मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्डको काउन्टरमा ओलीले पनि प्रस्ताव ल्याउने, केन्द्रीय समिति बैठक सर्‍यो

बुधबार, ०३ मङ्सिर २०७७, १५ : ०५
बुधबार, ०३ मङ्सिर २०७७

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डको ‘काउन्टर’ मा छुट्टै प्रस्ताव ल्याउने भएका छन् । आज बसेको नेकपा सचिवालय बैठकमा ओलीले आफूले पनि प्रस्ताव ल्याउने बताएका थिए । 

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले ओलीले आगामी मंसिर १३ गते बस्ने बैठकमा आफ्नो प्रस्ताव पेश गर्ने तय भएको जानकारी दिए । सचिवालय बैठकमा यसअघि नै प्रचण्डले पेश गरेको र ओलीले ल्याउने दुबै प्रस्तावमाथि छलफल हुने उनको भनाइ छ । 

यसअघिको सचिवालय बैठकमा प्रचण्डले ओलीको आलोचना गर्दै प्रस्ताव ल्याएका थिए भने सो प्रस्तावपछि नेकपामा विवाद चर्किएको थियो । 

प्रवक्ता श्रेष्ठले पार्टीको संकट र निवारणको सम्बन्धमा सबै प्रस्ताव समेतको आधारमा छलफल गरेर निकास निकाल्ने प्रयत्न गरिने बताए । यस्तै बैठकले आगामी १८ गते स्थायी समिति बैठक बस्ने र  १५ गतेका लागि तय भएको केन्द्रीय समिति बैठक २५ गतेका लागि सारिएको श्रेष्ठले जानकारी दिए । 



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप