शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गोंगबु हत्या आरोपीको बयान– ‘नशालु चक्की खुवाएर बेहोस बनाएँ, अनि हत्या गरेँ’

हत्यामा प्रयोग ह्यामर र दाउ खाटमुनीबाट बरामद
मङ्गलबार, २७ साउन २०७७, ०९ : २६
मङ्गलबार, २७ साउन २०७७

काठमाडौँ । गोंगबुको नवज्योती मार्गमा दाङका कृष्णबहादुर बोहराको हत्या गरेर सुटकेशमा शव फाल्ने आरोपीलाई सोमबार प्रहरीले चितवनबाट पक्रेर काठमाडौँ ल्याएको छ । 

आफूलाई कल्पना शाही बताउने हत्या आरोपीको वास्तविक नाम कल्पना मुडवरी भएको खुलेको छ । कृष्णबहादुरसँग उनले सामाजिक सञ्जाल फेसबुकमा कमला पौडेलको नामबाट कुरा गर्थिन् । 

कल्पनाले शनिवार राती आफ्नो फ्ल्याटमा आएका कृष्णबहादुर बोहरालाई ‘आफैले मारेको’ बताएकी छिन् । प्रहरीसँग उनले हत्या गर्न कसैको सहयोग नलिएको दावी गरेकी छिन् । 

‘मलाई दुःख दिन आएपछि हत्या गरेको आरोपीको भनाइ छ,’ हत्या अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले रातोपाटीसँग भने– ‘शव व्यवस्थापनमा चाहिँ उनकी १६ वर्षीया छोरीले सहयोग गरेको खुलेको छ ।’ 

कृष्णबहादुरलाई स्लिपिङ ट्याब्लेट (नशा दिने चक्की) खुवाएको र बलात्कार प्रयास गरेपछि घुँडाले संवेदनशील अंगमा हिर्काउँदा ढलेको कल्पनाको दावी छ । उनले दावी गरेपनि प्रहरीको अनुसन्धानबाट सो तथ्य पुष्टि हुन बाँकी छ । 

मृत्युपछि बाथरुममा लगेर उनको खुट्टा र टाउको काटेर सुटेकश र जेब्रा झोलामा लगेर सडक किनारमा फालेको कल्पनाको भनाइ छ । 

ह्यामर र दाउ बरामद 
प्रहरीले गोंगबु नवज्योती मार्गस्थित किरण बस्नेतको घरमा रहेको उनको फ्ल्याटबाट ह्यामर र मासु काट्ने प्रयोग गरिने दाउ बरामद गरेको छ । 

ह्यामर र दाउ खाटमुनी फेला परेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले रातोपाटीलाई जानकारी दिए । महानगरीय प्रहरी परिसर काठमाडौँ र अपराध महाशाखाले मंगलबार घटनाबारे जानकारी दिन संयुक्त पत्रकार सम्मेलन गर्दैछ । 

आइतबार विहान गोंगबु गणेशस्थान नजिक उनले बोहराको शव र टाउको फालेको ठाउमा प्रहरी पुग्यो । दिनभर त्यो क्षेत्रमा ठूलो संख्यामा प्रहरी घुमिरहेको थियो । 

त्यो दृश्य चुपचाप हेरिरहेकी कल्पना साँझ एम्बुलेन्स बोलाएर चितवन लागिन् । छोरा–छोरीसहित चितवन शक्तिखोरस्थित घरमा गएकी उनलाई चितवन प्रहरीसँगको समन्वयमा काठमाडौँ प्रहरीले टाँडीबाट पक्रेर काठमाडौँ ल्याएको छ । 

कल्पनालाई चितवन लैजाने एम्बुलेन्स चालकलाई समेत प्रहरीले मकवानपुरको हेटौंडाबाट नियन्त्रणमा लिएको  । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप