प्रचण्डको काउन्टरमा ओलीले पनि प्रस्ताव ल्याउने, केन्द्रीय समिति बैठक सर्यो
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डको ‘काउन्टर’ मा छुट्टै प्रस्ताव ल्याउने भएका छन् । आज बसेको नेकपा सचिवालय बैठकमा ओलीले आफूले पनि प्रस्ताव ल्याउने बताएका थिए ।
पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले ओलीले आगामी मंसिर १३ गते बस्ने बैठकमा आफ्नो प्रस्ताव पेश गर्ने तय भएको जानकारी दिए । सचिवालय बैठकमा यसअघि नै प्रचण्डले पेश गरेको र ओलीले ल्याउने दुबै प्रस्तावमाथि छलफल हुने उनको भनाइ छ ।
यसअघिको सचिवालय बैठकमा प्रचण्डले ओलीको आलोचना गर्दै प्रस्ताव ल्याएका थिए भने सो प्रस्तावपछि नेकपामा विवाद चर्किएको थियो ।
प्रवक्ता श्रेष्ठले पार्टीको संकट र निवारणको सम्बन्धमा सबै प्रस्ताव समेतको आधारमा छलफल गरेर निकास निकाल्ने प्रयत्न गरिने बताए । यस्तै बैठकले आगामी १८ गते स्थायी समिति बैठक बस्ने र १५ गतेका लागि तय भएको केन्द्रीय समिति बैठक २५ गतेका लागि सारिएको श्रेष्ठले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा, स्वास्थ्य र विद्युत्मा लग्जरी कर उपयुक्त छैन : गगन थापा
-
ओलीले शपथ लिँदा ‘त्यो पर्दैन’ भनेर पन्छाएको विषयमा परेको रिट खारेज
-
विजय गच्छदारले भने, ‘सिध्याइदिने अरे...’
-
यामाबुद्ध स्केट पार्कमा नवौँ राष्ट्रिय स्केटबोर्ड च्याम्पियनसिप
-
उजुरीकै भरमा हतकडी लगाएर हिरासतमा राख्नु कति जायज हो ?
-
बागमती प्रदेशसभा : पुरातात्त्विक सामग्रीको खोजी गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण



