गोंगबुमा विभत्स हत्या भएको अवस्थामा फेला परेको शव पहिचान नभएपछि प्रहरीद्वारा फोटो सार्वजनिक

काठमाडौं । गोंगबुमा विभत्स हत्या भएको अवस्थामा फेला परेको एक शवको पहिचान नभएपछि प्रहरीले फोटो सार्वजनिक गरेको छ । आइतबार गोंगबु गणेशस्थान आसपासको छुट्टाछुट्टै स्थानमा सुटकेशमा शव र जेब्रा झोलामा पुरुषको टाउको फेला परेको थियो ।
अपराध महाशाखा र काठमाडौं प्रहरीले मृतकको मुहार सार्वजनिक गर्दै कसैले चिनेको भए प्रहरीसँग सम्पर्क गर्न आग्रह गरेको छ ।
‘शव सनाखत हुन सकेको छैन’ हत्या अनुसन्धान गरिरहेका प्रहरी उपरीक्षक (एसपी) ईश्वर कार्कीले भने, ‘कसैले चिनेको भए नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरेका छौं ।’
आइतबार टोखा नगरपालिका–१० स्थित गोंगवु गणेश स्थान नजिकै सुटकेशमा शव र दुई सय मिटरको दुरीमा घुँडाभन्दा तलको गोडाको भाग फेला परेको थियो ।
शव भेटिएको एक किलोमिटरको दुरीमा रहेका करिब १ हजार घरमा प्रहरीले सर्च अपरेशन चलाएको छ । वरपरका सिसिटिभी फुटेजबाट पनि हत्या गरेको स्थान र हत्यामा संलग्नहरुको क्लू प्रहरीले फेला पार्न सकेको छैन ।
‘प्रविधिको प्रयोग र ह्युम्यान इन्टेलिजेन्स दुवै विधिबाट अनुसन्धान गरिरहेका छौं’ महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले भने, ‘शव पहिचान गर्न गाह्रो भयो, मृतकका आफन्त र नातागोतासम्म पुग्ने प्रयास गरिरहेका छौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यूपीका मुख्यमन्त्री आदित्यनाथको दाबी- महाकुम्भमा एउटा पनि अपराधको घटना भएन
-
थापाथलीमा पाईप फुटेर सडक जलमग्न : लाखौं रकमको क्षति
-
पाकिस्तानी टोलीमा ब्यापक परिवर्तन, सलमान आगा टी–२० टोलीको कप्तान
-
टिकाथलीमा बोरिङबाट निस्किएको ग्यास, घरघरमा पुर्याउन स्थानीयको माग
-
जनताले प्राप्त गरेका अधिकारको रक्षा गर्ने जिम्मेवारी माओवादीकै हो : प्रचण्ड
-
सशस्त्र प्रहरीले अर्डर गरेको १ सय २० वटा खुकुरी कारखानाबाटै चोरी, ३ जना पक्राउ