नेकपा बैठकमा महासचिव विष्णु पौडेल किन भए आक्रामक ?
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा महासचिव विष्णु प्रसाद पौडेल आक्रामक रुपमा प्रस्तुत भएका छन् । उनले पार्टीभित्रको बढ्दो विवादले संकटमाथि संकट निम्तिएको भन्दै समस्या समाधानमा सचिवालय असफल भएको बताएका थिए । ‘समस्या धेरै भयो तर समाधानमा सचिवालय असफल बन्यो’, बैठकमा सचिवालयको भूमिकाप्रति असन्तुष्टि जनाउँदै पौडेलले भने, ‘सचिवालय विघटन गरौँ । नयाँ पुस्तालाई नेतृत्व दिनेगरी स्थायी समिति बैठकमा प्रस्ताव लैजाऔं ।’
उनले नेकपाभित्रको विवादले देशनै बर्दादीतिर जाने भन्दै सबै एकढिक्का भएर अघि बढ्नुपर्नेमा जोड दिए ।
बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले भने प्रचण्डको प्रस्तावलाई ‘आरोपपत्र’ को संज्ञा दिएको एक नेताले जानकारी दिए । ‘आरोपपत्रको व्यवस्थित जवाफ दिन्छु । त्यसका लागि १० दिनको समय चाहिन्छ । त्यो समय माग गर्छु’, ओलीले बैठकमा भने ।
ओलीकै मागअनुसार बैठक मंसिर १३ गतेसम्मका लागि स्थगित भएको छ । ओलीले प्रचण्डको ‘काउन्टर’ मा नयाँ प्रस्ताव समेत ल्याउने भएका छन् ।
पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले ओलीले आगामी मंसिर १३ गते बस्ने बैठकमा आफ्नो छुट्टै प्रस्ताव पेश गर्ने तय भएको जानकारी दिए । सचिवालय बैठकमा यसअघि नै प्रचण्डले पेश गरेको र ओलीले ल्याउने दुबै प्रस्तावमाथि छलफल हुने उनको भनाइ छ ।
यसअघिको सचिवालय बैठकमा प्रचण्डले ओलीको आलोचना गर्दै प्रस्ताव ल्याएका थिए भने सो प्रस्तावपछि नेकपामा विवाद चर्किएको थियो ।
प्रवक्ता श्रेष्ठले पार्टीको संकट र निवारणको सम्बन्धमा सबै प्रस्ताव समेतको आधारमा छलफल गरेर निकास निकाल्ने प्रयत्न गरिने बताए । यस्तै बैठकले आगामी १८ गते स्थायी समिति बैठक बस्ने र १५ गतेका लागि तय भएको केन्द्रीय समिति बैठक २५ गतेका लागि सारिएको श्रेष्ठले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किशोरीलाई ‘आँखा झिम्क्याएको निहुँ’मा प्रहरी जवानको हत्या
-
बारले उठायो सर्वोच्चको न्यायाधीश नियुक्ति र प्रधानन्यायाधीशको संवैधानिक परिषद्मा सहभागितामा प्रश्न
-
चिन स्ट्रयापमा झुन्डिएर व्यायाम गर्न खोज्दा पुरुषको मृत्यु
-
अख्तियारको कर्मचारी भन्दै विद्यालयका शिक्षक धम्क्याएको आरोपमा पक्राउ
-
हिरामन्डी : चर्चामा अदितिको ‘गजगामिनी चाल’
-
संसदीय छानबिन समितिको टीओआरका विषयमा कांग्रेसले फेरि माग्यो समय