बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

अर्काइभ : एमाले विधान महाधिवेशनका ‘डकुमेन्ट’

शुक्रबार, १५ असोज २०७८, १० : ३१
शुक्रबार, १५ असोज २०७८

नेकपा एमालेले आगामी चार वर्षका लागि पार्टीको नीति र कार्यक्रम तय गर्नका लागि असोज १५ देखि १७ गतेसम्म ललितपुरको गोदावरीमा प्रथम विधान अधिवेशनको आयोजना गर्दैछ । विगतमा महाधिवेशनकै बेलामा नीति र नेतृत्व दुबै तय गर्ने गरिएकोमा यसपटक असोजमा विधान अधिवेशनबाट नीति बनाउने र मंसिरमा हुने १० औं महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने एमालेले कार्यक्रम तय गरेको छ । यही योजना अनुसार विधान अधिवेशन हुन लागेको हो ।

एमालेको प्रथम विधान अधिवेशनले मुख्यतः तीनवटा विषयमा पार्टीको सिद्धान्त, कार्यदिशा र कार्यक्रम तय गर्दैछ । यसका लागि अध्यक्ष केपी ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले प्रस्तुत गरेको संगठनात्मक प्रस्ताव र संगठन विभागका प्रमुख विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमाथि विधान महाधिवेशनमा सहभागी हुने करीब ५ हजार प्रतिनिधिले छलफल गर्नेछन् ।  

तीनवटा दस्तावेजमाथि एमालेभित्र चलिरहेको छलफलमा उठेका महत्वपूर्ण प्रश्नहरु यी हुन् : जनताको बहुदलीय जनवाद (जबज) लाई कसरी व्याख्या गर्ने ? जबजलाई मान्ने कि नमान्ने ? समाजवादको आगामी बाटो कस्तो हुने ? विगतको समीक्षा कसरी गर्ने ? संसद विघटन, नेकपाको विभाजन, एमालेको विभाजन र सर्वोच्च अदालतको फैसलालाई कसरी समीक्षा गर्ने ? नेकपा एमालेलाई हिजोकै नेकपाको निरन्तरताका रुपमा लिने कि ०७५ जेठ २ पूर्वको एमाले ब्यूँताउने ? पार्टीभित्र रहेको पूर्व माओवादी समूहको बेग्लै अस्तित्वलाई स्वीकार्ने कि एमालेमै विलय भएको अर्थमा लिने ? र, आगामी महाधिवेशनसम्म तीनवटै तहको नेतृत्व चयन सहमतिका आधारमा गर्ने कि बहुमत–अल्पमतका आधारमा गर्ने ? विधानमा ७० वर्षे प्रावधान राख्ने कि हटाउने ? उपाध्यक्षहरू ३ जना राख्ने कि ७ जना राख्ने ? आदि इत्यादि ।

​नेकपा एमालेभित्र तीनवटा विचार समूहहरु देखिएका छन् । एउटा केपी ओलीले नेतृत्व गरेको एमालेको संस्थापन पक्ष । दोस्रो– भीम रावल, अष्टलक्ष्मी शाक्य, घनश्याम, भुसालसमेत १० जनाले प्रतिनिधित्व गरेको पूर्वमाधव–झलनाथ समूह र तेस्रो प्रभु साहले नेतृत्व गरेको पूर्व माओवादी समूह । यिनै तीनवटा विचार समूहबीच विधान महाधिवेशनमा वैचारिक टक्कर पर्ने संकेतहरु देखिएका छन् ।

एमालेको जारी विधान महाधिवेशनबारे बुझ्न त्यहाँ छलफल हुने केही वैचारिक पक्षहरुलाई समेटेर रातोपाटीले तयार पारेका केही सामग्रीहरुको ‘अर्काइभ’ यहाँ प्रस्तुत गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप