गोङ्गबुमा सुटकेशमा शव फेला
आइतबार, २५ साउन २०७७, ०९ : ०४

काठमाडौं । काठमाडौंको गोंगबुस्थित गणेश स्थानमा सुटकेशमा बन्द गरेको अवस्थामा शव फेला परेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी राजकुमार केसीका अनुसार गणेशस्थान मन्दिरबाट एक सय मिटर भित्र सुटकेशमा शव फेला परेको हो ।
पानीले भिजेकोसुटकेशबाट रगत बगेको देखेपछि प्रहरीलाई खबर आएको थियो। ‘फोरेन्सिक टोली बोलाएर अनुसन्धान हुँदैछ,’ उनले भने ।