आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

नेकपा बैठक सकियो, १० दिनपछि पुनः बस्ने

बुधबार, ०३ मङ्सिर २०७७, १४ : ५५
बुधबार, ०३ मङ्सिर २०७७

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक १० दिनपछि पुन बस्नेगरी सकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । 

आज बसेको नेकपा सचिवालय बैठकमा ओलीले आफूले पनि प्रस्ताव ल्याउने बताएका थिए । 

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले ओलीले आगामी मंसिर १३ गते बस्ने बैठकमा आफ्नो प्रस्ताव पेश गर्ने तय भएको जानकारी दिए । सचिवालय बैठकमा यसअघि नै प्रचण्डले पेश गरेको र ओलीले ल्याउने दुबै प्रस्तावमाथि छलफल हुने उनको भनाइ छ । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप