गोंगबु गणेशस्थानमा हत्या भएका पुरुष केही दिनयता भएका थिए सम्पर्कबिहीन (मृतकको तस्बिरसहित)

काठमाडौं । राजधानीको गोंगबु गणेशस्थानमा हत्या गरेको अवस्थामा फेला परेका पुरुष केही दिनयता सम्पर्कबिहीन भएको पाइएको छ । महानगरीय अपराध महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाले ती पुरुष केही दिनदेखि सम्पर्कबिहीन भएको खुलेको रातोपाटीलाई जानकारी दिए ।
थापाले भने, ‘केही दिनदेखि ती पुरुष हराएको खुलेको छ, हामी व्यक्ति पहिचानको नजिक पुगेका छौं ।’
ती पुरुष अन्दाजी ४०–४५ वर्षको उमेरका भएको बताइएको छ । उनको टाउको एक ठाउँमा र शरीर टुक्राटुक्रा पारेर फालिएको अवस्थामा अर्को ठाउँमा भेटिएपनि रातोपाटीलाई प्राप्त तस्बिरअनुसार उनको टाउकोपट्टीको भागमा भने कुनै चोटपटक देखिएको छैन ।
घटनास्थलमा प्रहरीले सुक्ष्म ढंगले अनुसन्धान थालेको छ भने घटनास्थलमा तालिम प्राप्त कुुकुरको पनि प्रयोग गरिएको छ ।
यसैगरी शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पठाइएको छ ।
पुरुषको टाउको बिनाको शव गणेशस्थान नजिकै कालो सुटकेशमा र दुई सय मिटरको दुरीमा टाउको फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी राजकुमार केसीले बताए ।
सडक किनारामा राखिएको सुटकेशबाट रगत बगेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस नेता तथा पूर्वराज्यमन्त्री तीर्थराम डंगोलको निधन
-
सहकारी विभाग र प्रशिक्षण केन्द्रलाई मर्ज गर्दै सरकार
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थाेक मूल्य
-
रौतहटका स्थानीय तहको बेरुजु ११ अरब नाघ्यो
-
पाथीभरा केबलकारबारे मुख्यमन्त्री र मन्त्रीबिच विवाद
-
बरियारपट्टीमा ‘जनता आवास’ अनुदानको घर प्रयोगविहीन