मोरङ–३ मा स्वतन्त्रको ओइरो
मोरङको क्षेत्र नम्बर ३ मा भने १९ जना स्वतन्त्रसहित ३३ जना उम्मेदवार बनेका छन् । उक्त क्षेत्रमा सत्ता गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका डाक्टर सुनिल शर्मा उम्मेदवार बनेका छन् ।
यसअघि उक्त क्षेत्रमा काँग्रेसका डाक्टर शर्मा एमाले नेता भानुभक्त ढकालसँग पराजित बनेका थिए । अहिले पनि प्रतिस्पर्धामा एमाले गठबन्धनबाट ढकाल नै रहेका छन् । ढकाल र शर्माबीच प्रतिस्पर्धा हुने ठानिएको भए पनि राप्रपाबाट सो क्षेत्रमा उम्मेदवार बनेकी रेखा थापा दुवै उम्मेदवारको लागि अहिले टाउको दुखाइ बनेकी छिन् ।
सो क्षेत्रमा अन्य पार्टीहरू नेमकिपाका ओमनारायण राजवातर, लोकतान्त्रिक समाजवादी पार्टीका भवन राई, हाम्रो नेपाली पार्टीका खगेन्द्र प्रसाद न्यौपाने, नेकपा मालेका उद्धिमबहादुर खड्का, मंगोल नेशनल अर्गनाइजेसका विकेन्द्र राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट चन्द्रिका देवी लिम्बू, नेशनलिष्ट पिपल्स पार्टीबाट नारायण शर्मा, जनसमाजवादी पार्टी नेपालबाट कमल लिम्बू र राष्ट्रिय स्वतन्त्र पार्टीबाट विकास उप्रेती उम्मेदवार बनेका छन् ।
अन्य स्वतन्त्रहरूमा दिनेश चापागाईं, जयराज संयोग, कृष्ण राई, पंकजकुमार भगत, गणेशबहादुर पोखरेल, इन्दिरा थापा, कमल राजवंशी, प्रकाश भट्टराई, शिवकुमार पौडेल, अरविन शाह, इन्द्रप्रसाद सुवेदी, चन्द्रकला खत्री, सुवास धिमाल, हिमप्रसाद मिश्र, बाबुराम सुवेदी, रेवतकुमार बस्नेत, सुरेश भण्डारी, धर्मप्रसाद न्यौपाने र जीवनाथ निरौला उम्मेदवार बनेका छन् ।
सो क्षेत्रमा यसअघि स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरूले पाएको मत निम्नानुसार छ :
एमाले ३७४१०
कांग्रेस ३६९१६
माओवादी ७३७३
राप्रपा २१२१
एस १८५५
जसपा ४६३
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण