मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : राप्रपा नेपालका पदाधिकारी खुमलटारमा, बैंकहरूको आकर्षण नगद लाभांशमा

मङ्गलबार, ०१ कात्तिक २०७९, २० : ५४
मङ्गलबार, ०१ कात्तिक २०७९

आज २०७९ साउन कार्तिक १ गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डट कमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

१९ वर्षयताकै सबैभन्दा बढी सङ्क्रमित

देशभर १ हजार ७१४ जना डेंगु रोगी थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म देशभर ४१ हजार ७४३ जना सम्भावित डेंगु रोगी देखिएको विवरण प्राप्त भएको हो । त्यस्तै, थप १ जना डेंगु रोगीको पनि मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या ४९ पुगेको छ । गत साउनदेखि सुरु भएको डेंगु रोगको प्रकोप ७७ वटै जिल्लामा फैलिसकेको छ ।

सत्ता गठबन्धनको संयुक्त अपिल

सत्ता गठबन्धनले आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै एक अपिल जारी गरेको छ । संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि भन्दै गठबन्धनले आफ्नो पक्षमा मतदान गर्न मतदातालाई अपिल गरेको हो ।

खुमलटार पुगे राप्रपा नेपालका पदाधिकारी

राप्रपा नेपालका ५ पदाधिकारी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न पुगेका छन् । केही पहिलामात्रै राप्रपाबाट राप्रपा नेपालमा प्रवेश गरेका उपाध्यक्ष श्याम तिमल्सिना र सहमहामन्त्री दमन बस्नेतसहितका पदाधिकारी अध्यक्ष प्रचण्डलाई भेट्न मंगलबार बिहान खुमलटार पुगेका हुन् । चुनावको समयमा राप्रपाका पाँच पदाधिकारी प्रचण्डलाई भेट्न पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

नगद लाभांशमा बैंकहरूको आकर्षण

नियामक राष्ट्र बैंकको खुकुलो नीतिका कारण यस पटक बैंकहरूले लाभांश वितरणमा रिल्याक्ससेसन (आराम) पाएका छन् । अघिल्लो आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्म बैंकहरूले आफ्नो वितरणयोग्य नाफाबाट ३० प्रतिशतभन्दा बढी नगद लाभांश बाँड्न पाउँदैन थिए । तर, पछिल्लो पटक केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई एकीकृत निर्देशन जारी गर्दै नगद वा सेयर लाभांश वितरणमा कुनै सीमा नतोक्ने निर्णय गरेसँगै बैंकहरू स्वतन्त्र भएका हुन् । 

आयल निगमको मनोमानी

नेपालमा पेट्रोलियम पदार्थको बिक्री वितरण गर्दै आइरहेको नेपाल आयल निगमले पछिल्लो समय मनोमानी गर्न थालेको छ । इण्डियन आयल कर्पोरेशन (आईओसी)सँग प्रशोधित पेट्रोलियम पदार्थ किनेर नेपालमा बेच्दै आएको निगमले स्वचालित मूल्य प्रणालीअनुसार मूल्य निर्धारण नगरेर नगरेर मनोमानी गर्न थालेको हो । 

तिहारमा दैनिक ३० किलो सुन खपत हुने

विश्वव्यापी महामारीकारूपमा फैलिएको कोभिड–१९ का कारण सुस्ताएको सुनचाँदी बजार तिहारमा मौलाउने भएको छ । कोरोना र त्यसपछि सृजित आर्थिक समस्याका कारणले यतिबेला सुनचाँदी बजारमा खासै चहलपहल छैन । तर, दसैँपछिको ठुलो चाड तिहारको ४/५ दिनमा भने यसको व्यापार ह्वात्तै बढ्ने भएको हो । 

अंशु सदा हत्या प्रकरण

मोरङको विराटनगर महानगरपालिका–११ स्थित न्यू अप्सरा गेस्ट हाउसमा असोज २८ मा १७ वर्षीय अंशु सदाको शव भेटियो । सिरहा गोलबजार घर भएका अंशु आफ्ना दुईजना साथीहरुसँग विराटनगर गएका थिए । असोज २६ मा उनीसँगै धनुषाको कमल नगरपालिका–६ घर भएका १८ वर्षीय राकेश ठाकुर र १८ वर्षका प्रशान्त मण्डल उर्फ बिसु विराटनगर गएका हुन् ।

त्रिविमा ताला

त्रिभुवन विश्वविद्यालयमा गत बिहीबार खोलिएको ताला नेपाल विद्यार्थी संघले पुनः लगाएको छ । गत बिहीबार त्रिविको उपकुलपति (भिसी) को कार्यालयमा लगाइएको ताला नेविसंघको एउटा समूहले खोलेको थियो । 

विप्लवको राजनीतिक प्रस्ताव पारित

असोज २५ गतेदेखि कपिलवस्तुमा जारी नेकपा (विप्लव समूह) को नवौँ महाधिवेशन पार्टी महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’द्वारा प्रस्तुत राजनीतिक प्रस्ताव सर्वसम्मत पारित भएको छ ।

चुनावी ब्याटल

देशभर १ हजार ७१४ जना डेंगु रोगी थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म देशभर ४१ हजार ७४३ जना सम्भावित डेंगु रोगी देखिएको विवरण प्राप्त भएको हो । त्यस्तै, थप १ जना डेंगु रोगीको पनि मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या ४९ पुगेको छ । गत साउनदेखि सुरु भएको डेंगु रोगको प्रकोप ७७ वटै जिल्लामा फैलिसकेको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप