथा स्थायी समिति सदस्यहरु रामबहादुर थापा, सुवासचन्द्र नेम्वाङ, सत्यनारायण मण्डल र छविलाल विश्वकर्मा रहेका छन् । त्यस्तै महाधिवेशन सहज ढंगले सञ्चालन गर्न विभिन्न कमिटीहरु गठन भएका छन् ।
सचिव युवराज ज्ञवालीले सञ्चालन गरिरहेको महाधिवेशनले आगामी पाँच वर्षका लागि विधानमै पार्टीको राजनीतिक कार्यदिशा तय गर्नेछ । माओवादीसँगको पार्टी एकता बदर भएपछि र पाँच वर्षसम्म सरकार सञ्चालनको जनमत पाएर पनि तीन वर्षमै सरकार ढलेको अवस्थामा एमालेको विधान महाधिवेशन भइरहेको छ । सरकारको नेतृत्व गर्दा दुई पटकसम्म विघटन गरेको संसद सर्वोच्च अदालतले ब्यूँताइदिए पनि एमालेले संसद विघटन सही भन्दै आएको छ ।











खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तिंकर भञ्ज्याङको सीमा स्तम्भमा फहराइयो राष्ट्रिय झण्डा
-
खेल पूर्वाधारमा ३० करोड खर्चिँदै सरकार, तर यो वर्ष पनि सकिएन प्रादेशिक रङ्गशालाको काम
-
अमेरिकी प्रशान्त टापुहरू नजिक ‘अत्यन्त खतरनाक’ आँधीको जोखिम
-
लुम्बिनीमा बजेटमाथिको सैद्धान्तिक छलफल सकियाे, सोमबार र मङ्गलबार मन्त्रालयगत छलफल
-
इन्टर मियामीको नजरमा केप भर्डेका गोलरक्षक भोजिन्हा
-
सुकुमबासीको चमेली बोल्दिने कोही छैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण