मोरङ–५ मा ८ स्वतन्त्रसहित १६ जना उम्मेदवार

मोरङको निर्वाचन क्षेत्र ५ मा पनि ८ जना स्वतन्त्रसहित १६ जनाले उम्मेदवारी दिएका छन् । सो क्षेत्रमा सत्ता गठबन्धनका तर्फबाट माओवादी नेता शिवकुमार मण्डल उम्मेदवार बन्दा एमाले र जसपाका संयुक्त उम्मेदवार राजकुमार यादव प्रतिस्पर्धामा छन् । अघिल्लो पटक काँग्रेसका अमृत अर्याललाई पराजित गर्दै मण्डल विजयी भएका थिए ।
सो क्षेत्रमा राप्रपाबाट रेवतबहादुर थापा, जनमत पार्टीबाट परमेश्वर मुर्मु, हाम्रो नेपाली पार्टीबाट फिरोजकुमार साह, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट मंगल ऋषिदेव, नेपाल लोकतान्त्रिक पार्टीबाट मजबुल रहमान मियाँ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रमोदकुमार मण्डल दलीय उम्मेदवार हुन् । यसबाहेक रमेशकुमार यादव, विद्याभूषण प्रसाद, मोहमद रेजा हुसैन, सन्जु शर्मा वडइ, गयानन्द मण्डल केवरत, रामप्रसाद मुखिया, योगेन्द्र मण्डल र मनोजकुमार मण्डलले स्वतन्त्र उम्मेदवारी दिएका छन् । स्वतन्त्र उम्मेदवारी दिने योगेन्द्र मण्डल नेकपा एमालेका नेता हुन् । जसपासँगको सहमतिमा एमालेले सो क्षेत्र छोडेपछि उनले असन्तुष्टि व्यक्त गर्दै स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
सो क्षेत्रमा यसअघि स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरुले पाएको मत निम्नानुसार छ ।
कांग्रेस १९४९८
एमाले १५६८०
जसपा १३२४९
माओवादी ११६२८
राप्रपा १८८७
लोसपा ७५२
एस ६०८
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल प्रहरी विधेयक २०८१ दफावार छलफलका लागि समितिमा पठाइयो
-
माओवादीले चैत मसान्तसम्म ७५३ वटै पालिकामा वडास्तरीय भेला गर्ने
-
मुस्लिम आयोगको प्रतिवेदन संसदमा पेस
-
कमेडियन मुनव्वर फारुकीविरुद्ध एफआईआर दर्ता, धार्मिक भावनालाई ठेस पुर्याएको आरोप
-
अनुहारमा दही लगाउँदाका यस्ता छन् नोक्सान
-
लामो प्रतीक्षापछि पृथ्वीमा फर्किने भए अन्तरिक्ष यात्री