मोरङ–६ मा फेरि शेखर भर्सेस लालबाबु
मोरङको क्षेत्र नम्बर ६ मा यस पटक पुरानै प्रतिस्पर्धीको रोचक भिडन्त हुने भएको छ । सो क्षेत्रमा सत्ता गठबन्धनको तर्फबाट काँग्रेस नेता डाक्टर शेखर कोइराला र एमाले गठबन्धनबाट लालबाबु पण्डित उम्मेदवार छन् ।
पण्डितले कोइरालालाई २०७४ सालको निर्वाचनमा पराजित गरेका थिए । त्यसको बदला लिने दाउमा कोइराला रहेका छन् । अघिल्लो निर्वाचनमा बाम गठबन्धनबाट उम्मेदवार बनेका पण्डितले ६ सय मतले कोइरालालाई पराजित गरेका थिए । यस पटक भने माओवादीसहितको गठबन्धनबाट उम्मेदवार बनेका कोइरालाले बाजी मार्ने सम्भावना छ ।
पण्डित र कोइरालाका साथै राप्रपाका गोपाल क्षेत्री, नेमकिपाबाट चिरञ्जीवी खतिवडा, जनमत पार्टीबाट बुद्धिराम माझी, हाम्रो नेपाली पार्टीबाट टेकबहादुर अधिकारी क्षेत्री, जनता प्रगतिशील पार्टी, नेपालबाट प्रशान्त ठाकुर, नागरिक उन्मुक्ति पार्टीबाट बलराम खवास, मंगोल नेशनल अर्गनाइजेसनबाट मोहनबहादुर राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट दुखाराम माझी, बहुजन शक्ति पार्टीबाट नारायण पासवान र राष्ट्रिय स्वतन्त्र पार्टीबाट यादवकुमार प्रधान दलीय उम्मेदवार हुन् । अन्य उम्मेदवारहरू सुशील खड्का, सरोज नेपाल र लक्ष्मी थेबे भने स्वतन्त्र हुन् ।
सो क्षेत्रमा यसअघि स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरुले पाएको मत निम्नानुसार छ ।
कांग्रेस २७०८६
एमाले २४५५६
माओवादी ४९९६
जसपा ३९३९
राप्रपा ३११५
एस २३५५
लोसपा ८९५
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्नपूर्ण पदमार्गमा बृहत् सरसफाइ
-
अत्यावश्यक बाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध
-
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट
-
पर्यटक भिसामा काठमाडौँ आएर व्यापार गर्ने दुई चिनियाँ नागरिक पक्राउ
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन नगर्ने निर्णय सुशासन विरुद्ध: राष्ट्रिय जनमोर्चा
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण




