गोङ्गबुमा भेटिएको शव कसको ?: प्रहरीलाई पहिचान खुलाउनै हम्मे
काठमाडौं । गोङ्गबु चोकबाट गणेश मन्दिरतिर छिर्दा करिब एक सय मिटर पार गरेपछि अर्को सकडमार्ग आउँछ । टोखा नगरपाालिका–१० स्थित त्यो नवज्योती मार्ग हो । आईतरबार विहान सात बजेतिर त्यहि नवज्योती मार्गमा एउटा शव भेटियो । करिब ४०–४५ उमेर समूहका पुरुषको सो शव पहिचान हुन सकेको छैन ।
मृत शरीरको मुख्य भाग एउटा सुटकेशमा थियो । प्रहरीको तालिमप्राप्त कुकुरले शरीर प्याक गरिएको सुटकेशभन्दा करिब २ सय मिटरको दुरीमा दुई खुट्टा र टाउको जेब्रा झोलामा फेला पारेका थिए । क्रुर तरिकाले हत्या गरिएका पुरुषको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ ।
महानगरीय अपराध महाशाखाको जम्बो टोलीले सो हत्या अनुसन्धान गरिरहेको छ । तर, प्रहरीलाई ब्यक्तिको पहिचान खुलाउनै हम्मे परेको छ । ‘मृतकको पहिचान खुल्न सकेको छैन,’ महानगरीय अपराध महाशाखाका प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) दीपक थापाले रातोपाटीसँग भने–‘मृतक गोङ्गबु क्षेत्रका स्थानिय हैनन्, त्यसैले पहिचान खुलाउन समस्या भइरहेको छ ।’
शव भेटिएपछि एक युवती आएर आफ्नो दाजु हराएको बताएपछि प्रहरीले पहिचान नजिक पुगेको बताएको थियो । तर, ति युवतीले मृतकको शव हेरेर ‘मेरो दाजु होइन’ भनिन् । गोङ्गबु क्षेत्रको होटलमा बसेका उनका दाजु केही बेरमा घटनास्थलमै आइपुगे ।
१ हजार घरमा सर्च
हत्यारा खोज्न महानगरीय अपराध महाशाखाका प्रहरी उपरिक्षक (एसपी) ईश्वर कार्कीले नेतृत्वमा पाँच टोली परिचालन गरिएको छ ।
कार्की नेतृत्वको टोलीले शव भेटिएको एक किलोमिटर वरपरका १ हजारभन्दा बढी घरमा आइतबार रातिसम्म सर्च अपरेशन चलाए । सर्च अपरेशनको दायरा बढाइने महाशाखाका एसएसपी दीपक थापाले जानकारी दिए ।
आइतबार विहानीपख शव फालेको हुनसक्ने अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् । टिचिङ अस्पतालबाट घटनास्थलमा गएका फरेन्सिक डाक्टरको टोलीले १२ घण्टाको बीचमा हत्या गरेर फालेको निष्कर्ष निकालेका छन् ।
अनुसन्धान अधिकृतहरुले शव भेटिएको ठाउँ र त्यस आसपासका सडक, गल्लीका सिसिटिभी फुटेज हेरिरहेका छन् । तर, रातको समय हुनाले सिसिटिभी फुटेजबाट हालसम्म कुनै क्लू प्रहरीले पाएको छैन ।
आईतबार साँझ टोखा जाने बाटोको एउटा घरको गेटमा रगत देखिएको सुराक प्रहरीले पायो । हत्या गरिएको ठाउँ खोजिरहेको प्रहरीका लागी त्यो ठुलो क्लू थियो ।
सो घरमा एउटै फ्ल्याटमा बस्ने चारजना युवतीलाई प्रहरीले सोधपुछका लागी नियन्त्रणमा लियो । तर, राति अवेर डेरामा पुग्दा गेट नखुलेपछि पर्खाल नाघेर भित्र पस्दा फलाको धारले एक युवतीको हात काटेको खुल्यो । उनको हातबाट बगेको रगतको छिर्का गेट र पर्खालमा लागेको पुष्टि भएपछि प्रहरीले चारैजनालाई छाडेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी डलर, रियाल, दिराम, युआन, दिनार र रिङ्गेटको मूल्य बढ्यो, कसको भाउ कति ?
-
लिभरपुलले जोगायो शीर्ष क्लबहरुको इज्जत, अग्रता थप बलियो
-
भृकुटीमण्डपमा माघ १७ देखि आठौँ चेम्बर एक्स्पो हुँदै
-
प्रिमियर लिग : म्यान्चेस्टर सिटी हारबाट जोगिंदा, म्यानयु, चेल्सीको विजोग
-
रामग्राममा बुद्धकालीन सहरको संरचना भेटिएको दाबी
-
मनमोहन : आर्थिक उदारीकरणका नायक, अथार्थवादी नेता