आलटाल र समय कटाउने काममात्रै नगर्न ओलीलाई नेता नेपालको चेतावनी
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले समयमात्रै लिने र अलमल गर्ने काम बन्द गर्न अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई चेतावनी दिएका छन् ।
बुधबारको सचिवालय बैठकमा आफ्नो धारणा राख्दै वरिष्ठ नेता नेपालले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले अनेक बहानामा समय कटाउने र अलमल गर्ने गरेको भन्दै अव त्यस्तो प्रवृत्ति नदोहोर्याउन चेतावनी दिएका हुन् ।
अध्यक्ष ओलीले आफूविरुद्ध अध्यक्ष प्रचण्डले पेश गरेको प्रतिवेदनको जवाफ लिखित रुपमै ल्याउने र त्यसका लागि समय चाहिने बताएपछि नेता नेपालले त्यस्तोे जवाफ दिएको एक सचिवालय सदस्यले जानकारी दिए ।
नेता नेपालले केन्द्रीय सरकारको गतिहिनताका कारण स्थानीय सरकार र प्रदेश सरकार समेत निस्प्रभावी बनेको भन्दै तीनै तहका सरकारको कामकारवाहीको गम्भीरतापूर्वक समीक्षा गर्नुपर्ने बताएका छन् ।
‘कसैले पनि गल्ती र कमजोरी नगरौँ, अहिलेसम्म भएका कमजोरीको सवैले स्वीकार गर्र्दै सच्चाउन तयार रहौं’, नेता नेपालले बैठकमा राखेको भनाइ उदृत गर्दै ती सदस्यले भने, ‘जनता र कार्यकर्तामा उत्पन्न निरासालाई उत्साहमा बदल्ने काम गरौँ । प्रदेश सरकार र स्थानीय सरकारहरु जनताप्रति उत्तरदायी छैनन् । उनीहरुका कामको समीक्षा गर्दै जवाफदेही बनाऔं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न
-
बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन आग्रह
-
हमासद्वारा गाजा शान्ति रोडम्याप योजनाबारे प्यालेस्टाइनी समूहको प्रतिक्रिया पेस
-
लागुऔषधसहित ३१ जना पक्राउ
-
अनुमतिबिना भारतीय हेलिकोप्टर नेपाली आकाशमा
-
मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण