बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

के हो माओवादीले भनेको ‘सम्मानजनक’ एकता ?

आइतबार, ०२ वैशाख २०७५, १४ : ११
आइतबार, ०२ वैशाख २०७५

काठमाडौं–पूर्वघोषित योजना अनुसार अघि बढेको भए आजको सात दिनपछि मुलुकका दुई ठूला बाम दल एक हुनेथिए । तर, नाटकीय प्रगति भएन भने अब बैशाख ९ मा उनीहरुवीचको एकता हुनेछैन । 

पछिल्लो पटक माओवादीले ‘सम्मानजनक’ एकताको विषय अगाडि सारेपछि दुई दलवीच थप संवादको खाँचो देखियो र नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसका दिन अर्थात बैशाख ९ गते गर्ने भनिएको एकता पछाडि सर्ने अबस्था आयो । 

माआवादीको ‘सम्मानजनक’ एकता के हो ? 

पछिल्ला केही दिनयता माओवादी अध्यक्ष प्रचण्डसहितका शीर्ष नेताहरुले यसबारे बोल्दै आएका छन् । आज पनि प्रचण्डले वाइसीएलका नेताहरुसँगको भेटमा ‘सम्मानजनक’ एकताको विषय अगाडि सारेका छन् । 

माओवादीले दुई वटा विषयमा मूलत आफ्नो अडान राखेको छ र त्यसैको जगमा ‘सम्मानजनक’ एकताको कुरा गरिरहेको छ ।

पहिलो–केन्द्रीय समितिमा बराबरी । दुवै पार्टीका तर्फबाट केन्द्रीय समितिमा समान हैसियत हुनुपर्ने भन्दै माओवादीले यसलाई ‘सम्मानजनक’ को मुद्दा बनाएको छ । 

आइतबार मात्रै आफुलाई भेट्न खुमलटार पुगेका भातृसंगठन वाइसियलका प्रतिनिधिहरुलाई पार्टी एकताबारे प्रचण्डले आफ्नो बटमलाइन सुनाएका थिए । 

भेटमा माओवादी केन्द्रीय कार्यलय सदस्य मणि थापा पनि सहभागी थिए । उनले प्रचण्डको भनाई उतृत गर्दै भने,  ‘एकता प्रयासलाई टुङ्ग्याउन प्रयास भइरहेको छ । सम्मानजनक एकताका लागि केही छलफल र बहस पुगेको छैन । त्यसका लागि केही दिनमै हामी छलफल गर्छौँ । तपाइहरु ढुक्क हुनुस् म पनि सम्मानजनक एकताकै पक्षमा छ्ु । त्यसो नहुँदासम्म एकतामा हतार हुँदैन ।’ 

कार्यदलको प्रतिवेदन अन्तिम चरणमा पुगेका वेला पनि प्रचण्डले यहि विषयलाई लिएर ‘फिप्टी–फिप्टी’ को अवधारणा अघि सारेका थिए । तर, एमाले नेताहरु माओवादीलाई चुनावमा जस्तै ३० प्रतिशत दिनेपक्षमा छन् । यो विवादले एकता लम्बाईरहेको छ । 

यसअघि २९९ सदस्यीय केनद्रीय समिति बनाउनेमा दुई दल सहमत भएपनि कुन आधारमा एकता गर्ने भन्ने विषयलाई नेताहरुले कुनै मापदण्ड नबनाएपछि यो विषय एकताका लागि पेचिलो बन्दै गएको हो । 

‘सम्मानजनक’ एकतामा माओवादीले लिएको दोस्रो मुद्दा हो, ‘जनयुद्ध’ शब्द । एकीकृत पार्टीको विधान र प्रतिवेदनको प्रस्तावनामै ‘जनयुद्ध’ शब्द राख्नुपर्ने माओवादीको भनाई छ । एमाले नेताहरुले यसलाई अस्वीकार गर्दै आएका छन् । यो कारणले पनि एकता प्रक्रिया ढिलाई भैरहेको छ । अहिलेको राजनीति मुद्दाहरुको उठान नेतृत्वको जनयुद्धले गरेको भन्दै माओवादीले जनयुद्धलाई पार्टी विधानको प्रस्तावनामै राख्नुपर्ने अडान लिएको छ । 

यसबाहेक यी दुईदलवीच चुनाव चिन्हलाई लिएर पनि मतभेद छ । एकीकृत पार्टीको चुनाव चिन्ह सूर्य बनाउनुपर्ने एमालेको प्रस्ताव छ । माओवादीले चाहिँ सूर्यभित्र हसियाँ हथौडा राख्नुपर्ने माग राखेको छ । यो विषय टुंगिन वाँकी रहेकाले पनि एकतामा समस्या भैरहेको छ । ‘सम्मानजनक’ एकतामा माओवादीले चुनाव चिन्हको मुद्दा पनि राखेको छ ।

राजनीतिक र विधान कार्यदलले सहमति जुटन नसकेका ‘जनयुद्ध’ शव्द राख्ने या नराख्ने, एकीकृत पार्टीको केन्द्रीय कमिटिमा कुन पार्टीका कति संख्यामा नेता रहने र निर्वाचन चिन्ह सुर्य या सुर्य भित्र हसिया हथौडा विषय थाती राखेर प्रतिबेदन दिएको थियो । 

चैत २२ गते बालुवाटारमा भएको एकता समितिको छलफल बमोजिम प्रधानमन्त्री केपी ओली भारत भ्रमणबाट फर्किएपछि एकता संयोजन समितिको बैठक बोलाउने सहमति थियो । 

तर, ओली भातबाट फर्किएको साता दिन वित्न लाग्दा पनि बैठक बस्न सकेकोको छैन । यसअघि गत मंगलबार र बुधबार एकता समितिको बैठक बस्ने बताएका नेताहरुले ति दिनमा बैठक नबसेपछि विहिबारबाट एकता संयोजन समितिको बैठकबारे बोल्नै छाडेका छन् । 

अन्य समाचार

एमाले–माओवादी कार्यदल प्रतिवेदन : यी हुन् पार्टी एकताका ५ सैद्धान्तिक आधार

एमाले–माओवादी एकतापछि यस्ता हुनेछन् एकीकृत पार्टीका मुख्य १० काम

एमाले–माओवादी कार्यदल प्रतिवेदन : यी हुन् एकताका ७ कारण

एमाले–माओवादी कार्यदल प्रतिवेदन : भारतसँगको सम्बन्धबारे मौन !

वाम कार्यदलको नयाँ ‘प्रोजेक्ट’ : नेपाल–बङ्गलादेश भूमिगत रेलमार्ग

एमाले-माओवादी एकतापछि यस्तो बन्नेछ एकीकृत पार्टी

एमाले–माओवादी एकता : दुई अध्यक्षका यस्ता हुनेछन् संयुक्त आठ अधिकार

काँग्रेसवारे यस्तो प्रतिवेदन लेख्यो एमाले–माओवादी कार्यदलले ?

एमाले–माओवादी एकतामा नयाँ प्रस्ताव : हरेक निर्णयमा दुवै अध्यक्षको हस्ताक्षर !

माओवादी मन्त्रीहरुको प्रचण्डसमक्ष गुनासो–प्रधानमन्त्रीज्यूको रवैया ठीक भएन

बामदेव नेतृत्वको कार्यदलको सिफारिस : सरकारले तत्काल गर्नुपर्ने यी हुन् काम

नेपाली समाजको चरित्र कस्तो, यस्तो लेखियो एकीकृत पार्टीको प्रतिबेदनमा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप